गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

  • जेठ २, २०८२ / नेपाल रेखा
alt

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा बुधबार एक विशेष समारोहबीच भव्य एवं सभ्य रूपमा सम्पन्न भएको प्रिज्मा डी.सिने अवार्ड १६ औं संस्करणमा अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको हो ।
समारोहका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी र अन्य अतिथिहरूले उहाँलाई विगत दुई दशकदेखि नेपाली चलचित्रका क्षेत्रमा पत्रकारितामार्फत पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान पत्र, खादा, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
‘दुई दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारिताको माध्यमबाट यहाँले पत्रकारिता पेशामा पुर्याउनु भएको योगदान अतुलनीय छ । साथै चलचित्र पत्रकारितामा यहाँले देखाउनु भएको सक्रियता र निरन्तरता प्रसंशनीय छ । आगामी दिनमा पनि निरन्तर चलचित्र पत्रकारिताको अपेक्षासहित तपाईंको योगदानको कदर स्वरूप १६ औं प्रिज्मा डी.सिने अवार्डका अवसरमा रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ’, सम्मान पत्रमा भनिएको छ ।
मिलाप फाउण्डेशनकी अध्यक्षसमेत रहनुभएकी अधिकारीका एक दर्जन जति गीत श्रोता, दर्शकमाझ आएका छन् भने ‘मैले पढेका ५२ पुस्तक’ र ‘मेरा कलम डोबहरू’ जस्ता कृति पाठकमाझ आएका छन् । मिलाप मासिक र अनलाइनकी कार्यकारीसमेत रहनुभएकी अधिकारीका राजधानी र मोफसल दैनिक पत्रपत्रिकाहरूमा समसामायिक विषय, महिला हिंसाका साथै विभिन्न साहित्यिक लेख रचनाहरू प्रकाशित भइरहेका हुन्छन् ।
पत्रकारिताका अलावा विभिन्न विज्ञापन, तथा चलचित्रका पर्दामा पनि देखिने गीत साहित्य लेखन, रङ्गकर्म एवम् सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आउनुभएको छ ।
प्रिज्मा डी.सिने अवार्ड समारोहमा कला क्षेत्रका अन्य विशिष्ठ व्यक्तित्वहरूलाई उहाँहरूले यस क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान एवं पुरस्कार अर्पण गरिएको थियो । यस्तै चलचित्रका विभिन्न २१ विधाका स्रष्टा सर्जकलाई अवार्ड प्रदान गरिएको थियो । समारोहमा विशिष्ठ कलाकार, समाजसेवी, सञ्चारकर्मीलगायत व्यक्तित्वको उपस्थिति थियो ।

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]