कम्युनिष्ट पार्टीका संस्थापक कर्माचार्यको स्मृतिमा जनसांगीतिक यात्रा इटहरीबाट सुरु हुँदै

  • भदौ २१, २०८२ / नेपाल रेखा
alt

इटहरी । नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्म शताब्दी वर्षको अवसरमा आयोजना गरिएको ‘नरबहादुर कर्माचार्य स्मृति जनसांगीतिक यात्रा’ सुनसरीको इटहरीबाट आइतबार सुरु हुने भएको छ ।
इटहरीको दुर्गा पार्टी प्यालेसमा दिउँसो २ बजे हुने भव्य उद्घाटनसँगै अभियान सुरु भई सातै प्रदेशमा विस्तार हुँदै जाने स्मृति प्रतिष्ठान, सुनसरीका अध्यक्ष एकचन्द्र बराल (निर्मल) ले जानकारी दिएका छन् ।
जनसांस्कृतिक महासंघको सहकार्यमा आयोजित यो सांस्कृतिक यात्रा समाजवाद, समानता र प्रगतिशील चेतनाको प्रचार–प्रसार, साथै सांस्कृतिक पुनर्जागरण गर्ने उद्देश्यले अगाडि बढाइएको हो ।
कार्यक्रममा संगीत, नाटक र नृत्यजस्ता सिर्जनात्मक माध्यमबाट सामाजिक सन्देश सम्प्रेषण गरिनेछ । आयोजकले यो कार्यक्रमलाई मनोरञ्जन मात्र नभई विचारधारात्मक जागरण अभियानको रूपमा अगाडि बढाइने जनाएको छ ।
उद्घाटन समारोहमा देशभरबाट आएका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ । कार्यक्रममा वरिष्ठ जनगायक जीवन शर्मा, हास्यकलाकार सुवोध गौतम, साथै कलाकारहरू टेक बलम्पाकी, प्रदीप बम्जन, हिशन समाल, झंकार बुढा, डम्बर रोकाय, धनु ग्याङ्मी, केशरी घर्ती, देवी बस्नेत, रिना लिम्बू, शान्ति कठायत, हिरा लामा, सरु गुरुङ, अन्जु तामाङ र सुरत विष्ठ लगायतको विशेष प्रस्तुति रहनेछ ।
यो सांगीतिक यात्रा विशेषगरी नयाँ पुस्तामा प्रगतिशील चेतना जनाउने, सामाजिक रूपान्तरणप्रति जागरण फैल्याउने जनसंस्कृतिको संरक्षणमा योगदान दिने लक्ष्यसहित अगाडि बढाइएको आयोजकले जनाएको छ ।

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]