धिरेन्द्र कुमार चौधरी
केराबारी-९ मोरङका ५८ बर्षिय भिम प्रसाद ढकाल आठ बर्ष देखि टेम्पो चलाउदै आउनुभएको छ । केहि बर्ष अघि सम्म बिराटचौक देखि बिराटनगर सम्म टेम्पोमा पुग्न डेढ घण्टा लाग्थ्यो । ढकाल भन्नुहुन्छ “साघुरो बाटो त्यहि माथि खाल्डाखुल्डी कम्ता कष्ट थिएन बिराटनगर पुग्न । अहिले त चार लेनको कालोपत्रे सडक सरर्रर बिराटनगर पुग्न ४५ मिनेट पनि लाग्दैन ।”
कोशी प्रदेश सरकारले नमूना गौरवका बहुबर्षेयोजना अन्र्तगत बिराटचौक घिनाघाट सडकको स्तरोन्नती गरि चारलेनको बनाएपछि बिराटचौक र बिराटचौकदेखि पूर्वका बासिन्दालाई बिराटनगर आउजाउ गर्न सहज भएको छ ।
तत्कालिन मुख्यमन्त्री शेरधन राईले २०७६ साल भदौ अन्तिमसाता उदघाटन गर्नुभएको चार लेन सडकको निर्माण कार्य अन्तिम चरणमा छ । यो प्रदेश सरकारको नमूना आयोजना हो ।
पूर्वी मोरग र साबिकको मेची अञ्चलका बासिन्दा बिराटनगर जानुपर्दा इटहरी खनार दुहवी हुदै जानुपथ्र्यो । बिराटनगर घिनाघाट सडक बनेपछि बाटो छोटिएको छ । आउ जाउको जोडदा १५ किलोमिटर बढि बाटो छोटिएको सुकुना बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति बद्रि अर्यालको भनाई छ । जिल्लाको पनि सदरमुकाम,प्रदेशको पनि सदरमुकाम बिराटनगरमै मन्त्रालय र कार्यालयहरु रहेकाले आउजाउ गरिरहनुपर्छ बिराटचौक घिनाघाट सडकले धेरै फाइदा पुगेको छ अर्याल थप्नुहुन्छ बाटो पनि फराकिलो छ सबारीको चाप पनि छैन,छिटो पनि सजिलो पनि भएको छ ।
बिराटचौक निवासी कोशी प्रदेश सरकारका पूर्व उद्योग पर्यटन वन तथा बातावरण राज्यमन्त्री राजकुमार ओझा यो सडकको कोशी प्रदेशमा आर्थिक,सामाजिक,राजनीतिक महत्व रहेको बताउनुहुन्छ । कृषि,यातायात,शिक्षा लगायतका क्षेत्रमा यो मार्गको ऐतिहासिक योगदान रहने उहाँको भनाई छ । ताप्लेजुङ्गपाँचथर,इलाम,झापा,पूर्वी मोरग,धनकुटा र तेहृथुमको पूर्वी भागलगायतका बासिन्दाले छोटो बाटो प्रयोगबाट लाभान्वित भइरहेको उहाँले जानकारी दिनुभयो ।आजकल बिराटनगरबाट पूर्व जाने र बिराटचौक पूर्व बाट बिराटनगर जानेहरु यहि सडक प्रयोग गर्न थालेका छन ।
मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकामा पर्ने बिराटचौक, ग्राम थान गाउपालिका, बुढीगङ्गा गाउपालिका हुदै बिराटनगर महानगरपालिका जोडने चार लेनको कालोपत्रे सडक निर्माण अन्तिम चरणमा पुगेको छ । यस क्षेत्रमा कालोपत्रे बाटो निर्माण भएपछि नेपालको पुर्व पश्चिम जोडने राजमार्ग सुन्दरहरैचा सडक खण्ड र दक्षिणमा बिराटनगर उपमहानगरपालिका लाई कालोपत्रे बाटोले जोडिएको छ ।चारलेनको यो सडक बसोवास क्षेत्रमा ६४ मिटर र खुल्ला क्षेत्रमा ५६ मिटरको छ ।सडकको मध्य भागबाट ३५/३५ फिट कालोपत्रे गरिएको छ । यो सडकको जम्मा लम्वाई २२.१९ किलोमिटर छ । बिराटचौक देखि नेताचौक सम्म एक खण्ड,नेताचौक देखि मिलनचौक अर्को खण्ड र मिलनचौक पुष्पलालचौक सम्म अर्को गरी तीन खण्डमा चार लेन सडक निर्माण गरिएको हो ।
सुन्दरहरैचा १ मा रहेको श्री जनता माबिका शिक्षक हरीकृष्ण खडकाले पहिले यस क्षेत्रमा बर्षा महिनामा आबतजाबत गर्न यातायात समस्या भएपनि अहिले सहज रहेको प्रतिक्रिया दिनुभयो ।
ग्राम थान गाउपालिकाका कार्यवाहक अध्यक्ष गुणाबती देबि थारुले गाँउ क्षेत्रमा पनि चारलेनको कालोपत्रे सडक बन्नु गौरवको बिषय भएको बताउनुभयो । गाँउका बासिन्दालाई आवत जावतमा धेरै सहज भएको उहाँको प्रतिक्रिया छ ।
आयोजनाको लागत
भौतिक पुर्वाधार बिकास मन्त्रालय कोशी प्रदेश बिराटनगरले यस क्षेत्रमा यातायात सुबिधाका लागी चार लेनको बाटो निर्माण गर्न बहुबर्षिय आयोजना लागु गरेको जनाएको छ । यो सडकको कुल लागत १ अर्व ८२ करोड ८५ लाख रहेको छ । तीन प्याकेजमा २२ दशमलव १९ किलोमीटर बाटो कालोपत्र निर्माणका लागि बहुबर्र्षीय आयोजना लागु भएकोमा दोस्रो प्याकेजको आयोजना गत आर्थिक बर्षमा सम्पन्न भइसकेको छ । पहिलो र तेस्रो प्याकेजको आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको पूर्वाधार बिकास कार्यालय मोरङले जनाएको छ ।
गत बर्ष श्रेष्ठ / रमण / एपेक्स जेभीले दोस्रो फेजको बाटो कालोपत्रे निर्माण सम्पन्न गरेको छ । पूर्वाधार बिकास कार्यालय मोरङले सो आयोजना गत बर्ष असार २४ गते सम्पन्न भएको जनाएको छ । दोश्रो फेजको बाटो कालोपत्रे आयोजनामा ६९ करोड १३ हजार ८४३ रुपैया ६४ पैसा भुक्तानी भएको छ ।
पहिलो फेजको बाटो निर्माणको प्याकेज सम्पन्न गर्न श्रेष्ठ / रमण / एपेक्स जे . भि. काठमाडौले भ्याट र पिएस समेत गरी ६८ करोड ६६ लाख ४९ हजार ६७० रुपैयामा २०७६ असार २९ गते ठेक्का सम्झौता गरेको हो । पूर्वाधार विकास कार्यालय मोरङबाट प्राप्त सुचनामा उक्त आयोजनाको भ्यारिएशन सहित रकम ७५ करोड ४९ लाख ६२ हजार २ सय रुपैंयामा निर्माण व्यवासयी संघ उक्त बाटो निर्माणका लागि सम्झौता भएको हो ।
दुइ बर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । दुइ बर्षमा नसकिएपछि आयोजनाको म्याद थप गरी ठेक्का २०८१ साल पुष २१ गते सम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थपियो । अहिलेसम्म ६३ करोड ३५ लाख ९० हजार ८२० रुपैया भुक्तानी भएको कार्यालयले जनाइएको छ ।कार्यालय बाट प्राप्त सूचनामा १० किलोमिटर लम्बाई बाटोमा कालोपत्र निर्माण रहेकोमा अहिलेसम्म भौतिक तर्फ ८८ प्रतिशत र बितियतर्फ ८५ प्रतिशत प्रगति भएको जनाएको छ ।
यसै गरी तेस्रो प्याकेजको कालोपत्र बाटो निर्माणका कार्य भइरहेको छ ।पूर्वाधार बिकास कार्यालय मोरङका अनुसार लामा बानिजा जे . भि. ले बाटो निर्माणका लागि २०७७ साल असार १८ गते ३८ करोड ३५ लाख ६६ हजार रुपैया ८० पैसामा ठेक्का सम्झौता गरेको हो । २ दशमलव १९ किलोमिटर लम्बाइ कालोपत्र निर्माण रहेको छ । पूर्वाधार तर्फ ८९ प्रतिशत र बितियतर्फ ८० प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ । अहिलेसम्म ३५ करोड ८६ लाख ४ हजार २३० रुपैया भुक्तानी भएको कार्यालयले जनाएको छ ।
यस आयोजनाका निर्माण ब्यबसायीका इन्जिनियर इन्द्र बमजनका अनुसार सात वटा कल्भर्ट निर्माण गरीएको छ, एउटा पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने बाकी रहेको र कालोपत्रे बाटो निर्माणाधीन अबस्थामा रहेको छ ।
समयमा साइड क्लियरेन्स नभएको , क्रसर उधोग बन्द हुदा म्याद थप गराउनुपरेको बम्जनले जानकारी दिनुभयो । उहाँले ८७ प्रतिशत काम पूरा भएको र थप गरीएको म्याद भित्र काम सम्पन्न हुने बताउनुभयो ।
छ वटा बहुबर्षे सडक निर्माण सम्पन्न
भौतिक पुर्वाधार बिकास मन्त्रालय कोशी प्रदेश बिराटनगरका प्रादेशिक सडक पुर्वाधार शाखाका इन्जिनियर तथा सूचना अधिकारी अयुष जोशिले उपलब्ध गराएको तथ्यांकअनुसार आ. ब. २०८०/०८१ को तेस्रो चौमासिक सम्ममा बहुबर्षीय सडक निर्माण तर्फ ६ वटा आयोजना सम्पन्न भएको छ ।
एक सय २२ दशमलव ८८ कि . मि. लम्बाइ बाटोमा कालोपत्र निर्माण गरीएको छ । पुर्वाधार शाखाको तथ्यांकमा गत आ. ब. २०२०८९/०८० मा १३ वटा बहुबर्षीयसडक निर्माण तथा एक सय ७५ दशमलव २३ कि. मि. लम्बाइ निर्माण भएको छ । यसैगरी शाखाकै तथ्यांकमा २०७८/०८९ तीन वटा बहुबर्षीयसडक निर्माणका योजना शुरु भएकोमा हाल सम्म २२ वटा योजना अर्थात दुइ सय ९८ दशमलव ११ किलोमिटर . बाटो निर्माण कार्य सम्पन्न भएको जनाइएको छ ।
पूर्वाधार बिकास कार्यालय बिराटनगरका प्राबिधिक र निर्माण व्यावसायिको प्रतिनिधि दुबै पक्षको रोहबरमा निर्माण सामग्रीको ल्याब टेष्ट हुने प्राबधान रहेको छ ।
कोशी गा“उपालिकामा नेपालकै नमूना रिफ्रेसमेन्ट सेन्टर
कोशी प्रदेश सरकारले सुनसरीको कोशी गाँउ पालिकामा कोशी रिफ्रेसमेन्ट सेण्टर निर्माण गरिरहेको छ । भौतिक पुर्वाधार बिकास मन्त्रालयले कोशी गाउपालिका वडा न. ४ र ५ सुनसरीमा कोशी रिफ्रेसमेन्ट परीयोजनाको पहिलो चरणको काम भइरहेको जनाएकोछ ।
परियोजना स्थल पूर्व पश्चिम राजमार्ग तथा कोशी नदी नजिकै पर्दछ । यो आयोजना नेपालमै नयाँ रहेको दाबी गरिएको छ । त्यहाँ गाडी पार्किङ ,मान्छे बस्ने घुम्ने, प्राकृतिक सौन्दर्य अबलोकन गर्न आन्तरिक र बाहय पर्यटक आउने वातावरण सृजना गर्ने बताइएको छ । सार्वजनिक शौचालय , पेट्रोल पम्प, थकाली रेष्टुरेन्ट को निर्माण कार्य भैरहेको छ ।
परीयोजना अन्तर्गत चिल्ड्रेन पार्क, स्विमिङ पुल, भ्यु टावर निर्माण हुने बताइएको छ । भौतिक पुर्वाधार बिकास मन्त्रालय भबन महाशाखाका प्रमुख इन्जिनियर रजनिश झाका अनुसार आगामी आर्थिक बर्षमा निर्माण सम्पन्न गर्र्ने सरकारको नीति तथा कार्यक्रम छ । २४घण्टै चल्ने पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने यात्रु,सवारी चालकले केहि समय रिफ्रेस हुनका लागि सो स्थानलाई प्रयोग गर्न सक्ने छन । साथै कोशी किनारमा पसेर पर्यापर्यावरणको मनोरञ्जन लिनका लागि नेपाल र भारतका बिभिन्न ठाँउहरुवाट उल्लेख्य पर्यटक आउने अपेक्षा गरिएको छ ।
शहरी बिकास तथा भबन कार्यालय कोशी प्रदेश बिराटनगरले आयोजना कार्यावन्यन गरिरहेको छ । आयोजना निर्माणका लागिश्री कबिन्द्र नब सिर्जनशील जे. भि. ले ३० करोड ४३ लाख ८२ हजार ६४३ रुपैया ७८ पैसामा ठेक्का लिएको शहरी बिकास तथा भबन निर्माण कार्यालयले जनाएको छ । हाल सम्म १७ करोड ९२ लाख ९५ हजार रुपैया मात्र खर्च भएको जनाइएको छ ।
योजनाको निर्माण कार्य सम्पन्न गर्नका लागि म्याद थप गरी २०८१ साल चैत्र २४ गतेसम्म रहेको जनाइएको छ ।शहरी बिकास तथा भबन निर्माण कार्यालयका कोशी रिफ्रेसमेण्टका साइड इन्जिनियर दिनेश माझिले बाटो सहितको जग्गा २५ बिगाहा साढे सात कठा जग्गा रहेकोमा २२ बिगाहा १२ कठा १२ धुर जग्गामा परीयोजनाको काम भैरहेको बताउनुभयो । इन्जिनियर माझिले पहिलो चरणको निर्माण कार्य धेरबेरा , कार्यालय भबन, प्रहरी चौकी, स्वास्थ्य चौकी भबन निर्माण भैसकेको बताउनुभयो ।
निर्माणमा ढिलाई
शहरी बिकास तथा भबन कार्यालय बिराटनगरका निमित्त प्रमुख सुरेन्द्र कुमार संवोले जग्गा प्राप्ती र मुआब्जा बितरणमा ढिलो हुदा निर्माण ब्यबसायिले म्याद थपको माग गर्ने गरेको बताउनुभयो । कोशी रिफ्रेसमेण्टका निर्माण ब्यबसायी बिजय खेरवारले समयमा साइड क्लियरेन्स नहुदा निर्माण कार्यमा बाधा अबरोध भएको बताउनुभयो । उहाँले समयमा काम गर्न नपाउदा निर्माण सामग्रीको मूल्य बढेर मारमा परेको बताउनुभयो ।
स्थानीय उत्साहित
कोशी गाँउपालिका निवासी कोशी प्रदेश सरकारका पूर्वमन्त्री जगदिश कुशियत यो परियोजना नेपालमै नयाँ र प्रदेश सरकारको गौरवको परियोजना भएको बताउनुहुन्छ । राजमार्गमा लामो यात्रामा रहेका यात्री,चालक र पर्यटकहरुका लागि रिफ्रेसमेण्ट सेन्टर अत्यन्तै महत्वपूणर् हुने उहाँको भनाई छ । कोशी आधारभुत बिधालय कोशी गापा वडा न. ८ का प्रधानाध्यापक उपेन्द्र मण्डलले बिकास, रोजगार, मनोरञ्जन तथा सुरक्षाको दृष्टिकोणले महत्वपूणर् आयोजना रहेको बताउनुभयो ।
कोशी गाउपालिकाका अध्यक्ष अयुव अंसारीले रिफ्रेसमेण्ट सेन्टर निर्माण भएपछी यस क्षेत्रमा ब्यापार, ब्यबसाय बढ्ने, प्राकृतिक सम्पतीको संरक्षण हुने र बिकासमा मदत पुग्ने जानकारी दिनुभयो ।
प्रदेश सरकार द्धारा भौतिक निर्माणको अवस्था यस्तो छ
कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ्गल्हामु गाउपालिका. र संखुवासभाको भोटखोला गाँउपालिका बाहेक सबै स्थानीय तहको केन्द्रसम्म सडक पहुँच पुगेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर रानामगरले बताउनुभयो । उहाँले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गर्नुभएको बजेटमा प्रदेश सरकारले आर्थिक वर्ष २०७५/ ७६ देखि निर्माण सुरु गरेका ७८ वटा बहुवर्षीय प्रादेशिक सडकमध्ये २२ वटा सम्पन्न भएको जनाइएको छ ।
निर्माण सम्पन्न बहुवर्षीय सडकको २सय ९८ किलो मिटर सहित जम्मा पाँच सय २८ किलो मिटर सडक कालोपत्रे भएको छ । १ हजार दुई सय छ१२सय ५७ किलो मिटर ग्राभेल,११सय ०२ किलोमिटर कच्ची सडक र मर्मत तथा ट्रयाक ओपन सहित जम्मा ४ हजार ३ सय ७७ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिएको छ। यस अवधिमा ८० वटा मोटरेवल पुल र १सय८४ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको मन्त्री रानामागरले जनाउनुभयो ।