कुर्बानी (बलि) को फोटो–भिडियो सामाजिक संजालमा नराख्न इस्लाम धर्म गुरुको आग्रह

  • असार २७, २०७९ / नेपाल रेखा
alt

विराटनगर । इस्लाम धर्मावलम्वीहरुले मनाउने दोस्रो ठूलो चाड बकरिद(ईद उल अजहा) विराटनगरमा हर्षोउल्लासका साथ मनाइएको छ ।
यसै उपलक्ष्यमा आइतबार बिहान विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज(प्रार्थना) गरिएको छ । ठुलो शंख्यामा मुस्लिम समुदाय सहभागी भएर सामुहिक नमाज गरेका थिए ।
इस्लाम धर्मावलम्बीहरूको महान चाड बकर ईद रमजान पर्वको ७० औं दिनमा मनाउने धार्मिक परम्परा छ । इस्लाम पात्रो हिजरी सम्वत् अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौं दिनमा यो पर्व मनाइन्छ । ईदलाई आत्मशुद्धिको पर्व समेत भनिन्छ । यो पर्व मनाउनुअघि इस्लाम धर्मावलम्बीहरू बिहानै नुहाइ–धुवाइ गर्छन् । शरीरलाई शुद्ध बनाउँछन् । त्यसपछि नयाँ वस्त्र धारण गर्छन् । यसरी शुद्ध भइसकेपछि मस्जिद वा इदगाहामा पुगेर नमाज पढ्ने प्रचलन यो समुदायमा रही आएको छ ।
मुस्लिम समुदायले मनाउने यो पर्व एउटा उत्साह र समानताको प्रतीक पनि हो । जहाँ परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एक अर्कामा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान गर्दछन् । आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको छ । यो पर्वका बेला हैसियत हुने मुस्लिमहरू हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।
यस पर्वमा मुस्लिम समुदायले आफ्नो घरमा जनावरको कर्बानी(बलि) दिने गर्दछन् भने उक्त कुर्बानीको मासु तीन भाग लगाइन्छ भने एक भाग आफ्नो परिवार, एक भाग छिमेकी, इष्टमित्र र एक भाग गरीब तथा दिनदुःखीलाई बाँड्ने गरिन्छ । सबैले चाँड पर्व रमाइलो गरी मनाउनका लागि यसरी मासुको भाग लगाइन्छ ।
यस पर्वको उपलक्ष्यमा मुस्लिम समुदायहरुले आफन्तजनहरुसँग एकआपसमा अँगालो हाली शुभकामना आदान प्रदान गर्ने प्रचलन रहेको छ ।
यसपर्वमा युवायुवती, केटाकेटीहरु विराटनगरको बजार तथा मलहरुमा किनमेल तथा चिसो पेय पदार्थ लगायत आइसक्रिम खान तथा घुम्नमा रमाइलो गरेका छन् । यसैबीच इस्लाम धर्मगुरुले कुर्बानी(बलि)को कुनै पनि फोटो तथा भिडियो सामाजिक संजालमा नराख्न सबैलाई आग्रह गरिएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]