समाचार

    Showing ८१-९० of ४५७ items.
  • खोला–पैनीको जग्गा हडप्नेलाई ३५ दिन भित्र जग्गा छोड्न इटहरी उपमहानगरपालिकाको उर्दी

    इटहरी । इटहरी उपमहानगरपालिकाले खोला–पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन उर्दी जारी गरेको छ । अतिक्रमित क्षेत्र खाली नगरे डोजर चलाउने उर्दी जारी गरेको हो ।सुरुमा इटहरी स्थित टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न मेयर हेमकर्ण पौडेलले ३५ दिने सूचना सार्वजनिक गरेका छन् । कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको भनाई छ ।टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६–६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवै तर्फ ६–६ मिटर नछोडी बने

    • प्रकाशित मितिः असार ३१, २०८०
    • ५२ पटक पढिएको
    • नेपाल रेखा
  • विपन्न परिवारलाई जस्ताको छानो

    भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न एक सय छ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाएको हो । गाउँपालिकाले गत र यो आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेर जस्तापाताको छानो फेरिदिएको छ । गाउँपालिकाले आफ्नै बजेटमा विपन्न आवास निर्माण कार्यक्रम लागू गरेर गत आर्थिक वर्षमा ४० र यो आर्थिक वर्षमा ६६ गरी एक सय छ परिवारलाई जस्तापाताको छानो वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । प्रतिपरिवार परिवारलाई ७५ हजार बराबरको सहयोग गरिएको प्रशासकीय अधिकृत निरौलाको भनाइ

    • प्रकाशित मितिः असार ३०, २०८०
    • ४७ पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा छात्रवृत्ति विवरण नबुझाउनेलाई एक लाखसम्म जरिवाना तिराइने

    इटहरी । इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ ।शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको छ । जसमा दसवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको हो । शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको हो ।जसमा छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालयमध्ये वडा नं. ४ मा सञ्चालित जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, वडा नं. १३ मा सञ्चालित पिस एण्ड हर्ट इङ्लिस बोर्डिङ् स

    • प्रकाशित मितिः असार ३०, २०८०
    • ५५ पटक पढिएको
    • नेपाल रेखा
  • बाढी पहिरोपीडितलाई सोलार बत्ती वितरण

    ताप्लेजुङ । बाढी पहिरोकाकारण विद्युतविहीन बन्न पुगेका ताप्लेजुङ्गको मौवाखोला क्षेत्रका स्थानीयलाई क्युक रेसक्यु टिम नेपाल र इसाई समाज कोशी प्रदेशले प्रोटेवल सोलार बत्ती उपलव्ध गराइएको छ ।क्युक रेसक्यु टिम नेपाल र इसाई समाज कोशी प्रदेशले ताप्लेजुङ्गको मौवाखोला गाउँपालिका वडा नम्बर ४ ओदाक गाउँका ६५ परिवारलाई प्रोटेवल सोलार बत्ती उपलव्ध गराएको हो ।बाढी पहिरोका कारण विद्युत सेवाबाट बञ्चिल बन्न पुगेकाहरुलाई बोकेर सहज रुपमा हिड्न मिल्ने, मोवायल चार्ज समेत गर्न मिल्ने प्रोटेवल सोलार बत्ती इटहरीबाट आएर आफुहरुले उपलव्ध गराएको क्युक रेसक्यु टिम नेपालका अध्यक्ष बिक्रम एक्तेनले जानकारी दिए ।सोलार बत्ती वि

    • प्रकाशित मितिः असार ३०, २०८०
    • ३२ पटक पढिएको
    • नेपाल रेखा
  • प्रधानमन्त्रीपत्नी सिता दाहालको निधन

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्रा. डा. युवराज शर्माले जानकारी दिनुभयो ।दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो ।

    • प्रकाशित मितिः असार २७, २०८०
    • ६९ पटक पढिएको
    • नेपाल रेखा
  • पांचथरका बाढी पहिरोपीडितलाई खाद्यन्न सहयोग

    पाँचथर । बाढी पहिरोका कारण पिडित बनेका पाँचथरको याङवरकका ६७ परिवारलाई क्युक रेष्क्यु टिमले खाद्यान्न सहयोग गरेको छ ।बाढी पहिरो पिडित याङवरक गाउँपालिका वडा नम्बर १ र २ का ६७ परिवारलाई इसाई समाज कोशी प्रदेशको सहकार्यमा खाद्यान्न उपलव्ध गराइएको बताइएको हो । क्युक रेष्क्यु टिमका अध्यक्ष विक्रम एक्तेनले याङवरकका ६७ परिवार र संखुवासभाका विभिन्न जोखिमपुर्ण स्थानमा वस्दै आएका १६ घर परिवारलाई अस्थायी रुपमा सुरक्षीत स्थानमा वसोवासको व्यवस्था मिलाएर खाद्यान्न सामाग्री २५ केजी चामल, तेल, सावुन, टिसर्ट लगायतका सामाग्रीहरु वितरण गरिएको समेत अध्यक्ष एक्तेनले बताए ।यस अघि पनि क्युक रेष्क्यु टिम

