बिकास

    Showing ११-२० of ६९ items.
  • इटहरी उपमहानगरले नगरवासीको घरको नक्सा बनाउन थाल्यो

    इटहरी । इटहरीमा बासोबासका लागि नयाँ घर बनाउने व्यक्तिहरुका लागि इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने कार्य आजबाट सुरु भएको छ ।भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाउन आजैबाट औपचारिक रुपमा सुरु गरेको हो ।इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले आफैले नक्सा बनाउन सुरु गरेका छौ मेयर पौडेलले भने ।नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ’, मेयर पौडेलले भने, ‘आज साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरूक बनाउन उपमहान

    • प्रकाशित मितिः श्रावण १, २०८०
    • ४९ पटक पढिएको
    • नेपाल रेखा
  • देउसामा हिल ट्याङ्की वितरण

    सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको ८ नम्बर वडा देउसामा हिल ट्याङ्की वितरण गरिएको छ । खानेपानीको समस्या रहेको क्षेत्र देउसाको चोलीमा उक्त ट्याङ्की वितरण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए। अध्यक्ष राईका अनुसार एक लाख ६८ हजार लागतमा १५ वटा हिल ट्याङकी वितरणका साथै मुहान समेत मर्मत गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिका खानेपानी व्यवस्थापन बोर्डको सिफारिसमा उक्त काम गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हरेक नागरिकको घरमा स्वच्छ पिउने पानी पुर्याउने अभियान जारी राखेको जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष असिम राईले नागरिकको सहजताका लागि व

    • प्रकाशित मितिः असार २५, २०८०
    • १,७२६ पटक पढिएको
    • नेपाल रेखा
  • लोहन्द्रा खोलामाथि पक्कि पुल निर्माण

    कुमोद अधिकारी विराटनगर । सुनसरी–मोरङ सिचाई आयोजनाले मोरङको लोहन्द्रा खोलामा पुल निर्माण गरि संचालनमा ल्याएको छ । २०७० साल साउन महिनामा आएको वाढीले क्षतीग्रस्त बनाएको सिचाई आयोजनाको पुल संचालनमा आएको हो । वाढीले भत्काएको नहरको साइपन सहित भ्याट बाहेका ३० करोड ३० लाख रुपैयाँको लागतमा आयोजनाले पुल निर्माण सम्पन्न गरेको हो । पुल निर्माणका लागि २०७६ सालको फागुन महिनामा श्री आशिष आशिर्वाद स्वामी नारायण जेवीसंग ठेक्का सम्झौता भएको थियो ।२०८० साल भदौ मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का समझौतामा उल्लेख भएपनि असारको दोश्रो हप्तामै आरसिसी पुल निर्माणको काम सम्पन्न गर

    • प्रकाशित मितिः असार २३, २०८०
    • ७६ पटक पढिएको
    • नेपाल रेखा
  • रामधुनीमा पर्यटन र पूर्वाधार क्षेत्रमा बिकास गर्ने लक्ष्य रहेको छ–नगर प्रमुख चौधरी

    रामधुनी । सुनसरीको रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरीले नगर क्षेत्रमा पर्यटन, पूर्वाधार र कृषि क्षेत्रमा बिकासको लागि नीति तथा कार्यक्रम रहेको बताएका छन् ।बुधबार रामधुनी नगरपालिकाको आयोजनामा भएको पत्रकार नगर प्रमुख र उपप्रमुखसंग पत्रकार कार्यक्रममा नगर प्रमुख चौधरीले रामधुनीलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्य रहेको बताए। उनले पर्यटन क्षेत्रमा बिकासका लागि रामधुनी मन्दिरको डिपिआर भैसकेको र यसलाई सार्थक बनाउन आफूहरु निरन्तर रुपमा लागि परेको जानकारी दिए । यस कामका लागि ३५ करोड रुपैया भन्दा बढि खर्च हुने बताए । उनले भने–‘यो रकम जुटाउन हामीले सम्बन्धित निकायमा पहल गरिरहे

    • प्रकाशित मितिः असार १४, २०८०
    • १९१ पटक पढिएको
    • नेपाल रेखा
  • प्रचण्ड नेतृत्व सरकारको ६ महिना : सुशासन र समृद्धिको आधार तयार

    रमेश लम्साल  काठमाडौँ । सुशासन, समृद्धि, संविधानको कार्यान्वयन र सामाजिक न्यायलगायतका विषयलाई केन्द्रमा राखेको वर्तमान सरकार गठन भएको छ महिना पूरा भएको छ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गत पुस ११ गते वर्तमान सरकार गठन भएको हो । सरकारले नागरिकमा नयाँ उत्साह जगाउन सफल भएको छ भने सुशासनका सन्दर्भमा खरो रुपमा उत्रिएको छ । प्रधानमन्त्रीका रुपमा प्रचण्डले प्रतिनिधिसभामा झण्डै शतप्रतिशत सांसदको समर्थन प्राप्त गरे । सुरुमा नेकपा (एमाले) लगायतका राजनीतिक दलको समर्थनमा गठन भएको सरकार राजनीतिमा आएको बदलावसँगै नयाँ आधारमा खडा भयो&nb

