प्रदेश सरकारको आह्वानमा सर्वदलीय बैठक सम्पन्न

  • असार २५, २०७९ / नेपाल रेखा
alt

विराटनगर । प्रदेश नम्बर. १ को नामकरणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेश सभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा बसेको हो ।
बैठक चालु प्रदेश सभाबाट प्रदेशका नामकरण टुंगाउने विषयमा बसेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता भीम आचार्य, नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता एवं स्वास्थ्य मन्त्री जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलकी नेता एवं सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाम्फे, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलकी नेता इन्दिरा राईको उपस्थिति थियो । त्यस्तै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राई, नेकपा एमालेका हिक्मतकुमार कार्की पनि बैठकमा सहभागी थिए ।
बैठकमा प्रदेश सभाको चालु अधिवेशनबाटै प्रदेशको नाम टुंगो लगाउने विषयमा दलहरूबीच प्रारम्भिक कुराकानी भएको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए । प्रारम्भिक चरणको बैठक भएकाले आ–आफ्नो दलका तर्फबाट धारणाहरू प्रस्तुत गर्ने काम भएको उनले बताए । ‘सुरुवाती जस्तो बैठक भएकाले अहिले दलहरूका तर्फबाट प्रारम्भिक धारणा आएको छ, प्रदेश नामकरणका विषयमा सबै दलले लचकता अपनाउने र साझा सहमति खोज्ने कुरा भएको छ’ मुख्यमन्त्री राईले सर्वदलीय बैठकमा भएका कुराकानी उल्लेख गर्दै भने । बैठकमा सबै दलका तर्फबाट प्रदेशका नाम के राख्न चाहेको हो त्यो प्रस्तुत भएको मुख्यमन्त्री राईले बताए । दलहरूबाट प्रदेशको नामकरणका सवालमा अलगअलग नाम आएकाले आगामी बैठकमा बैकल्पिक नामसहित उपस्थित हुने सहमति भएको मुख्यमन्त्री राईले बताए। आ–आफ्नो पार्टीबाट अब थप म्याण्डेटका साथ उपस्थित हुनेगरी अर्को बैठक बस्ने सहमतिसहित बैठक समापन भएको मुख्यमन्त्री राईले उल्लेख गरे ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]