ड्रागनफ्रुटबाट वार्षिक एक करोड आम्दानी

  • भदौ १४, २०७९ / नेपाल रेखा
alt

पथरी । गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, मोरङ सुनवर्सी नगरपालिका–१ का गणेश राई । बन्दाबन्दीको असरले निर्माण व्यवसाय छाडी ड्रागनफ्रुट खेतीमा लागेका उनलाई यतिबेला भ्याइ–नभ्याइ छ ।
राईले दुई वर्षअघि ठूलो चुनैती मोलेर एक करोडको लगानीमा फार्म सञ्चालनमा गरेका थिए । विसं २०७७ मा तुर्छा ड्रागनफ्रुट तथा बहुउद्देश्यीय कृषि फार्ममार्फत ड्रागनफ्रुट खेती सुरु गरेका उनले एक वर्षमै बिरुवा बेचेर लगानीसमेत उठाइसकेका छन् ।
तीन महिनासम्म १५–२० कामदार लगाएर रोपेको तीन हजार दुई सय पोल ड्रागनफ्रुटले यतिखेर राम्रै उत्पादन दिएको छ । राईको फार्ममा सायमा रेड सी प्रजाति (रातो फल)को ड्रागनफ्रुट लटरम्मै फलेको छ । दुई वर्ष अगाडि सुरु गरिएको व्यवसायले यति छिटो आम्दानी देला भन्ने उनले सोचेकै थिएनन् ।
राईले आफ्नै तीन बिघा क्षेत्रफलमा एक करोडभन्दा बढीको लगानी गरेका थिए । उक्त ड्रागनखेतीले दोस्रो वर्षदेखि आम्दानी दिन सुरु गरेको थियो । एक पोलबाट वार्षिक एक सय ५० केजी फल फल्ने राईको भनाइ थियो ।
स्वादिलो तथा पोषिलो यो फलको यतिबेला बजारममा राम्रै माग छ । वार्षिक ठूलो सङ्ख्यामा बाहिरबाट आयात हुने ड्रागनफ्रुट नेपालका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुन थालेको छ । राईले यो याममा मात्र ११ हजार केजी फल र २८ हजार बिरुवा बेच्नु भएको छ। बजारमा ड्रागनफ्रुटको फलको प्रतिकेजी सात सय ५० पर्छ भने बिरुवाको दुई सय ५० पर्ने गरेको छ ।
दैनिक छ कामदारसँगै बारीमा ड्रागनफ्रुटको खेतीमा व्यस्त राईले एकै याममा १५–१६ पटक फल दिने गरेकोे र अझै पाँच हजार केजी फल बेच्ने आशा लिएको बताए ।
किसानले यो खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा गर्दै आएका छन् । एकपटक लगानी गर्दा कम्तीमा २५ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ । ड्रागनफ्रुटसँगै भित्रभित्र बुटेखेती गर्न सकिने भएकाले नगदे बालीले समेत स्थान पाएको छ । सानो क्षेत्रफलमा थोरै लगानीबाट पनि यो व्यावसायिक खेती गर्न सकिने भएकाले सहरबजारका मानिसले समेत कौशी र करेसाबारीमा यो फल रोप्दै आएका छन् । कृषकको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि हुने देखिएको छ । सरकारले ड्रागनफ्रुट खेतीमा युवालाई आकर्षण गर्न सके आफ्नै देशमा व्यवसाय र रोजगार बढ्ने तथा युवा विदेशिनुपर्ने समस्या घट्ने देखिन्छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]