जनप्रतिनिधिहरुले छुवाछुत अन्त्यकालागि नेतृत्व लिनुपर्ने

  • जेठ १३, २०७९ / नेपाल रेखा
alt

 

इटहरी । स्थानीय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुले छुवाछुत व्यवहारिक रुपमा अन्त्यका लागि नेतृत्वदायी भूमिका खेल्नु पर्ने सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले बताएका छन् ।
दलित कल्याण संघको आयोजनामा इटहरीमा आयोजित कार्यक्रमका वक्ता अतिथिहरुले छुवाछुत अन्तका लागि जनप्रनिधिहरुले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दलित कल्याण संघका केन्द्रीय अध्यक्ष मोतीलाल नेपालीले छुवाछुत व्यवहारिक रुपमा अन्त्य साथै अन्तरघुलनका क्षेत्रमा काम गर्नु पर्नेमा जोड दिए । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिताकुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इटहरी उपमहनगरपालिका तथा धरान उपमहानगरपालिकामा नवनिर्वाचित दलित जनप्रतिनिधिहरुलाई सम्मान गरियो । कार्यक्रममा संविधान सभाकी सदस्य अनिता परियार, दलित अभियान्ता कृष्ण रसाइली लगायतले पनि दलितहरुको हकअधिकारका विषयमा बोलेका थिए । कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरुका सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन अग्रज पत्रकार पिवी दियालीले गरेका थिए ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]