यो दसैँ–तिहारमा एनबी मगरको छुट्टी मिलेन

  • असोज ८, २०८२ / नेपाल रेखा
alt

इटहरी । जेनजी आन्दोलनका कारण एक प्रकारको शून्यता, अप्ठेरो र दुःखको अवस्थामा पुगेको नेपाली समाजमा राष्ट्रिय चाड दसैँ भित्रिएको छ ।

परिस्थिति जे भए पनि, दुःखलाई उसकै ठाउँमा छोडेर नेपालीहरू राष्ट्रिय चाड दसैँलाई परिवारका सदस्य सबै सँगै हुने र मिठोमसिनो बाँडीचुँडी खाने विशेष अवसरका रूपमा लिने गर्छन् ।

यस्तो पृष्ठभूमिमा गीत–सङ्गीत सर्जक एनबी मगर लेख्छन्– ‘धानको बाला झुलिसक्यो, क्षितिज, गगन खुलिसक्यो । लिङ्गे–पिङ र चङ्गा उडाई रमझम चुलिसक्यो । मैँ दुःखीको परदेशमा कपाल सबै फुलिसक्यो ! ए, हौ उड्ने पिलेन, आइनँ आमा यो दसैँमा छुट्टी मिलेन !’ घरदेशको खुसीका लागि परदेश पुगेका नेपालीहरूको मनको भावना समेटेर लेखेका शब्दहरूलाई गीतकार मगर सङ्गीतको साँचोमा ढाल्छन् र चर्चित गायक राजेशपायल राईलाई गाउन लगाउँछन् । ‘दसैँ आयो गाउँघरमा सारा खुसी छायो ।

हर्ष, उल्लास, उमङ्गको बहार बोकी ल्यायो,’ बोलको दसैँ गीत ‘छुट्टी मिलेन’ आवरणमा दसैँको चटारोसँगै असोज ४ गते सार्वजनिक गरिएको छ । एनबी (नरबहादुर) मगरको शब्द–सङ्गीत तथा राजेशपायल राईको स्वरमा किङ एन्ड मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको ‘छुट्टी मिलेन’ गीतको सङ्गीत संयोजन जुजु गुरुङले गरेका छन् ।

सुरेश राई रेकर्डिङ र राजन क्षेत्री निर्देशनमा बनेको गीतको भिडियोमा गीतकार एनबी मगरसहित शर्मिला राई मगर, सृष्टि मगर, प्रेमलक्ष्मी मगर, काजीमान मगरको जीवन्त अभिनय देख्न सकिन्छ । राजेशपायल राई युटुब च्यानलमार्फत सार्वजनिक ‘छुट्टी मिलेन’ गीत तीन दिनमा १४ हजारभन्दा बढीले हेरिसकेका छन् । यसअघि लक्ष्मी मावि इटहरीका शिक्षकसमेत रहेका सर्जक एनबी मगरको ‘रुमाल साटौँला’ बोलको गीत २०८० चैत २४ गते मनोरञ्जन नेपाल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको थियो ।

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

तालतलैया कला साहित्य ...

इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक क ...

पत्रकार दीपक कार्की ...

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]