इटहरी । तेस्रो मुलकबाट उद्धार गरि शुक्रबार नेपाल ल्याइएका प्रदेश नम्वर १ का ५० जना मध्ये ४१ जनालाई नेपाली सेनाको व्यवस्थापनमा प्रदेस नम्बर १ ल्याइएको छ । उनीहरुलाई नेपाली सेनाले सुनसरीको चतरामा रहेको होल्डिङ सेन्टरमा ल्याएको हो । संयुक्त अबर इमिरेट्स (युएई) र म्यानमारबाट उद्धार गरी ल्याइएकाहरु मध्ये प्रदेश नम्बर १ का ५० जना रहेका थिए । जस मध्ये ४१ जनालाई नेपाली सेनाको व्यवस्थापनमा काठमाडौंदेखि सुनसरीको चतरामा स्थापना गरिएको होल्डिङ सेन्टरसम्म ल्याएर सम्वन्धीत जिल्लासंग समन्वय गरी नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीले पठाउने कार्य शुरु गरेको हो ।
शुक्रबार नेपाल सरकारले उद्धार गरी ल्याएकामध्ये प्रदेस नम्वर १ का विभिन्न जिल्लाका ५० समेत रहेका थिए । उनीहरु मध्ये ९ जना काठमाडौमै क्वारेन्टाइनमा बसेपछि ४१ जना मात्र आएका हुन् । उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रदेस नम्बर १ मा ल्याउने क्रममा प्रदेस नम्बर १ प्रवेशद्धार कोशी व्यारेजमा नेपाली सेनाको कृष्णदल गणका गणपति अनन्तबहादुर सिंहले स्वागत गर्नु भएको थियो । तेस्रो मुलुकबाट ल्याएकाहरुलाई तत्कालका लागि राख्न बनाएको चतराको होल्डिङ सेन्टरको नेपाली सेनाका पूर्वी पृतनापति उपरथी अनन्त कार्कीले निरिक्षण तथा अनुगमन गर्नु भएको थियो । सुनसरीको चतराको होल्डिङ सेन्टरमा ल्याएर विवरण संकलन गर्ने काम समेत नेपाली सेनाको नेतृत्वमा सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरुले गरेका छन् । तेस्रो मुलुकबाट उद्धार गरी ल्याइएकाहरु मध्ये प्रदेस नम्बर १ को सुनसरीका ६ जना, मोरङ्गका ११ जना, झापाका १४ जना, इलामका ३ जना, उदयपुर २ जना, संखुवासभा १ जना, भोजपुर १ जना ताप्लेजुङ्गं १, ओखलढुंगा २ जना रहेको नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीले जनाएको छ ।