इटहरी । मुख्य चौक तथा बस स्टेन क्षेत्रमा सार्वजनिक शौचालय नभएका कारण बाहिरबाट आउने मानिसहरु शौचालयका लागि इटहरीमा अर्काको घरको भित्ता तथा खाली ठाउँको खोजिमा भौतारिने वाध्यता केही हद सम्म अन्त्य भएको छ । उपमहानगरपालिकाले सार्वजनिक शौचालय बस स्टेन क्षेत्रमा नभएका कारण यात्रु तथा अन्य मानिसहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै पूर्व बस स्टेनमा सार्वजनिक शौचालय बनाएपछि केही हदमा यो समस्या हल भएको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत इटहरीको पुर्वबस स्टेसन क्षेत्रमा सार्वजनिक शौचालय थिएन । यहाँ आउने यात्रु, टिकट काउण्टरका कर्मचारी तथा यातायात मजदुर लगायतले समस्या भोग्दै आएका थिए । शौचालय जानु पर्ने अवस्थामा यहाँ आइपुग्दा यात्रु तथा अन्य मानिसहरुलाई अर्काको घरको वरिपरी वा झाडी भएको ठाउँ खोज्नु पर्ने वाध्यता रहेको थियो । त्यसैलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले खानेपानी डिभिजन कार्यालयले उपलव्ध गराएको जमिनमा सार्वजनिक शौचालय निर्माण गरेको छ ।
उपमहानगरपालिकाले निर्माण गरेको सो सार्वजनिक शौचालयको एक कार्यक्रमका विच नगरप्रमुख हेमकर्ण पौडेलले उद्घाटन गरेपछि इटहरी क्षेत्रमा सार्वजनिक शौचालयको अभाव केही हदसम्म समाधान भएको छ ।
लामो समय देखि यस क्षेत्रमा सार्वजनिक शौचालयको अभाव रहेकोतर्फ मध्यनजर गर्दै सरोकारवाला निकायहरुलाई आग्रह गर्दै आएको भए पनि यस पटक उपमहानगरपालिकाले निर्माणमा चासो दिएर निर्माण सम्पन्न भएको सार्वजनिक शौचालय निर्माण उपभोक्ता समितिका अध्यक्ष जितबहादुर पौडेल बताउछन् । उनले सार्वजनिक शौचालय निर्माण गर्ने क्रममा १ सय ७४ मिटर डे«न सहितको शौचालय २८ लाख वढीको लागतमा निर्माण भएको समेत जानकारी गराए ।
बस स्टेन रहेको क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा यात्रु महिलाहरुलाई धेरै समस्या हुने गरेकोमा शौचालय निर्माणले सहज बनाएको स्थानीय भारती श्रेष्ठ बताउछिन् ।
सार्वजनिक शौचालय नभएका कारण यात्रु तथा आफुहरुलाई समेत समस्या हुने गरेको थियो । यात्रु तथा आफुहरु पनि अर्काको भित्ता तथा खाली ठाउँ खोज्नु पर्ने अवस्था रहेकोमा सार्वजनिक शौचालय वनाइएका कारण अब यात्रु तथा आफुहरुलाई समेत सहज हुने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इटहरी इकाइका अध्यक्ष चन्द्र उपे्रतीले बताए । सार्वजनिक शौचालय उदघाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरी, वडा नम्बर–४ का वडाध्यक्ष भक्त लामा तामाङ्ग इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले, सार्वजनिक शौचालय निर्माण अनुगनम समितिका संयोजक रमेश खत्री लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रमा रहेका सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालयको आवश्यकता महशुस गरेर इटहरीको मुख्य चौक लगायतका अन्य ठाउँहरुमा पनि सार्वजनिक शौचालय निर्माण कार्य अघि वढाइरहेको छ ।