नाच्दै, गाउदै मनाइयो साकेला

  • जेठ २९, २०७९ / नेपाल रेखा
alt

इटहरी । प्रकृति पुजक किराँत राई समुदायले बैशाख पूर्णिमादेखि एक महिनासम्म मनाउने पर्व उभौली सुनसरीको इटहरीमा विभिन्न कार्यक्रमकाबिच धुमधामका साथ मनाइको छ ।
किराँत राई वान्तवा खिम केन्द्रीय कार्यसमितिको आयोजनामा इटहरीमा बहुउद्धेश्यीय साँस्कृतिक संग्रालय भवन शिलान्यास, साकेलासिली लगायतका जातीय नाच सहित धुमधामका साथ मनाइएको हो ।
आदिमकाल देखि नै पूर्वी नेपालमा किराँत समुदायको सघन रुपमा बसोबास रहदै आएको छ । किराँत समुदायले मनाउने चाडपर्वहरुले पूर्वी नेपालको धार्मिक तथा सांस्कृतिक विविधतामा महत्व राख्दै आएको छ । प्रकृति पुजक किराँत समुदायले मान्ने महत्वपूर्ण चाड उभौली बाली लगाएपछि मनाउने गरिने किराँत राई वान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराँतीले बताए ।
बालीनाली लगाउने समयमा मनाइने यो पर्वमा आगामी बालीनाली राम्रो होस् परिवारमा सुखशान्ति र चोटपटक नलागोस् भन्ने कामना सहित मनाउने गरिन्छ । किराँत समुदायका मानिसहरुले यो पर्व कहिलेदेखि मनाउने थाले भन्ने एकीन प्रमाण नभएपनि किराँत धर्मालम्बीहरुको उद्गम कालदेखिनै मनाउन थालेको विश्वास गरिन्छ । उभौलीको समयमा गर्मी सुरु हुने भएकाले चराचुरुङ्गी समेत गर्मी छल्न लेकतर्फ बसाई सर्ने भएकाले उभौली भन्ने गरेको भनाइरहेको छ । यही विश्वास साथ किराँत समुदायले परापूर्वकालदेखि उभौली धुमधामका साथ मनाउदै आएका छन् । केही वर्ष अगाडि देखि सामूहिक रुपमा भेला भएर साकेला सिलीमा रम्दै किरात राई समुदायले उभौली मनाउने गरेका छन् ।
इटहरीमा आयोजना गरिएको कार्यक्रममा किराँत राई बान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किराँतीको अध्यक्षता तथा प्रदेश नम्बर १ का पर्यटन तथा सँस्कृति मन्त्री खिनु लिम्बुको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रममा खोटाङ्गको जन्तेढुगां गाउपालिकाकी अध्यक्ष अरुणा देवी राईलाई सम्मान गरिएको थियो । कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरी आदिवासी जनजाति पत्रकार संघ केन्द्रीय अध्यक्ष गजुरधन राई लगायतको सहभागिता रहेको थियो ।

dance

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]