समाचार

    Showing 601-610 of 650 items.
  • जेष्ठ नागरिकहरुको आँखा जाँच गरियो

    धनकुटा । नेपाल नेत्रज्योति संघ धनकुटा, डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाले यहाँको मुलघाटमा रहेको विश्रान्ति वृद्धाश्रमका जेष्ठ नागरिकहरूको आँखा जाँच गरेको छ । वृद्धवृद्धाको आँखा सम्बन्धी उपचारका लागि निःशुल्क उपचार शिविर संचालनमा ल्याइएको हो । शिविरमा वृद्धाश्रमका ४६ जना वृद्धवृद्धाको आँखा जाँच गरिएको हो । शिविरमा निःशुल्क औषधि वितरण गरिएको र आँखा कमजोर भएका वृद्धवृद्धालाई निःशुल्क चस्मा वितरण गरिने नेत्रज्योति संघ धनकुटाका अध्यक्ष रोषेश श्रेष्ठले जानकारी दिए । उक्त निःशुल्क आँखा शिविरबाट ६५–९९ बर्ष सम्मका जेष्ठ नागरिकहरुले सेवा लिएका थिए । उक्त शिविरमा डाक्टर रामप्रसाद पोख्रे

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 297 पटक पढिएको
    • "नेपाल रेखा"
  • कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधि

    स्याङ्जा । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका बिरामीको उपचारमा आयुर्वेदिक औषधिको प्रयोग गरिएको छ । कोरोना सङ्क्रमणले महामारीको रूप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौँबाट तयार पारिएको प्रोटोकलअनुसार तयार पारिएको औषधि प्रयोगमा ल्याइएको हो । जिल्ला अस्पतालसँग समन्वय गरेर आफूहरूले काम गरिरहेको जिल्ला आयुर्वेदिक अस्पताल लागिपरेको अस्पतालकी प्रमुख चिकित्सक सुभद्रा कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय जङ्गलमा गएर गुर्जोलगायतका जडीबुटी खोजेर ल्याएर सङ्क्रमित ब

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 223 पटक पढिएको
    • "नेपाल रेखा"
  • भोजपुरमा फौजी किराको प्रकोप

    भोजपुर । फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो । गोडिसकेको मकैको किराले हरियो गुबो खाएर सखाप बनाएको टेम्केमैयुङ गाउँपालिका वडा नं ७ का किसान विजयकुमार राईले बताउनुभयो । राईले भन्नुभयो, “हाम्रो क्षेत्रमा फौजी किराले मकैबाली नष्ट बनाएको छ, यसरी नै किराको प्रकोप बढ्दै जाने हो भने आगामी वर्षलाई बीउको समेत समस्या हुने छ ।” सोही गाउँपालिकाका वडाध्यक्ष सूर्य नेपालका अनु

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 281 पटक पढिएको
    • "नेपाल रेखा"
  • युवा नेता मुकेशद्वारा सडक निर्माण कार्यको थालनी

    धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता मुक्सामहाङ्ग मेन्याङ्वो (मुकेश) ले धरान १५ स्थित बाँजोगरा सामुदायिक वनको भवनदेखि साकेला थानसम्मको सडक निर्माण कार्यको शिलान्यास गरेका छन् । करिब ३१ लाख लागतमा निर्माण हुने उक्त सडकको लागि नेता मुकेशलेको पहलमा प्रदेश सरकारले स्थानीय तहलाई दिने शर्सत अनुदानबाट २५ लाख बिनियोजन भएको थियोे । शनिवार बिहान बाँजोगरा सामुदायिक वन उपभोक्ता समिति र निर्माण समितिले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा धरान–१५ का वडा अध्यक्ष नरेशकुमार ईङवारम, वन समितिका अध्यक्ष राजन मोक्तान, पञ्चकन्या वन कार्यालयका प्रतिनिधि लगायतको उपस्थित थियो ।  

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 467 पटक पढिएको
    • "नेपाल रेखा"
  • संघीय सरकारले ल्यायो रोजगार केन्द्रित बजेट

    इटहरी । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ लागि प्रस्तुत गर्नुभएको बजेटमा रोजगारीलाई प्राथमिकतामा राखिएको छ । गरीबी निवारण कोषद्वारा प्रवद्र्धित ३२ हजारभन्दा बढी संस्थालाई सहकारी प्रणालीमा रूपान्तरण गरी १ लाख ५० हजार रोजगारी सृजना गरिने अर्थमन्त्रीले बजेट वक्तव्यमा भनेका छन् ।वैदेशिक रोजगार प्रवद्र्धन कोषलाई रोजगारी पुनःस्थापना गर्ने कार्यक्रममा उपयोग गर्ने सरकारको तयारी छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको शीप, अनुभव र रुचिको अभिलेख बनाई उनीहरूलाई देशभित्र नै रोजगारी दिने नीति सरकारले लिएको छ । हेरौं सरकारको तयारी बुँदागत रुपमाः –स्थानीय तहबाट सञ्चालन हुने

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 461 पटक पढिएको
    • "नेपाल रेखा"
  • सडकदेखि सदनसम्म दलितहरु आन्दोलित

