बिकास

    Showing 31-40 of 83 items.
  • मेयरद्वारा विराट राजाको दरबार क्षेत्रमा निर्माणाधीन संरचनाको अनुगमन

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गरेका छन् । बिहीबार मेयर कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिए । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबार क्षेत्रका लागि महानगरले १ करोड रुपैयाँ छुट्याएको थियो । तर निर्माण कम्पनी देवी छिन्नमस्ता कन्ट्रक्सनले ७० लाख ६५ हजार ६२५ रुपैयाँमा ठेक्का पारेको थियो । अनुगमनका क्रममा मेयर कोइरालाले तोकिएको मितिभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए । महानगरले दक्षिणी

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • 148 पटक पढिएको
    • नेपाल रेखा
  • शिक्षा, स्वास्थ्य, कृषि तथा युवा स्वरोजगारलाई प्राथमिकता दिदै वुढिगंगा गाउँपालिका

    विराटनगर । स्थानीय तह निर्वाचन भएर नयाँ जनप्रतिनिधि आएको एक वर्ष पूरा भएको छ । स्थानीय सरकारले जनस्तरमै सेवा प्रवाहको लागि भएका कामहरुको विभिन्न प्रकारले मूल्याङ्कन भइरहका छन् । यस्तै मोरङ्गको बुढीगंगा गाउँपालिकामा एक बर्षमा स्थानीय आवश्यकतालाई हेरेर धेरै काम गरिएको गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगरले बताए।आ.व २०७९÷८० मा गाउँपालिकाको समपुरक अनुदान, शसर्त अनुदान, स्थानीय राजश्व लगाएतबाट आम्दानी हुनेगरि गाउपालिकाले ७ करोड ९० लाख ७३ हजार ४ सय रुपैयाँ बजेट छुटाएर काम गरिरहेको छ ।पालिकाले सबै वडामा गरि यस आ.व.मा उपभोक्ता समितिमार्फत १४० वटा कामहरु सञ्चालन गरेको छ, भने ८ वट

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 116 पटक पढिएको
    • नेपाल रेखा
  • निर्धारित आयोजनाहरु समयमा सम्पन्न हुनुपर्नेमा मन्त्री चापागाईंको जोड

    कुमोद अधिकारी विराटनगर । कोशी प्रदेश अन्तर्गत भोतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशमा भइरहेको विकास निर्माणको प्रगती एवं त्यसमा देखिएका समस्या विषयमा मंगलबार समीक्षा गरेको छ ।मन्त्रालयले आफनो मातहतमा रहेको भौतिक पूर्वाधार तथा सहरी विकास भवन कार्यालयका प्रमुखहरुसंग मंगलबार विराटनगर स्थित मन्त्रालयमा अन्तरक्रिया गर्दै कामको प्रगतीबारे समीक्षा गरेको हो ।मन्त्रालयल आयोजना भएको कार्यक्रममा चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकको भौतिक एवं आर्थिक प्रगतीको समीक्षा गरिएको थियो । मन्त्रालय अन्तर्गतका प्रदेशमा रहेका सातवटा भौतिक पूर्वाधार कार्यालय तथा सहरी विकास भवन कार्यालयका प्रमुखहरुल

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 353 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा सुत्केरी पोषण कार्यक्रम झुपडीमा पुग्दै

    प्रकाश तिम्सिनाइटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मझौरा घर भएकी मनकुमारी राईलाई अघिपछि आफ्नो मोबाइलमा सेभ गरिएका नम्बरबाट फोन आइरहन्थे । माघ २२ गते भने बिल्कुलै नयाँ नम्बरबाट आएको टेलिफोन मनकुमारीले रिसिभ गरिन् । मनकुमारीले हेलो भनेपछि उत्तैबाट परिचय दिइयो । उनी पकली स्वास्थ्य चौकीकी सिनियर अनमि प्रमिला बञ्जरा थिइन् । परिचय दिइ सकेपछि बञ्जराले मनकुमारीलाई सोधिन, ‘सञ्चो विसञ्चो कस्तो छ ? मनकुमारीले आफ्नो जवाफ फर्काउँदै स्वास्थ्य समस्याबारे दर्शाउन थालिन् । वञ्जारले मनकुमारीको समस्या सुनेपछि केही सुझाव पनि दिइन् अनि गर्भावस्थामा नियमित जचाँउने र अस्पतालमा बच

    • प्रकाशित मितिः जेठ २, २०८०
    • 115 पटक पढिएको
    • नेपाल रेखा
  • देउसामा बन्यो वडाको प्रशासनिक भवन

    सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका–७ देउसा आफ्नै प्रशासनिक भवन निर्माण गरि कार्यालय सन्चालन गर्ने जिल्लामै चौथो वडा बनेको छ । पाँच रोपनी जग्गा व्यवस्थापन गरि सुविधासम्पन्न भवन निर्माण गरि कार्यालय सन्चलनमा आएको हो । यो सङ्गै देउसामा एकै पटक तीन योजनाको उद्घाटन गरिएको छ । नवनिर्मित वडा कार्यालय भवन, सामुदायिक स्वास्थ्य इकाई भवन र ढाका बुनाई तालिमको एकै पटक उद्घाटन गरिएको हो ।तीन वटै योजनाको गाउँपालिका अध्यक्ष असिम राई, उपाध्यक्ष सबिता राई र प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले उद्घाटन गरेका हुन् । वडा कार्यालय भवन जिल्ला समन्वय समितिको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत गरि करिब ९३