    • प्रकाशित मितिः असार २४, २०८०
    • ४३ पटक पढिएको
    • नेपाल रेखा
  • हसन्दहमा धान दिवश मनाईयो

    मोरंग/नेपालरेखा । कृषिकर्मलाई प्रोत्साहन गर्दै पथरी शनिश्चरे नगरपालिकाले आफ्नो नगरको ५ नं. वडा हसन्दहमा असार १५ गतेको अवसरमा धान दिवश मनाएको छ । जलवायु अनुकुलित कृषक मैत्री प्रबिधी, धान उत्पादनमा बृद्धि भन्ने नाराका साथ पथरीशनिश्चरे नगरले हसन्दहमा २०औं राष्ट्रिय धान दिवश-२०८० मनाएको हो । धान दिवश स्थानिय कृष्णबहादुर थापाको खेतमा जनप्रतिनिधी, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायत स्थानीय वडा वासीको सहभागितामा सवैले धान रोपेर मनाईएको थियो । धान दिवशमा पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन प्रसाद तुम्वापो, उपमेयर देवीमाया काफ्ले, नगरका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मी खरेल, पुर्व उपमेयर यमुना बिष

    • प्रकाशित मितिः असार १५, २०८०
    • २२५ पटक पढिएको
    • नेपाल रेखा
  • स्थानीय भू–उपयोग क्षेत्रले कृषि र उद्योगमा पार्ने प्रभावबारे संवाद

    कुमोद अधिकारी विराटनगर । कोशी प्रदेशको औद्योगिक क्षेत्रका स्थानीय तहहरुले तयार पारेको भू–उपयोग क्षेत्र निर्धारणले कृषि र उद्योग क्षेत्रको प्रवद्र्धनका लागि पार्ने प्रभावबारे विराटनगरमा सार्वजनिक नीति सम्वाद आयोजना गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भएको नीति सम्वादमा औद्योगिक क्षेत्रभित्र पर्ने मोरङ र सुनसरीका स्थानीय तहहरुले तयार पारेको भू–उपयोग क्षेत्रमाथि छलफल भएको हो । स्थानीय तहका प्रतिनिधिहरुले आफ्नो तहमा लागू गरिएको भू–उपयोग क्षेत्रबारे जानकारी गराएपछि भएको छलफलमा सरोकारवालाहरुले उद्योगको प्रवद्र्धन र कृषि क्षेत्रलाई संरक्षण गर्नेतर्फ छलफल के

    • प्रकाशित मितिः असार ६, २०८०
    • ५१ पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगरले गरेका १२ महिनाका १२ काम

    इटहरी । इटहरी उपमहानगरपालिकाले बाह्र महिनामा भएका बाह्र कामको सुची सार्वजनिक गरेको छ । जनप्रतिनिधिको कार्यकाल एक वर्ष पुरा हुँदै गर्दा भएका कामको विवरण सार्वजनिक गरिएको हो ।उपलब्धिको पहिलो बुँदामा राजमार्ग विस्तारमा अवरोध भएका संरचना हटाइएको उल्लेख छ । विराटनगर लाइनमा रहेका घर तथा संरचना भत्काएर ६ लेन सडक विस्तारमा सहयोग पु¥याएको बताइएको छ ।त्यस्तै डिजिटल प्रणालीमार्फत घर नक्सा पास सुरु गरेको र उपमहानगरले नै घर नक्सा बनाउने काम सुरुवात गरेको छ । विपन्न परिवारको घर निर्माणको नक्सा निःशुल्क बनाइदिने पनि उपलब्धिमा समावेश गरिएको छ ।पहिलो पटक विद्यालय सुधारमा

    • प्रकाशित मितिः असार ५, २०८०
    • ५८ पटक पढिएको
    • नेपाल रेखा
  • यौनिक तथा लैंगिक अल्पसंख्यकलाई भेदभाव गर्न हुन्न

    इटहरी । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको बिषय सबैको साझा मुद्दा भएको कोसी प्रदेशसभा सदस्य सपना परियारले बताएकी छन् । साहारा समाज इटहरीको आयोजना तथा मितीनी नेपालको सहयोगमा इटहरीमा भएको प्राइड मन्थ कार्यक्रममा प्रदेशसभा सदस्य परियारले सो कुरा बताएकी हुन् ।सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक नभएर प्राकृतिक प्रक्रिया हो भनि ठहर गरिसकेको उनको भनाई थियो । उनले भनिन्–‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई राज्य र समाजले भेदभाव गर्न हुन्न ।’ उनले यो समुदायलाई राज्यको मूलधारमा ल्याउने गरी कानुन निर्माणमा भूमिका निर्वाह ग

    • प्रकाशित मितिः असार ५, २०८०
    • ५३८ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]