    इटहरी । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहको प्रसंगलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारलाई न्याय दिलाउन सुनसरीको इटहरी र धरानका उपमहानगर दलितहरु आन्दोलित भएका छन् । बिभिन्न राजनीतिक पार्टीमा आवद्ध दलित समुदायका प्रतिनिधि, स्वतन्त्र दलित अधिकारकर्मी र मानव अधिकारकर्मीहरुले बिहीबार इटहरी र धरानमा व्यक्तिगत दुरी कायम गर्दै (लकडाउनको पालना गर्दै) प्लेकार्ड बोकी प्रर्दशन गरे । दलित अधिकारकर्मीहरुले गरेको आन्दोलनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, जनता समाजवा

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 308 पटक पढिएको
    • "नेपाल रेखा"
  • रोगप्रतिरोधक क्षमता वढाउन आयुर्वेदिक औषधी प्रदान

    तेह्रथुम । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमले सिंहवाहिनी विद्यालयको क्यारेन्टाईनमा रहेका ब्यक्तिहरुलाई आयुर्वेदिक औषधी प्रदान गरेको छ । क्यारेन्टाईनमा रहेका ब्यक्तिहरुलाई रोगप्रतिरोधक क्षमता वढाउने जडिबुटी जन्य आयुर्वेदिक औषधी प्रदान गरेको हो । केन्द्रले गुडुचीचुर्ण, अस्वगन्धाचुर्ण, च्यावनप्रास र जडिवुटि चिया प्रदान गरेको निमित्त कार्यालय प्रमुख अमिन्द्रकुमार पंडितले बताउनुभयो । स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोरोना रोकथामको लागि निर्देशित सामाजिक विकास मन्त्रालयको स्वस्थ जीवन कार्यक्रम अन्तरगत औषधिहरु वितरण गरिएको हो । उक्त औषधिले क्यारेन्टाईनमा रहेका ब्य

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 419 पटक पढिएको
    • "नेपाल रेखा"
  • खप्तडी बस्नेत कुलपुजा समितिद्वारा इटहरी अस्पताललाई ५० हजारको स्वास्थ्य सामाग्री प्रदान

    इटहरी । खप्तडी बस्नेत वंश वत्छला कुलपुजा समिति इटहरी–१७ बिसनपुरले इटहरी अस्पताललाई ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।समितिले इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । संस्थाका सचिव राजेन्द्र बस्नेतले आफ्नो कुल पुजाको समयमा सबै बस्नेत बन्धुहरुको तर्फबाट सहयोग गरिएको बताउनु भयो । उपप्रमुख लक्ष्मी गौतमले यस्तो महामारीको बेला गरिएको सहयोगको ठूलो महत्व हुने बताउदै धन्यवाद ज्ञापन गर्नुभयो ।

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 390 पटक पढिएको
    • "नेपाल रेखा"
  • राहतको सट्टामा रोजगारी दिन थालियो

    अच्युत भट्टराई बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ ले मजदुरहरुलाई राहतको सट्टामा रोजगारी दिन थालेको छ । लकडाउनकाकारण दैनिक ज्याला मजदुरीबाट बञ्चित भएका वडावासी मजदुरलाई यस अघि ३ पटक राहत दिएको वडा सचिव पूर्णमाया पौडेलले बताइनु । उनका अनुसार पहिलो पटक वडाकै बजेटबाट प्रति मजदुर ८ केजी चामल, १ पोका नुन र १ पोका तेल उपलब्ध गराइयो । दोश्रो पटक नगरबाट दिइएको २५ केजी चामल, १ लिटर तेल १ केजी दाल, १ केजी नुन पनि वितरण गरिएको छ । त्यस्तै प्लान नेपालले प्रती परिवार ४ सय ८१ घरलाई २ हजार ७ सय ३० दिएको वडाअध्यक्ष आशाराम चौधरीले बताए । लामो समय बन्दाबन्दी चलिरहदा सरकारले पनि लगातार राहत

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 1,265 पटक पढिएको
    • "नेपाल रेखा"
  • लकडाउनमा बाटो बनाउदै जनता

    अच्युत भट्टराईबराहक्षेत्र । बराक्षेत्र नगरपालिकाको वडा नम्बर–४ धनपुरी थलाह टोलका जनता आफ्नो गाउँ आफै बनाउने अभियानमा जुटेका छन् । उनीहरु बन्दाबन्दीको बेला सबैजना गाउँघरमै भएको अवसरमा आफ्नो टोलको साँघुरो बाटो फराकिलो गर्न जुटेका हुन् । राहुल राईको अध्यक्षतामा समिती गठन गरी सरस्वती माध्यमिक विद्यालय अगाडी रहेका ३ वटा १४ फिटे बाटोलाई २० फिटे बनाउने काम थालिएको छ । समितिका सचिब शुशील सुहानीले भने–‘सबैले श्रमदान गरिरहनु भएको छ । सामाजिक दुरी कायम गरी काम गर्दैछौ, हाम्रो योजनाअनुसार लगभग ७ सय मिटर बाटो खन्नु पर्ने छ ।’ यो बस्ती २०७१–०७२ मा सुनसरी मोरङ सिंचाइ आयोजनाले नह

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 271 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]