    • प्रकाशित मितिः वैशाख २८, २०८०
    • 109 पटक पढिएको
    • नेपाल रेखा
  • हुलाकी सडक निर्माणमा ढिलासुस्ती भएपछि प्रशासनको चासो

    कुमोद अधिकारी मोरङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मोरङ जिल्लाको हुलाकी सडकको निर्माण कार्य पुनः शुरु गर्ने निर्माण व्यवसायीहरुले प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा सोमाबार भएको छलफल कार्यक्रममा मोरङको हुलाकी सडकको बाँकी खण्ड १८ किलोमिटर सडकमा वैसाख २८ गतेवाट शुरु गर्न लागेको निर्माण व्यवसायीहरुले जनाएका छन् । विरानगर–रंगेली–आमवारी हुलाकी सडक निर्माणको काम पटकपटक अवरुद्ध हुदा आवत जावतमा सर्वसाधारणले सास्ती व्योहर्दै आएका छन् । ठेकेदार कम्पनीहरुले पहिलेको कालोपत्रे अवस्थामा रहेको सडक वनाउने नाममा अहिले सडक भत्काएपछि सवै सडक धुलाम्मे भएका छ

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 99 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा सार्वजनिक शौचालय प्रयोगमा आउदै

    इटहरी । मुख्य चौक तथा बस स्टेन क्षेत्रमा सार्वजनिक शौचालय नभएका कारण बाहिरबाट आउने मानिसहरु शौचालयका लागि इटहरीमा अर्काको घरको भित्ता तथा खाली ठाउँको खोजिमा भौतारिने वाध्यता केही हद सम्म अन्त्य भएको छ । उपमहानगरपालिकाले सार्वजनिक शौचालय बस स्टेन क्षेत्रमा नभएका कारण यात्रु तथा अन्य मानिसहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै पूर्व बस स्टेनमा सार्वजनिक शौचालय बनाएपछि केही हदमा यो समस्या हल भएको हो ।पूर्व पश्चिम राजमार्ग अन्तरगत इटहरीको पुर्वबस स्टेसन क्षेत्रमा सार्वजनिक शौचालय थिएन । यहाँ आउने यात्रु, टिकट काउण्टरका कर्मचारी तथा यातायात मजदुर लगायतले समस्या भोग्दै आएका थिए&nbs

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 105 पटक पढिएको
    • नेपाल रेखा
  • निर्माण कम्पनिद्वारा तीन दिनभित्रमा तरहरा–सेउतीको काम थाल्ने लिखित प्रतिबद्धता

    इटहरी । व्यापारिक मार्ग विस्तार आयोजनाको चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक तीन दिनभित्रमा थाल्ने सहमति भएको छ । निर्माण कम्पनि, इटहरी उपमहानगरपालिका र छ लेन सडक आयोजनाबीच बुधबार भएको छलफलमा निर्माण कम्पनिले तत्काल तीन दिनभित्रमा सडक थाल्ने लिखित सहमति गरेको हो । इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक पटक निर्माण कम्पनिलाईं उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको थियो । निर्माण कम्पनिले काम सुधार नगरेको जनाउँदै उपमहागनरपालिकाले शुक्रबार एउटा सवारी साधन नियन्त्रणमा लि

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 114 पटक पढिएको
    • नेपाल रेखा
  • काम ढिलो गरेको भन्दै निर्माण कम्पनिको गाडी नियन्त्रणमा

    इटहरी । रानी विराटनगर धरान सडक खण्ड विस्तार अन्तरगत तरहरा देखि सेउती पुल सम्मको सडक खण्डको निर्माण जिम्मा पाएको निर्माणले ढिलासुस्ती गरेको भन्दै इटहरी उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ ।निर्माण कार्य ढिलो हुंदा जनताले सास्ती पाइरहेको भन्दै पटकपटक चाँडो काम गर्न उपमहानगरपालिकाले आग्रह गर्दै आएपनि काम ढिलो गरेको गुनासो वढेपछि अनुगमनमा भएको नगरप्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले निर्माण कम्पनिको गाडी नियन्त्रण लिएको हो ।अनुगमनका क्रममा जांदा काम नगरिएको पाइएपछि त्यहाँ रहेको निर्माण कम्पनिको गाडी उपमहानगरपालिकाले ल्याएको नगरप्रमुख हेमकर्ण पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । निर्माण

    • प्रकाशित मितिः वैशाख ८, २०८०
    • 116 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा अत्याधुनिक भेटरिनरी अस्पताल बन्दै

    इटहरी । इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न भेटेरिनरी अस्पताल बन्ने भएको छ । पशुपन्छीको उपचारका लागि इटहरीमा भेटेरिनरी अस्पतालको भवन शिलान्यास गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरि इटहरीका मेयर हेमकर्ण पौडेलले अत्याधुनिक भवनको शिलान्यास गरेका हुन् । किसानका घरपालुवा जनावर बिरामी भएपछि उच्चस्तरीय उपचारका लागि अस्पताल निर्माण गरिएको हो । किसानका घरपालुवा जनावरको उपचारका लागि आधुनिक अस्पताल संचालनमा ल्याइएको मेयर पौडेलले बताए । भवन निर्माण पश्चात आफ्नै पालिकामा अस्पताल संचालनमा आएपछि ‘किसानका समस्या सहज ढङ्गबाट सम्बोधन हुन्छन् ।’ मेयर पौडेल भन्छन् ।२ करोड ६ लाख ८२ हजार १ सय ६५ रु

    • प्रकाशित मितिः चैत २९, २०७९
    • 119 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]