मनाङ । हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ ।केन्द्रका प्रमुख नारायण कुसुमले खर्कका चौरी मरेको थाहा पाउनासाथ स्थलगतरूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको जानकारी दिए । “ङावल क्षेत्रको खर्कमा चौरीमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकहरूले भ्यागुते रोगको आशङ्का गरेका छन् । चौरीको रगत तथा बोनम्यारोको प्राप्त नमूना परीक्षणबाट भ्यागुते रोगको पुष्टि हुन बाँकी नै छ”,उनले भने ।समुद्र सतहदेखि चार हजार पाँच सय मिटर
तनहुँ । तनहुुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई१० हजार अनुदान दिने भएको छ । पछिल्लो समय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरु पालनलाई विस्थापित गर्दै लगेको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरु पालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उनले बताएका छन् । गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । प्रतिलिटर दूधमा दश त्यसैगरी गाउँपालिकाले दुग्ध उ
लेटाङ । आठ दश वर्षअघिसम्म लटरम्म तोरी र मकै फल्ने बारी अहिले सिँचाइको अभावले बाझिँदै गएका छन् । आकासे पानीको भरले थेगेको मोरङको लेटाङ नगरपालिका–१ को राजारानी क्षेत्र बाझिँदै गएको हो ।यस क्षेत्रमा धान रोप्ने चलन पहिलेदेखि नै थिएन तर तोरी र मकै चाँहि राम्रै फल्ने गरेको बताउछि ७६ वर्षीया आशमाया मगर । खेतबारीमा राम्रो उब्जाउ हुन छाडेपछि यहाँका युवा वैदेशिक रोजगारीमा खाडीमुलुक जान थाले । “रोप्न सके कोदो त अलिअलि फल्थ्यो तर कसले रोप्ने सबै युवा विदेश गए”, आशमायाले दुःखेसो गरिन् ।राजारानी क्षेत्रमा करिब एक सय २० रोपनी जग्गा छ तर अधिकांश जग्गा बाँझै छ । करिब ४० रोपनी जग्गामा केरा खेत
पथरी । गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, मोरङ सुनवर्सी नगरपालिका–१ का गणेश राई । बन्दाबन्दीको असरले निर्माण व्यवसाय छाडी ड्रागनफ्रुट खेतीमा लागेका उनलाई यतिबेला भ्याइ–नभ्याइ छ ।राईले दुई वर्षअघि ठूलो चुनैती मोलेर एक करोडको लगानीमा फार्म सञ्चालनमा गरेका थिए । विसं २०७७ मा तुर्छा ड्रागनफ्रुट तथा बहुउद्देश्यीय कृषि फार्ममार्फत ड्रागनफ्रुट खेती सुरु गरेका उनले एक वर्षमै बिरुवा बेचेर लगानीसमेत उठाइसकेका छन् ।तीन महिनासम्म १५–२० कामदार लगाएर रोपेको तीन हजार दुई सय पोल ड्रागनफ्रुटले यतिखेर राम्रै उत्पादन दिएको छ । राईको फार्ममा सायमा रेड सी प्रजाति (रातो
बलेवा । बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन् ।उनले यसअघि खेतमा मकै र धानका बिरुवा मरेको देखेका थिएनन्। सिँचाइ नभएको ठाउँमा मात्रै होइन, प्रशस्त सिँचाइ भएको खेतमा समेत धानका गाँज मरेका छन् । गाँज मर्ने रोगको विषयमा किसान अनभिज्ञ छन् । मकैबालीमा मात्रै रासायनिक मलको प्रयोग गर्ने पौडेलले कहिल्यै धानमा रासायनिक मल हालेनन् । घरमै उत्पादन हुने प्राङ्गारिक र गोबर मलको भरमा उनले खेतबारीबाट राम्रै उत्पादन लिने गर्
वालिङ । गण्डकी प्रदेशमा आवश्यकमध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा उन्नत जातका बीउ ७० प्रतिशत अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था छ ।वार्षिकरूपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक टन गहुँको बीउ र ३२ हजार मेट्रिक टन आलुको बीउ आवश्यक पर्ने कृिष विकास श्रोत केन्द्र स्याङ्जाका बाली विकास अधिकृत सुदीप रेग्मीले जानकारी दिए । “गण्डकीका एघारवटै जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास श्रोत केन्द्रले विशेष गरी बीउ खाद्यान्न तथा तरकारीबालीका विभिन्न प
धिरेन्द्रकुमार चौधरी रामधुनी । युरीया मल किन्न सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ९ का कृषकहरू आइतबार रातभरी र सोमबार दिनभरी लाइनमा बसेका छन् ।आइतबार युरीया मल आएकोले सोमबार बिहान १० बजेदेखि युरीया मल बिक्री हुने खबर पाउना साथ किसान थाह पाएर रातिदेखिनै लाइनमा बसेका हुन् । मल बिक्रि केन्द्र बिहान १० बजे खुल्ने र ५ बजे बन्द हुने गर्छ । अगाडि लाइनमा बसेपछि मल पाउने आशामा एक दिन अगाडिदेखिनै किसान लाइनमा बस्न बाध्य भएका हुन् । लाइनमा आ– आफ्ना बोरा राखी आफ्न्तकोमा र चौतारामा कुरेर किसान बसेका थिए ।रामधुनी नपा–९ मा नव जागरण महिला कृषि सहकारी संस्थाले मल बिक्री गर्छन् । सोमबार त्यहाँ म
पर्वत । रासायनिक मल विनै धान रोपाइँ गरेका पर्वत जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निरास बनेका छन् । रासायनिक मल हाल्न नपाउँदा धान पहेँलिन थालेको जनाउँदै उनीहरु चिन्तित बनेका हुन् । बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा धान नै सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म पनि मल नपाउँदा किसान निराश छन् । पर्वतमा पर्याप्त मल आयात नहुँदा कृषकले आवश्यकताअनुसार मल पाउन नसकेका हुन् । जिल्लामा मल ढुवानीको आधिकारिक निकाय कृषि सामग्री केन्द्रले माग अनुसार मल नआउँदा कृषकलाई आवश्यकताअनुसार वितरण गर्न नसकिएको जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा वर
धिरेन्द्रकुमार चौधरी बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका कृषि क्षेत्रले भरिएको छ । यहाँ धान बाली, मकै तोरी बाली कृषकहरूले खेतमा लगाउने प्रमुख बालिको रुपमा रहेको छ । यस बाहेक यहाँ खाद्यान्नका लागि बिभिन्न बाली लगाउने गरिएको छ । यहाँका कृषकहरूको आम्दानीको श्रोत पशुपालन रहेको छ । यस क्षेत्रमा गाई, बाख्रा पालन कृषकहरूले गर्दै आएका छन् ।बराहक्षेत्र नगरपालिका कार्यालय कृषि शाखाकी कर्मचारी शकुन्तला पौडेलका अनुसार ५० प्रतिशत अनुदान रकममा यहाँका कृषकलाई पावर टिलर ३८, मिनि पावर टिलर ४१, धान काट्ने मेसिन १९ थान र मकै छोडाउने मेशिन ३१ थान वितरण गरिएको छ । यहाँका कृषक समूह र सहकारी संस्थामा वितर
वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो । दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिए ।“बाँकी रासायनिक मल भित्रिने क्रम जारी छ”, उनले भने । उक्त नाकाबाट १२ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटे