प्रदेश

    Showing 91-100 of 136 items.
  • प्रदेश सरकारको आह्वानमा सर्वदलीय बैठक सम्पन्न

    विराटनगर । प्रदेश नम्बर. १ को नामकरणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेश सभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा बसेको हो ।बैठक चालु प्रदेश सभाबाट प्रदेशका नामकरण टुंगाउने विषयमा बसेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता भीम आचार्य, नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता एवं स्वास्थ्य म

    • प्रकाशित मितिः असार २५, २०७९
    • 126 पटक पढिएको
    • नेपाल रेखा
  • प्रदेशको विपद व्यवस्थापन कोषमा तीन करोड ५० लाख

    कुमोद अधिकारीविराटनगर । प्राकृतिकले भन्दा मानवीय कारणले  विपद्को जोखिम वृद्धि भैरहेकोले यसतर्फ सबैले ध्यान दिनु पर्ने सहभागीहरुले सुझाव दिएका छन् ।उनीहरुले विपद व्यवस्थापन तथा रोकथामका लागि विपद् आउनु अघि नै सरोकारवालाहरुले त्यसमा ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिए । विपद्बाट आउन सक्ने जोखिम व्यवस्थापनका कोष स्थापना गरेर  सम्बन्धित निकायले स्थानीय स्तमा जनचेतना फैलाउनु आवश्यक रहेको उनीहरुको भनाइ छ ।गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौंद्वारा वुधवार विराटनगरमा  आयोजित प्रदेशस्तरीय विपद् सम्वन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा सहभाग

    • प्रकाशित मितिः असार ८, २०७९
    • 130 पटक पढिएको
    • नेपाल रेखा
  • राज्यको कामकाजमा मातृ भाषालाई समावेश गराउन माग

    कुमोद अधिकारीविराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राज्यको कामकाजमा मातृ भाषालाई समावेश गर्नाले पहिचान र आत्मसम्मान कायम हुने बताएका छन् ।भाषा आयोग काठमाडौंद्वारा सोमबार विराटनगरमा आयोजित प्रादेशिक भाषा गोष्ठीको उद्घाटन गर्दै उनले विसं २०६२÷६३ को न्याय र पहिचान सम्बन्धि आन्दोलनको राज्यको तर्फबाट सरकारी काम काजमा भाषा प्रयोग सम्बोधनको रुपमा आएको बुझ्नु पर्नेमा जोड दिए । मुख्यमन्त्री राईले प्रदेशको मातृभाषालाई कामकाजको भाषा बनाउँदा कसैलाई समस्या नपर्ने चर्चा गर्दै यसका लागि दोभाषेको व्यवस्था गर्ने विचार राखे।उनले कामकाजको भाषा बनाउने सम्बन्धमा संवेदनशील भएर प्रतिक

    • प्रकाशित मितिः असार ७, २०७९
    • 133 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा पार्किङ्ग सुविधा नहुदा दुर्घटनाको जोखिम

    दीपक कार्कीइटहरी । सवारी साधनहरुको चापसंगै मानवीय चहलपहलका कारण व्यस्त प्रदेश नम्बर १ को एक विकसित सहर इटहरी व्यवस्थित पार्किङ्गको अभावमा अस्तव्यस्त बन्दै आएको छ । प्रदेश नम्बर १ का धेरै जिल्लाहरुमा पुग्न सडक संजाल प्रयोग गर्दा चौरस्तामा पर्ने इटहरीमा व्यवस्थित पार्किङ्ग नहुदा दुर्घटनाको जोमिख पनि दिनप्रतिदिन बढ्न थालेको छ ।प्रदेश नम्बर १ को व्यवसायिक केन्द्रका रुपमासमेत विकसित बन्दै आएको इटहरीमा धेरैतिरका मानिसहरुको आवतजावत हुने गरेको छ । तर मानवीय चापसंगै मानिसहरुले प्रयोग गर्ने सवारी साधनलाई पार्किङ्गका लागि पर्याप्त तथा आवश्यक पार्किङ्ग स्थान नभएको कारण समस्या हुदै आएको बताइन्छ ।उद्योग वाण

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 341 पटक पढिएको
    • नेपाल रेखा
  • पिडित बिरामीको सहयोग याचना

    नपालरेखा ÷गछिया । मोरङ्गको सुन्दर हरैचा नगरपालिका ३ नं. वडा गछिया ईराक टोलका यूवा भिमबहादुर प्रधानको परिवारले उपचारका लागि सवैसंग सहयोगको याचना गरेका छन् ।छोराको दुवै खुट्टामा घाउ भएर ओछ्यानमा थला परेर असक्त र असहाय बनेका प्रधानकी आमा सीता प्रधानले यस्तो याचना गरिकी हुन् । एघार वर्ष अगाडी श्रीमानको देहान्त पछि तीन छोराहरुको साथमा बस्दै आएकी सीता कमाई गर्ने जेठो छोरा रोग तथा घाउले थलिएपछि अहिले झन चिन्तित बनेकी छिन् । उनी भन्छिन्–‘खोलाले घर बगाईदियो, श्रीमान बित्नुभयो ।’ अहिले जेठो छोरा रोग र घाउले थलिएर असक्त छ भन्दै दुखेसो पोख्छिन् । गछिया ईराकटोलमा आफ्नै घरमा वस्दै

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 288 पटक पढिएको
    • नेपाल रेखा
  • सुनसरीको ईटहरीमा जितिया पर्व फोटो फिचरः

    सुनसरीको ईटहरीमा आयोजित जितिया पर्वको कार्यक्रममा सहभागि थारु समुदायका स्थानिय महिला, बालबालिका तथा यूवा यूवतीहरु । यो पर्वमा थारु समुदायका महिलाहरु आफ्ना सन्तानको सुख, खुसी र प्रगतिका लागि भगवान जितमहान गोँसाईको श्रद्धापूर्वक पूजा अर्चना गरि निर्जल उपवास बस्ने गर्दछन् ।  बैदिक सनातन हिन्दु रित अनुसार तराई मधेशमा मनाईने यो पर्व मातृस्नेह र मातृवात्सल्यको प्रतिकको रुपमा रहेको पाईन्छ । आश्वीन कृष्ण पक्ष सप्तमी देखि नहमी सम्म तिन दिन मनाईने यो पर्वमा भगवान बिष्णु, शिव र शुर्य भगवानको पूजा आरधना गर्दै पारम्परिक गीत, संगित र नाचगान सहित तराईमा यो पर्व मनाईन्छ । प्रकृति पुजा, प्रकृति प्रेम प

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 974 पटक पढिएको
    • नेपाल रेखा
  • बजार तथा बित्तिय संस्थामा भिडभाड

      नेपालरेखा सुुनसरी । नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना संक्रमण बढीरहेको बेला बन्द र निषेधाज्ञाले सर्वसाधारण बढी प्रभाबित भईरहेका छन् । दिनहुुँजसो कोरोना संक्रमित संख्या बढिरहँदा निषेधाज्ञा र बजार बन्द अझै लम्बिने या छोटिने भन्ने कुुराले किनमेलका लागि बजार र तथा बित्तिय संस्थामा समेत भिडभाड बढेका छन् । बजार, बित्तिय संस्था हरुमा भिडभाड बढ्दा सर्वसाधारण तथा सेवाग्राहीहरुले असुुरक्षा महसुुस गर्न थालेका गुुनासाहरु आएका छन् । त्रासकै माझ पनि कामकालागि बजार निस्कनु पर्ने सवसाधारणको बाध्यता एकातिर छ भने अर्कातिर निश्चित समयका लागि खुुलेका बजार र बितिय संस्थामा जाँदा लामो समय सम्म बाक्ल

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 220 पटक पढिएको
    • "नेपाल रेखा"
  • जोर गते जोर नम्बर बिजोर गते बिजोर नम्बर

    जनक पाण्डे इटहरी / कतिपय सवारी चालकहरुलाई जोर बिजोर प्रणाली बारे अनभिज्ञ रहेको बताएपछि सवारी साधनहरु बिच बाटोमा चेकजाँचको क्रममा प्रहरी नियन्त्रणमा परेपछि बाटोमा अलपत्र पर्ने गरेका छन् । जोर बिजोरबारे थाहा नपाएर को१ख ४७५५ नम्बरका ट्रिपर चालक धर्मेन्द्र सुब्बाले शनिबार बिहान मोरङ्गको लेटाङ्ग बाट सुनसरीको प्रकाशपूर पुगेर ११ः०० बजे इटहरी आउदा चोकमा गाडी रोक्दा मात्र आफूलाई जोरबिजोर प्रणाली अन्तर्गत आफ्नो गाडीको पालो नभएको थाहा पाएका थिए । आइतबार बिहान इटहरी उपमहानगरपालिका ५ नं. बडामा सिटीसफारी मोटरसाइकल लगायतका झण्डै १०० सवारी साधनहरु नियन्त्रणमा लिइए र सांझ ५ बजे सवारी धनीलाई दिइयो । कतिप

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 203 पटक पढिएको
    • "नेपाल रेखा"
  • बहुमत प्रतिपक्षसामु पत्रकार महासङ्घ सुनसरीको नेतृत्व

    सुनसरीका चार जना पत्रकारले जुनसुकै कारणले भए पनि नेतृत्वको प्रतिस्पर्धामा रहेका चारै जना उम्मेदवारलाई अस्वीकार गर्नुको सन्देश निकै अर्थपूर्ण छ । आगामी दिनमा स्थानीय तह, प्रदेश तथा सङ्घीय संसदको निर्वाचनमा सही उम्मेदवार नदिइएमा नो–भोटको मात्रा बढ्ने सङ्केत यसमा निहित छ । बुझ्नेलाई इसारा काफी भने जस्तो भुइँ तहबाट अस्वीकारको अधिकार प्रयोग हुनुले नेपालका राजनीतिक दलहरूलाई हाम्रा होइन राम्रा मान्छे देऊ, पैसा खर्च गर्न सक्ने होइन, जनताको मन जित्न सक्ने, जनताको सेवक (नोकर) भएर काम गर्न इच्छुकलाई मौका देऊ भन्ने सङ्केत गरेको छ ।   नेपाल पत्रकार महासङ्घले २०७७ चैत २५ गते ७७ जिल्ला, ४२ प

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 294 पटक पढिएको
    • "नेपाल रेखा"
  • स्वतन्त्र पत्रकार संघको प्रदेश नं. १ समिति गठन

    नेपालरेखा / इटहरी । स्वतन्त्र पत्रकार संघ नेपाल प्रदेश नं. १ को प्रदेश तदर्थ समिति विहिबार गठन भएको छ । प्रदेश संयोजक विजय खतिवडालाई ४ महिना अघि स्वतन्त्र पत्रकारहरुको भेलाले प्रदेश समिति गठन गर्ने जिम्मवारी सुम्पेको थियो । उक्त जिम्मेवारी अनुसार संयोजक खतिवडाले १७ सदस्यीय प्रदेश समिति गठन गरेका हुन् । प्रदेश तदर्थ समिति सदस्यमा मोरंगबाट उद्धव घिमिरे, जितेन्द्र शाह, दिनेश सिम्पाने पोखरेल, श्रृजना कार्की, दिपक खड्का रहेका छन् । सुनसरीबाट उद्धव कटुवाल, कृष्ण माझी, टिक वि.क., राजकुमार उप्रेती, सहदेव कार्की , भिमप्रसाद दाहाल , सागर सिंजाली, शेखरनाथ योगी र विमल शाक्य रहेका छन् । त्यसै गरि

    • प्रकाशित मितिः चैत ६, २०७७
    • 304 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]