ल्याव टेक्नीसियनहरुलाई तालिम दिइयो

  • जेठ २५, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । कोरोना भाइरस कोविड १९ संक्रमितहरुको संख्या दिनप्रति दिन बढी रहेको समयमा कोरोना परीक्षणलाई सहज बनाउने उद्देश्यले प्रदेस नम्बर १ का ल्याव टेक्नीसियनहरुलाई तालिम प्रदान गरिएको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन र मेडिकल ल्याब्रोटरी एशोसिएसन नेपालको आयोजनामा प्रदेस नम्बर १ स्तरीय तालिमको आयोजना गरिएको हो ।
तालिममा स्वाब संकलन, सुरक्षीत रुपमा प्रयोगशालासम्म पुर्याउने, परिक्षण गर्ने लगायतका विषयहरु समावेश गरि आयोजना गरिएको तालिम प्रभावकारी भएको उदयपुरका सहभागी ल्याव टेक्नीसियन लौकाजी राईले बताए ।
स्वास्थ्य प्रयोगशालाले रोग पत्ता लगाउने देखि निधान भएको अवस्थाका विषयमा जानकारी दिन समेत परिक्षण प्रभावकारी हुने तर्फ मध्यनजर गर्दै सातै प्रदेसमा प्राविधिकहरु तालिमको आयोजना गर्न लागिएको मेडिकल ल्याब्रोटरी एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र खडकाले जानकारी दिए । उनले रोग पत्ता लगाउने आधार विन्दुका प्राविधिकहरुको दक्षता अधिवृद्धमा समेत तालिमले सहयोग पुग्ने विश्वास गरिएको समेत वताए ।

मेडिकल ल्याब्रोटरी एशोसिएसन नेपाल प्रदेस नम्बर १ कोे संयोजन रहेको तालिममा प्रदेस नम्बर १ का विभिन्न जिल्लाका ३० जना प्राविधिकहरुको सहभागीता रहेको थियो । तालिममा मेडिकल टेक्नोलोजिष्ट दीपक सुवेदी, डा.प्रतिक्षा कार्कीले सहजिकरण गरेका थिए । सो अवसरमा मेडिकल ल्याब्रोटरी एशोसिएसनका केन्द्रय महासचिव रेशम अधिकारी, प्रदेस नम्बर १ का जनस्वास्थ्य प्रयोगशाला विराटनगरका नवीन खड्का समेतको उपस्थिति रहेको थियो ।

सुनसरी घटनाको छानबिन ...

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं प ...

प्रतिनिधिसभामा कप्ता ...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रध ...

देवानगञ्ज घटनामा मृत ...

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएक ...

डोकामा साग बेच्दै कि ...

ललितपुर महानगरपालिका–१९, इटीटोलस्थित लग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]