नेपाल आइडल सिजन–६ को विजेता गङ्गा सोनामलाई २५ लाख पुरस्कार

  • भदौ १६, २०८२ / नेपाल रेखा
alt

ललितपुर । गङ्गा सोनाम नेपाल आइडल सिजन–६ को विजेता हुनुभएको छ ।
आइतबार ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता हुनुभएको हो । विजेता सोनामले २५ लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।
त्यसैगरी बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचाँै हुनुभयो ।
विजेतालाई पुरस्कार वितरण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेतालाई शुभेच्छा प्रकट गर्नुभयो । “नेपाल आइडल नेपालको हिरो कार्यक्रम हो । यो प्रतियोगिता सुरु भए पछि नै अरु नयाँनयाँ प्रतियोगिताहरु सुरु भएका छन् । नेपाल आइडल सधैँ हिरो कार्यक्रमका रुपमा रहनेछ”, उहाँले भन्नुभयो ।
ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले अति महत्त्वपूर्ण कार्यक्रममा विजेता हुनुहुने सबैलाई बधाई दिँदै ठूलो कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यले छ वटा सिजनसम्म पुग्दा नयाँनयाँ प्रतिभाहरुको जन्म भएको उल्लेख गर्नुभयो ।
समारोहमा पूर्वमन्त्री शेरबहादुर तामाङ, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यलगायतको उपस्थिति थियोे ।
२०८२ जेठ २ गतेदेखि सुरु भएको नेपाल आइडल सिजन–६ को मुख्य निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल हुनुहुन्थ्यो । ग्राण्ड फिनालेको सुरुवातमा पहिलो प्रस्तुती बविता थापामगर, दोस्रो प्रस्तुती मिनल मानन्धर, तेस्रो प्रस्तुती गङ्गा सोनाम, चौथो प्रस्तुती दर्शना गान्धारी र पाँचौँ प्रस्तुती अभिनय खातीले प्रस्तुत गर्नुभएको थियो ।

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]