इटहरीमा अत्याधुनिक भेटरिनरी अस्पताल बन्दै

  • चैत २९, २०७९ / नेपाल रेखा
alt

इटहरी । इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न भेटेरिनरी अस्पताल बन्ने भएको छ । पशुपन्छीको उपचारका लागि इटहरीमा भेटेरिनरी अस्पतालको भवन शिलान्यास गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरि इटहरीका मेयर हेमकर्ण पौडेलले अत्याधुनिक भवनको शिलान्यास गरेका हुन् ।
किसानका घरपालुवा जनावर बिरामी भएपछि उच्चस्तरीय उपचारका लागि अस्पताल निर्माण गरिएको हो । किसानका घरपालुवा जनावरको उपचारका लागि आधुनिक अस्पताल संचालनमा ल्याइएको मेयर पौडेलले बताए । भवन निर्माण पश्चात आफ्नै पालिकामा अस्पताल संचालनमा आएपछि ‘किसानका समस्या सहज ढङ्गबाट सम्बोधन हुन्छन् ।’ मेयर पौडेल भन्छन् ।
२ करोड ६ लाख ८२ हजार १ सय ६५ रुपैयाँ लागतमा तीन तले अस्पतालको भवन निर्माण गरिने भएको हो । सम्झौता अनुसार २०८० साल चैत्र भित्र भवन निर्माण गरि सक्नु पर्ने छ । भवनमा कृषकहरुको लागि तालिम हल समेत बन्ने छ । कृषकहरुले छलफल तथा कार्यक्रमहरु राख्न सक्ने छन् ।
इटहरीका पशु डाक्टर दुर्गाबहादुर श्रेष्ठले अस्पतालमा एक्सरे, अल्ट्रासाउण्ड मेसिनबाट बिरामी पशुको चेकजाँच गरिने छ । डाक्टर श्रेष्ठले भने भवन भने पछि अस्पताललाई ब्यवस्थित बनाएर सञ्चालन गर्ने छौ । ‘अब हामीले किसानलाई गुणस्तरीय सेवा दिन्छौँ, ‘उनले भने, ‘पशुपालक किसानलाई अब सुविधा हुन्छ, किसानको पशु रोगकै कारण रोग पत्ता नलागेर मर्नुपर्ने बाध्यता हटछ ।’

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]