प्रचण्डविरुद्ध झुठा प्रचार गरेको भन्दै पूर्व एआईजी देवेन्द्र सुवेदीमाथि साइबर ब्यूरोमा उजुरी

  • असोज २७, २०८२ / नेपाल रेखा
alt

काठमाडौं । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीमाथि नेकपा (माओवादी केन्द्र)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालयले साइबर अपराधमा संलग्न भएको आरोपमा उजुरी दर्ता गरेको छ ।
सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलन क्रममा निवासमा आगजनी हुनुअघि प्रचण्डले निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगेको भनी गरिएको दाबी ‘पूर्णतः झुठो र चरित्रहत्या गर्ने प्रयास’ भएको भन्दै प्रचण्डको सचिवालयले साइबर ब्यूरोमा कानुनी कारबाहीको माग गरेको हो ।
सुवेदीविरुद्ध दर्ता गरिएको उजुरीमा डिजिटल माध्यममार्फत गरिएको गलत प्रचार–प्रसार सूचना प्रविधि ऐन २०६३ को दफा ४७ र सम्बन्धित साइबर अपराधका प्रावधानहरू उल्लङ्घन गरिएको उल्लेख छ ।
कानुनविद्हरूका अनुसार, आरोप प्रमाणित भए सुवेदीलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुन सक्छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]