तिब्बतबाट सात करोडभन्दा बढीको स्वास्थ्य सामग्री प्रदेश १ सरकारलाई प्राप्त

  • जेठ १९, २०७७ / "नेपाल रेखा"
alt

विराटनगर । कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले नेपालको प्रदेश नम्बर १ सरकारलाई रु सात करोड ७४ लाख मूल्य बराबरको १८ प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
नेपाल चीन कार्यकारी परिषद् प्रदेश नं १ का संयोजक मुकेश उपाध्यायले सोमबार यहाँ आयोजित एक समारोहबीच मुख्यमन्त्री शेरधन राईलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि उच्च सतर्कता अपनाएको उल्लेख गर्दै सरकारले गरेको उच्च प्रयासका कारण नै कोरोनाको उपचार एवं रोकथाममा सफलता प्राप्त गरेको बताउनुभयो ।
तिब्बत सरकारबाट प्राप्त सहयोगले हाम्रो मनोबल उच्च भएको छ बताउँदै उहाँले सरकारले यस प्रदेशमा पिसिआर पद्धतिबाट ५० हजार मानिसको परीक्षण गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले तिब्बत सरकारबाट प्राप्त भएको सहयोग सामग्रीको उपयुक्त र प्रभावकारी ढङ्गले प्रयोग गर्ने बताउँदै कोरोनाको उपचारका लागि सरकार हरतरहको प्रयास जारी राखेको छ भन्नुभयो ।
परिषद्का संयोजक मुकेश उपाध्यायले तिब्बत सरकारले नेपालमा कृषि, पर्यटन र व्यापार व्यवसायलाई फस्टाउन सहयोग गर्ने भन्दै तिब्बतबाट प्राप्त सहयोग सामग्रीको सही सदुपयोग भएमा आमनागरिक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

इटहरीमा ‘माया जालैमा ...

इटहरी । गायक बालकृष्ण कार्की र गायिका गंगा गौतम आचार्यक ...

धान गोड्दै किसान ...

सुनसरीको इनरुवा नगरपालिका–९ मा धान गोड्दै किसान । ...

जलगैँडा ...

ललितपुर महानगरपालिका–४, जावलाखेलस्थित स ...

सुनसरी घटनाको छानबिन ...

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]