बिकास

    Showing 1-10 of 83 items.
  • भोजपुर विकासका लागि गुरुयोजना बनाइने – सांसद परशुराम तामाङ

    इटहरी । प्रतिनिधिसभाका सांसद परशुराम तामाङले भोजपुर जिल्लाको समग्र विकासका लागि दीर्घकालीन गुरुयोजना तयार गरिने बताएका छन् । प्रतिनिधिसभामा निर्वाचित भएपछि शुक्रबार सुनसरीको इटहरीमा आयोजित पार्टीका अगुवा नेता तथा कार्यकर्तासँगको संक्षिप्त भेटघाटमा उनले यस्तो जानकारी दिएका हुन् ।तामाङले भोजपुरमा जन्मिएर प्रतिनिधिसभामा पुगेका ६ जना सांसदसँग समन्वय गरी जिल्लाको समग्र विकासका लागि साझा खाका तयार पारिने बताए । साथै, भोजपुरबाट काठमाडौं पुगेर विभिन्न पेशा तथा व्यवसायमा संलग्न प्रबुद्ध व्यक्तित्वहरूसँग समेत सहकार्य गर्दै विकासको गुरुयोजना निर्माण गरिने उनको भनाइ छ ।भेटघाटका क्रममा पार्टीका नेताहरू परश

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 304 पटक पढिएको
    • नेपाल रेखा
  • रानीवासमा महिला सामुदायिक भवन निर्माण

    भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज भएको छ । विशेषगरी महिलाका लागि लक्षित गरी निर्माण गरिएको उक्त भवनले गाउँस्तरमा हुने नियमित भेला, छलफल तथा कार्यक्रमलाई व्यवस्थित बनाएको छ ।रानीवासका महिलाले हरेक महिना टोल तथा महिला समूहको बैठक सञ्चालन गर्दै आएका छन् । उपयुक्त स्थानको अभावका कारण कहिले खुला स्थानमा त कहिले निजी घरमा भेला बस्नुपर्ने बाध्यता रहेको अहिले सहजता भएको स्थानीयसी रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । यहाँ भवन निर्माण गर्नका लागि करिब

    • प्रकाशित मितिः चैत १६, २०८२
    • 199 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाली सेनाद्वारा खुर्कोटको बेलीब्रिज मर्मत सुरु

    रामेछाप । नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलीब्रिज मर्मत सुरु गरेको छ । गत कात्तिकमा निर्माण गरिएको बेलीब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो । महोत्तरीको बर्दिवासस्थित सेनाको प्राविधिक टोलीले बिहीबारदेखि बेलीब्रिज मर्मत थालेका हुन् । गत असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको रामेछापतर्फका ५० मिटरको स्पान (आधा पुल) बगाएको थियो । पुल बगाएपछि सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनाको सक्रियतामा उक्त बेलीब्रिज जडान गरिएको थियो । यातायातका साधनको चाप बढेसँगै बेलीब्रिज हल्लिन थाल

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 296 पटक पढिएको
    • नेपाल रेखा
  • सडक पूर्वाधारमा सङ्घीयताको अभ्यास, पुल सडक प्रदेशलाई हस्तान्तरण गरिँदै

    काठमाडौँ । सडक तथा पुलजस्ता यातायातका पूर्वाधार क्षेत्रमा सङ्घीयताको अभ्यास अघि बढाइएको छ । सङ्घीय सरकारले प्रदेश सरकारलाई विभिन्न सडक तथा पुलहरुको हस्तान्तरण गर्ने प्रक्रिया सुरु गरेको हो ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले राष्ट्रिय राजमार्गबाहेकका सडक तथा त्यसका पूर्वाधार क्रमशः प्रदेश तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।संविधानले दिएका अधिकारहरुको कार्यान्वयन गर्दै सङ्घीयतालाई बलियो पार्न यो अभ्यासको सुरुआत गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बता

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 327 पटक पढिएको
    • नेपाल रेखा
  • भोजपुर खोक्सिकमा केन्द्रीय विद्युत्को पहुँच

    भोजपुर । जिल्लाका दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका ९५ प्रतिशत नागरिक विद्युत्््को पहुँचमा जोडिएका छन् । भौगोलिक रूपमा विकट मानिने यो स्थानमा वडाको सक्रियतामा ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत्् विस्तार भएको हो । विद्युत्् विस्तारको शुन्य अवस्थाबाट काम सुरु गरेर ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत्् जडान गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो । बाँकी रहेका घरमा पनि चाडै विद्युत््् विस्तार गरेर यो आर्थिक वर्षमा उज्यालो वडा घोषणा लक्ष्य रहेको वडाध्यक्ष राईले बताउनुभयो । “यहाँको ९५ प्रतिशत नागरिकको घरमा केन्द्रीय विद्युत्् जडान गर्

