सिँचाइ अभाव र युवाको पलायनसँगै बाझिँदै जग्गा

  • भदौ १८, २०७९ / नेपाल रेखा
alt

लेटाङ । आठ दश वर्षअघिसम्म लटरम्म तोरी र मकै फल्ने बारी अहिले सिँचाइको अभावले बाझिँदै गएका छन् । आकासे पानीको भरले थेगेको मोरङको लेटाङ नगरपालिका–१ को राजारानी क्षेत्र बाझिँदै गएको हो ।
यस क्षेत्रमा धान रोप्ने चलन पहिलेदेखि नै थिएन तर तोरी र मकै चाँहि राम्रै फल्ने गरेको बताउछि ७६ वर्षीया आशमाया मगर । खेतबारीमा राम्रो उब्जाउ हुन छाडेपछि यहाँका युवा वैदेशिक रोजगारीमा खाडीमुलुक जान थाले । “रोप्न सके कोदो त अलिअलि फल्थ्यो तर कसले रोप्ने सबै युवा विदेश गए”, आशमायाले दुःखेसो गरिन् ।
राजारानी क्षेत्रमा करिब एक सय २० रोपनी जग्गा छ तर अधिकांश जग्गा बाँझै छ । करिब ४० रोपनी जग्गामा केरा खेती लगाइएको छ तर त्यसको उत्पादन पनि राम्रो नभएको स्थानीय दीपक मगरले बताए । बाँकी रहेको करिब ८० रोपनी जग्गा बाँझै रहेको छ । खानेपानीको समेत समस्या भर्खरै मात्रै समाधान हँुदै गएको यस क्षेत्रमा सिँचाइको समस्या समाधान गर्न मुस्किल रहेको मगरको बुझाइ छ । यस क्षेत्रमा कृषि प्राविधिक खटाएर पकेट कार्यक्रम लागू गर्नुपर्ने स्थानीय दलबहादुर मगरको बुझाइ छ । केरा वा कोदो पकेट कार्यक्रम लागू गरेर सरकारीस्तरबाट सहयोग गरे पर्यटकीय क्षेत्रको रुपमा रहेको राजारानी क्षेत्रमा उत्पादन बढाउन सकिने देखिन्छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]