    • प्रकाशित मितिः असार १३, २०८०
    • ७२ पटक पढिएको
    • नेपाल रेखा
  • आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । बुधबार आयोजित विशेष समारोहका बीच मेयर कोइरालाले भवनको उद्घाटन गरेका हुन् । २०७७ सालदेखि सो वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको थियो । आफ्नै भवन नहुँदा वडा कार्यालयबाट सेवा प्रवाह हुँदै आएको थियो । महानगरको आफ्नै जग्गामा एकतले भवन निर्माण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले सेवा केन्द्रबाट ज्येष्ठ नागरिकसहित गर

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • २५ पटक पढिएको
    • नेपाल रेखा
  • मेयरद्वारा विराट राजाको दरबार क्षेत्रमा निर्माणाधीन संरचनाको अनुगमन

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गरेका छन् । बिहीबार मेयर कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिए । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबार क्षेत्रका लागि महानगरले १ करोड रुपैयाँ छुट्याएको थियो । तर निर्माण कम्पनी देवी छिन्नमस्ता कन्ट्रक्सनले ७० लाख ६५ हजार ६२५ रुपैयाँमा ठेक्का पारेको थियो । अनुगमनका क्रममा मेयर कोइरालाले तोकिएको मितिभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए । महानगरले दक्षिणी

    • प्रकाशित मितिः जेठ १९, २०८०
    • ५३ पटक पढिएको
    • नेपाल रेखा
  • शिक्षा, स्वास्थ्य, कृषि तथा युवा स्वरोजगारलाई प्राथमिकता दिदै वुढिगंगा गाउँपालिका

    विराटनगर । स्थानीय तह निर्वाचन भएर नयाँ जनप्रतिनिधि आएको एक वर्ष पूरा भएको छ । स्थानीय सरकारले जनस्तरमै सेवा प्रवाहको लागि भएका कामहरुको विभिन्न प्रकारले मूल्याङ्कन भइरहका छन् । यस्तै मोरङ्गको बुढीगंगा गाउँपालिकामा एक बर्षमा स्थानीय आवश्यकतालाई हेरेर धेरै काम गरिएको गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगरले बताए।आ.व २०७९÷८० मा गाउँपालिकाको समपुरक अनुदान, शसर्त अनुदान, स्थानीय राजश्व लगाएतबाट आम्दानी हुनेगरि गाउपालिकाले ७ करोड ९० लाख ७३ हजार ४ सय रुपैयाँ बजेट छुटाएर काम गरिरहेको छ ।पालिकाले सबै वडामा गरि यस आ.व.मा उपभोक्ता समितिमार्फत १४० वटा कामहरु सञ्चालन गरेको छ, भने ८ वट

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • १४ पटक पढिएको
    • नेपाल रेखा
  • निर्धारित आयोजनाहरु समयमा सम्पन्न हुनुपर्नेमा मन्त्री चापागाईंको जोड

    कुमोद अधिकारी विराटनगर । कोशी प्रदेश अन्तर्गत भोतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशमा भइरहेको विकास निर्माणको प्रगती एवं त्यसमा देखिएका समस्या विषयमा मंगलबार समीक्षा गरेको छ ।मन्त्रालयले आफनो मातहतमा रहेको भौतिक पूर्वाधार तथा सहरी विकास भवन कार्यालयका प्रमुखहरुसंग मंगलबार विराटनगर स्थित मन्त्रालयमा अन्तरक्रिया गर्दै कामको प्रगतीबारे समीक्षा गरेको हो ।मन्त्रालयल आयोजना भएको कार्यक्रममा चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकको भौतिक एवं आर्थिक प्रगतीको समीक्षा गरिएको थियो । मन्त्रालय अन्तर्गतका प्रदेशमा रहेका सातवटा भौतिक पूर्वाधार कार्यालय तथा सहरी विकास भवन कार्यालयका प्रमुखहरुल

    • प्रकाशित मितिः जेठ २, २०८०
    • २३६ पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा सुत्केरी पोषण कार्यक्रम झुपडीमा पुग्दै

    प्रकाश तिम्सिनाइटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मझौरा घर भएकी मनकुमारी राईलाई अघिपछि आफ्नो मोबाइलमा सेभ गरिएका नम्बरबाट फोन आइरहन्थे । माघ २२ गते भने बिल्कुलै नयाँ नम्बरबाट आएको टेलिफोन मनकुमारीले रिसिभ गरिन् । मनकुमारीले हेलो भनेपछि उत्तैबाट परिचय दिइयो । उनी पकली स्वास्थ्य चौकीकी सिनियर अनमि प्रमिला बञ्जरा थिइन् । परिचय दिइ सकेपछि बञ्जराले मनकुमारीलाई सोधिन, ‘सञ्चो विसञ्चो कस्तो छ ? मनकुमारीले आफ्नो जवाफ फर्काउँदै स्वास्थ्य समस्याबारे दर्शाउन थालिन् । वञ्जारले मनकुमारीको समस्या सुनेपछि केही सुझाव पनि दिइन् अनि गर्भावस्थामा नियमित जचाँउने र अस्पतालमा बच

    • प्रकाशित मितिः जेठ २, २०८०
    • १५ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]