सैतीस वर्षपछि पक्की नहर निर्माण

  • असार २१, २०८२ / नेपाल रेखा
alt

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ ।
विसं २०४५ मा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको १५० घरधुरी किसानको करिब ३०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिले जनाएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो ।
नहरमा पानी चलाएपछि लुरवाङ्को फाँटमा धान रोपाइका लागि यसपाली आकाशे पानी कुर्न नपरेको स्थानीय किसान वुद्धि जुग्जालीले बताउनुभयो । कच्चि नहरमा पानी सोसिने र भिरमा पाइप राख्दा डढेलोले नष्ट गर्ने समस्या थियो ।
उपभोक्ता समितिका अध्यक्ष झकबिर जुग्जालीले पक्की नहर निर्माण भएपछि बेल्फिको मुहानबाट लुुरवाङको फाँटमा सिँचाइका लागि पानी ल्याउन हरेक वर्ष पाइप फेर्नुपर्ने झञ्जटबाट मुक्ति मिलेको बताउनुभयो ।
“यसपाली पक्की नहर निर्माण भएपछि हरेक वर्ष पाइप फेर्नुपर्ने समस्या हटेको छ,” उहाँले भन्नुभयो “पाइप परिवर्तन गर्दा हुने खर्च पनि बचत भएको छ ।” चालु आर्थिक वर्षमा २० लाख बजेट बिनियोजन भएको योजनामार्फत गलघण्टीको भिर र लुरवाङमा ३०० मिटर पक्की नहर निर्माण भएको छ ।
एक सय ७० मिटर १२५ मिलिलिटर क्षमताको पाइपलाइन जडान गरिएको उपभोक्ता समितिका सचिव टुकमान जुग्जालीले बताउनुभयो । गलघण्टीको जोखिमयुुक्त अक्करे भिरमा सावधानी अपनाएर करिब १०० पक्की नहर निर्माण गरिएको उहाँले बताउनुभयो । गत वर्ष बिनियोजन भएको १० लाख बजेटबाट बेल्फिमा इन्टेक, बाँध र करिब २०० मिटर पाइपलाइन जडान भएको थियो ।
आगामी वर्षका लागि बिनियोजन भएको १० लाख बजेटबाट लुरवाङमा एक वटा ‘क्रसिङ’ र थप नहर बनाएर आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लुरवाङमा धानलगायत खाद्यबालीका साथै सुुन्तला र व्यवसायिक तरकारी खेती गर्न सहज भएको छ । बिम गाउँको फेदीमा रहेको लुरवाङलाई स्थानीयबासीले अन्नको भण्डार मान्ने गर्छन् ।

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]