विराटनगर । विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका योजनाहरू अघि सारेको छ । उत्तरीभन्दा दक्षिण क्षेत्र तुलनात्मक रुपमा विकासमा पछि परेको भन्दै महानगरले विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु गरेको हो । केही हप्ताअघि वडा नम्बर १४ स्थित रानीपोखरीमा ५ करोडभन्दा बढीको लागतमा निर्माण हुने ग्रिनपार्कको शिलान्यास गरेको महानगरले सोहीमा अवस्थित मठापोखरीको सौन्दर्यकरणको काम सुरु गरेको छ । मठापोखरी परिसरमार निर्माण हुने संरचनाको महानगरले शुक्रबार शिलान्यास गरेको छ । ६ करोडभन्दा बढी लागतमा निर्माण हुने सुविधा सम्पन्न पार्कको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शि
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर स्थानीयवासीले धेरै नै सास्ती व्यहोर्नु परेकाले छिटो निर्माण गर्न निर्देशन दिएका हुन् । विराटनगर–५ स्थित गणेशचोकदेखि केशलिया पुलसम्मको ३ दशमलव १९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित कोइरालाले छलफलसमेत गरे । स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न मेयर कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिएको मेयरका प्रे
विराटनगर । विराटनगर महानगरपालिकाभित्र हुने भौतिक संरचनाको विकासमा समन्वय गर्न समिति गठन गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुखको संयोजकत्वमा विराटनगरभित्र रहेका संघीय र प्रदेश सरकार माताहत रहेका भौतिक विकाससँग सम्बन्धित कार्यालयका प्रमुख सदस्य रहने गरी समिति गठन गरेको हो । विराटनगर महानगरपालिकाको आयोजनामा भएको छलफलपछि गठित समितिले भौतिक विकासका आयोजनाहरु सञ्चालन गर्दा एकअर्का निकायबीच समन्वय गर्नेछ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा भएको छलफलमा सहभागीहरुले महानगरपालिकाले राम्रो कामको सुरुवात ग
हाल ७२ वर्ष पुग्दा पनि उसरी नै युवाअवस्थाममा झै खटिरहनु भएकी गिता आमाका धेरै छोरारोरी,बुहारी,नाती नातिनाहरु छन्, जो देश विदेश सम्म पुगेका छन् । विभिन्न सेवामा संलग्न छन् । अझै पनि वाहाको काखमा ४४ जना (नावालकमात्र) सन्तान छन् । कोही युवा छन् कोही वयस्क छन् । सबै गरी जम्मा ३सय६५ लगभग सन्तानहरु छन् जसको शिक्षा, संस्कार विहे पास्नी लगायत सवै कर्म उनै गीता आमाले गर्नुभएको छ । “आमा बन्न नौ-नौ महिना बच्चालाई कोखमा जन्माउनु पर्छ“ भन्ने जुन मान्यता छ, त्यसको ठिक उल्टो वाहाको जीवनकथा बनेको छ । आफुले कोखमा बोकेर जन्मेदिने आमाहरु बाध्यताको आडमा आफ्नो सन्तान जथाभावि फाल्ने र
शिवकुमार राई । कुनै पनि विद्याका वा पेशाका व्यक्तित्व हरुले राष्ट्र र समाज प्रति योगदान गरेको जुन योगदान बाट राष्ट्र गौरान्वित हुनुपर्छ त्यस्तो व्यक्तित्व हरुलाई स्वतःनागरिकको तर्फबाट स्वस्फुर्त नागरिक अभिनन्दन गर्ने अवाज आउनु पर्छ त्यसको लागी कुनै अभिनन्दन मुल समिति निर्माण गर्नुपदैन त्यस्तो व्यक्ति स्वतः नागरिक अभिनन्दनका पुणर् हकदार हुन्छ यसमा विवादको रत्ती भर ठाँउ रहन सक्दैन । अभिनन्दन सम्मान, पुरस्कार प्रदान गर्नु राम्रो कुरा हो यसलाई हरेक क्षेत्रहरुमा मलजल गरी निरन्तरता दिनुपर्छ किनभने फरक फरक विद्या का व्यक्तित्वहरु लाई यो सम्मान दिनु भनेको हौसला प्रदान गर्नु हो अझै कर्मशी
