ग्रामथानको वडा नम्बर ५ द्वारा कुर्सी वितरण

  • वैशाख २६, २०८१ / नेपाल रेखा
alt

बाबुराम मुडियारी
मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ५ वडा कार्यालयले सिमेन्टका २० थान कुर्सी वितरण गरेको छ । सिमेन्टका कुर्सी तेतरिया बजार चौक देखि तेतरियाको बाङे चौक सम्ममा फरक–फरक ठाउँमा राखिएको छ । सडकका दुवै छेऊमा स्थानीय र यात्रुहरूलाई सहजताका लागि राखिएको वडा नं ५ का वडा अध्यक्ष भेषनारायण चौधरीले बताए । त्यतै वडाले २ सय ४० थान प्लाष्टिक कुर्सी पनि वितरण गरेको थियो । प्लाष्टिकका कुर्सीहरू सामुदायिक भवन, चर्च, मठमन्दिर, गाउँ घर क्लिनिकलाई वितरण गरिएको वडा अध्यक्ष चौधरीले जानकारी गराएका छन् । वडाले वडा नं ५ का सामुदायिक विद्यालयका मन्टेश्वरी शिक्षिकाहरू र स्थानीय गरी २० जना लाई मन्टेश्वरी तालिम सञ्चालनको तयारी भैइरहेको र केही दिनमै सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ । वडामा ४ वडा सामुदायिक विद्यालय रहेको छ। वडा कार्यालयले विकास निर्माणका कार्यलाई पनि तिव्रता दिएको वडाले जनाएको छ । समग्र वडा विकास निर्माण योजनाका कार्यहरू सञ्चालन गरिरहेको वडाका जनप्रतिनिधिहरू बताउँछन् ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]