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 436 पटक पढिएको
    • नेपाल रेखा
  • वाईसीएलद्वारा श्रमदान – सडक मर्मतदेखि बाँध निर्माणसम्म

    इटहरी । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले साउन १ गतेदेखि देशव्यापी रूपमा सुरु गरेको ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियानले प्रदेश १ मा तीव्रता पाएको छ । ‘क्रान्तिकारी कम्युनिस्ट युवाहरू राष्ट्र निर्माणका अगुवा शक्ति हुन्’ भन्ने नारालाई आत्मसात् गर्दै वाईसीएलले प्रदेशका विभिन्न जिल्लामा वृक्षारोपण, सरसफाइ, सडक मर्मत र बाँध निर्माणजस्ता सामाजिक कार्यहरूलाई अघि बढाएको छ । अभियानको मुख्य उद्देश्य युवाहरूमा श्रम संस्कृतिको विकास गर्ने र उनीहरूलाई उत्पादनसँग जोडेर राष्ट्र निर्माणमा सहभागी गराउनु रहेको छ ।अभियान अन्तर्गत वाइसीएल नेपाल

    • प्रकाशित मितिः साउन १२, २०८२
    • 390 पटक पढिएको
    • नेपाल रेखा
  • सैतीस वर्षपछि पक्की नहर निर्माण

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ । विसं २०४५ मा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको १५० घरधुरी किसानको करिब ३०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो । नहरमा पानी चलाएपछि लुरवाङ्को फाँटमा धान रोपाइका लागि यसपाली आकाशे पानी कुर्न नपरेको स्थानीय किसान वुद्धि जुग्जालीले बताउनुभयो । कच्चि नहरमा पानी सोसिने र भिरमा पाइप राख्दा डढे

    • प्रकाशित मितिः असार २१, २०८२
    • 311 पटक पढिएको
    • नेपाल रेखा
  • थोरै बजेटमै आशलाग्दो उपलब्धि

    राजन केडी इटहरी । कोशी प्रदेश सरकारले सुनसरीको धरान, इटहरी, बराहक्षेत्र र रामधुनीका विभिन्न वडाका सडकलाई कालोपत्रे गरी राष्ट्रिय राजमार्गसँग जोडेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ मा १० लाखदेखि ६० लाख बजेट विनियोजनमार्फत वडाका सडकलाई राष्ट्रिय राजमार्गसँग जोडेको हो ।घरअगाडिको बाटो करोडभन्दा मुनिको बजेटमै मुख्य राजमार्गसँग जोडिएपछि स्थानीयवासीको यात्रा निकै सहज भएको छ । इटहरी–२ का लक्ष्मी भट्टराई घरअगाडिको बाटो कालोपत्रे भएपछि कता हो कता आनन्दको दिन फर्किएको बताउँछन् । उनलाई अब न उपमहानगरपालिका कार्यालय पुग्न गाह्रो छ, न त टोलभित्र नै यताउता जान–आउन सकस पर्छ । उनक

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 506 पटक पढिएको
    • नेपाल रेखा
  • जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गरिने

    खोटाङ । कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । विसं २०४९ वैशाख १ गते स्थापना भएर १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न गत वैशाख १ गते स्वास्थ्यमन्त्री भूपेन्द्र राईले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नुभएको थियो । पचास शय्यामा स्तरोन्नति गर्नेगरी निर्माण सुरु गरिएको अस्पताल भवनको काम अन्तिम चरणमा पुगेपछि स्तरोन्नतिका लागि मन्त्रीस्तरीय बैठकबाट प

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 351 पटक पढिएको
    • नेपाल रेखा
  • एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन

    झापा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ ।एशियाली विकास बैंकको सहयोगमा १० अर्बको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ । निर्माण सम्बन्धी ठेक्का लिएको निर्माण कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न आज पत्राचारमार्फत निर्देशन दिइएको कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले बताउनुभयो । मनसुनी वर्षा सुरु भएपछि सडक निर्माणका क्रममा बनाइएका डाइभर्सन बाढीले बगाएर यातायात समेत अवरुद्ध हुनसक्ने जोखिम बढेकाले डाइभर्सनको काम छिटोभन्दा छिटो

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • 306 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]