नेपालरेखा । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कोशी राजमार्ग धरान देखि बिराटनगर, जोगबनी सम्मको ६ लेन सडकमा ब्यापक भ्रष्टाचार भएको आशंकाको ठहर गर्दै स्वतन्त्र नागरिक समाज सुनसरीले सोमवार ईटहरी स्थित प्रदेश नं. १ को अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयलाई पत्र मार्फत ध्यानाकर्षण गराएको छ । सडकको निर्मित अवस्था कमजोर र सडकको केन्द्रबिन्दुबाट दुवैतर्फ २५÷२५ मिटरको मापदण्ड पुरा नभएको गुणस्तरहिन सडक निर्माण भईरहेको प्रति आम जनमानसको निष्र्कष लाई मध्यनजर गर्दैैै समाजले अख्तियारको ध्यानाकर्षण गराएको हो । सडक निर्माणको क्रममा राजनीतिक प्राविधिक लगायत स्थानिय जनप्रतिनिधिहरुवाट नीतिगत एवं आ
इटहरी । नेपालरेखा । सडक निर्माणकै क्रममा राजनितिक, प्राबिधिक, लगायत स्थानिय जनप्रतिनिधी बाट नितिगत एवं आर्थिक भ्रष्टाचार एवं परियोजनासंग निहित समुहहरुको एकिकृत भ्रष्टाचार ले गर्दा गौरवको आयोजना कोशी राजमार्गको निर्मित अवस्था कमजोर र गुणस्तर हिन रहेको स्वतन्त्र नागरिक समाज सुनसरीले निस्कर्ष निकालेको छ । राजमार्गको पुननिर्माणमा ढिलासुस्ती लगायत निर्माण स्तरको बारेमा सरकारको ध्यानाकर्षण नभएको भन्दै स्वतन्त्र नागरिक समाज सुनसरीले जिल्ला प्रसासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सम्माननिय प्रधानमन्त्रीलाई सुक्रवार ज्ञापन पत्र बुभाएको छ । कोशी राजमार्ग अन्तर्गतको र
बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको प्रशासकीय भवन बनाउनका लागि स्थानीयले जग्गा दान गरेका छन् । गाउँपालिकाको प्रशासकीय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्र र प्रहरीचौकीका लागि स्थानीयले जमिन दान गरेका डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए। गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ का स्थानीयले २० रोपनी, १० शय््याको अस्पताल भवन निर्माणका लागि १० रोपनी र प्रहरीचौकी निर्माणका लागि पाँच रोपनी जग्गा दान गरेका हुन् । स्थानीय हर्कबहादुर धामी, खडक धामी, वीरे धामी, गगन धामी, प्रेम धामी, रतन धामी, ललुवा धामी, मानसिंह धामी, रामसिंह धामी, डम्मर धामी, मानबहादुर धामी, कालुसिंह धामीलगायत
इटहरी । प्रदेश नम्बर १ कै व्यस्त सहर हो इटहरी बढ्दो सहरीकरणसँगै बढ्ने जनघनत्व र त्यसको व्यवस्थापनमा पनि चुनौती थपिदै जान्छ । चौरास्तामा पर्ने इटहरी मुख्य चौक भएर दैनिकजसो हजारौ मानिस आवतजावत गर्ने गर्दछन् ।तर इटहरीमा आवश्यक परेको वखत शौचालयको उपलब्धता नहुदा आगन्तुक तथा स्थानीयहरु शौचालय प्रयोग गर्नैका लागि खाजा नास्ताको बहानामा होटल पस्नुपर्ने बाध्यता रही आएको थियो ।सोही कुरालाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघ इटहरीले इटहरी उपमहानगरपालिकालाई १० वटा कोठा भएको घुम्ती शौचालय २ थान र २ वटा कोठा भएको पोर्टेबल शौचालय ७ थान हस्तान्तरण गरेको छ ।इटहरीको बिभिन्न ठाउँमा राखी प्र
धनकुटा । पूर्वकै पर्यटकीय नगरी साँगुरीगढी गाउँपालिकाको भेडेटारबाट सुरु भई धनकुटाको बुधबारे बजार हुँदै पाँचथर जोडिएको सडकको काम समयमा पूरा नहुँदा यात्रु मर्कामा परेका छन् ।विगत १७ वर्षदेखि गाउँबाट तरकारी सङ्कलन गरेर तराईका बजार लगेर व्यापार गर्दै आएका चौबिसे गाउँपालिका मुढेवारका ४४ वर्षीय बलबहादुर थापाले बाटो बिग्रिएर व्यापार गर्न कठिन भएको बताए । तीन वर्षयता बर्खाको समयमा बाटो बिग्रिएर सहजरुपमा यातायात चल्न नसक्दा बाटैमा तरकारी कुहिएर जाने गरेको उनले बताए । “पछिल्लो समयमा बाटो सहज थियो । तीन वर्षयता बिग्रिएर खत्तम भएको छ ।” थापाले भन्नुभयो । माघदेखि ठेकेदारले काम छाडेपछि सडक झन बिग