जनक पाण्डे । मोरङ्ग / वडामा भएका पूर्वाधार बिकाशलाई दिगो राख्न बर्खामा हुने अनियन्त्रित बाढी र डुवानको समस्यालाई ब्यवस्थापन गर्नुपर्ने पहिलो आवश्यकता रहेको पथरी शनिश्चरे नगरपालिका ५ नं. वडा सदस्य चेतेन्द्र खड्काले बताउनु भएको छ । धरातलिय स्वरुपमा होचो बनौट कोे भूभाग रहेको ५ नं. वडामा नवनिर्मित शडक पूर्वाधार बर्खामास पानीमा डुब्ने, बाढीले भत्काउने र बगाउने खतरा रहिनै रहेको जानकारी गराउँदै ५ नं. वडा सदस्य चेतेन्द्र खड्काले यस्तो बताउनु भएको हो । वडामा सिंचाईका लागि कुलो र पैनिको सन्तुलित ब्यवस्थापन हुनसके शडक पूर्वाधार, बाटोघाटोमा अनियन्त्रित पानीको प्रभावले हुने क्षय न्यूनिकरण ग
जनक पाण्डे । मोरङ्ग / वडाका चारवटै बिद्यालयलाई आधारभूत तहमा अंग्रजी माध्यमका कक्षा संञ्चालन अनिवार्य गराउन पथरी शनिश्चरे नगरपालिका ५ नं. वडाले काम थालेको छ । पछिल्लो समय वडाका सामुदायीक बिद्यालयहरुमा पढाई खस्किएको र गुणस्तरीय नभएको भन्दै जनगुनासो बढेपछि अंग्रेजी माध्यमका बिद्यालयहरुमा अभिभावक तथा बिद्यार्थीहरुको आकर्षण बढिरहेकोबेला वडाका सामुदायीक बिद्यालयहरुमा अंग्रेजी माध्यमको पढाई संञ्चालन गर्न लागिएको हो । सामुदायीक बिद्यालयमा प्रतिस्पर्धी र गुणस्तरिय शिक्षा सेवा प्रवाह गर्ने उद्देश्यले ५ नं. वडाका चारवटै बिद्यालयको आधारभूत तहमा अंग्रेजी माध्यमको पढाई संञ्चालन गर्न यसको तयारी थालिएको पथर
जनक पाण्डेमोरङ्ग / पथरी–शनिश्चरे नगरपालिका अन्तर्गतको ५ नं. वडा पालिकाको बजेट बाहेक नै वडाबासी आफूहरुले जुटाएको आन्तरिक स्रोतको सदुपयोग गर्दै थप अतिरिक्त बिकाश निर्माण कार्यमा जुटेका छन् । दाताहरुको सहयोग लगायत अन्य सामाजिक सहयोगबाट प्राप्त आन्तरिक स्रोतबाट नै अतिरिक्त योजनाहरु सम्पन्न गर्ने लक्ष्य सहित वडामा छनौट भएका स्थानहरुमा सामुदायीक भवन र चिल्ड्रन पार्क बनाईने पथरी शनिश्चरे नगरपालिका, ५ नं. वडाका अध्यक्ष जोगबहादुर धिमालले बताउनुभएको छ । त्यस्तै बक्राहानदी शव दाहसंस्कार घाटमा मलामी प्रतिक्षालय पनि निमार्ण गरिने अध्यक्ष धिमालले जानकारी दिनुभएको छ । २०७३ सालमा आयोजना गरिएको श्री मद
जनक पाण्डे/हसन्दह । मोरङको पथरी–शनिश्चरे नगरपालिकाको वडा नम्बर ६ ले वडाबासीको आयआर्जन बृद्धि गर्ने गरि वडाका योजना र कार्यक्रमहरु अघि सारेको छ । बडावासीको आम्दानीको स्रोत फराकिलो बनाउन कृषि, शिक्षा, स्वास्थ्य लगायत स्वरोजगार कार्यक्रमलाई आफ्नो योजनाको प्राथमिकतामा राखेको वडाले कृषि पेशालाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्य सहित आफुले काम गरेको पथरी–शनिश्चरे ६ नं. वडा अध्यक्ष जयबहादुर तामाङ्ग बताउँछन् । पथरी–शनिश्चरे ६ नं. वडाले वडामा बाटो, घाटो भौतिक पूर्वाधार निर्माण र बिस्तारको काम सम्पन्न गर्दै वडालाई नगरको सडक सञ्जालमा जोडेर अत्यावश्यक साधन एम्वुलेन्स दमकल
नेपालरेखा / नगरबासी कृषकहरुको आयमा बृद्धि गर्दै आत्मनिर्भर बनाउन, कृषि प्रवर्धन र प्रोत्साहनका लागि पथरी शनिश्चरे नगरपालिकाले बिभिन्न कार्यक्रम सहित अनुदानका कार्यक्रम, उन्नत जातका बिउबिजनको बितरण, पशुपालक कृषकका लागि बिभिन्न जातका घाँसका बिउ, औसधी खोप, बिभिन्न कृषि औजार, पानीको आपूर्तिका लागि बोरिङ्ग पाइप, मोटर समेत बितरण गर्ने गरेको छ । नगरको संमुन्नत बिकाश र सम्बृद्धिका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा पूर्वाधार निर्माण लगायतका योजना कार्यक्रमहरुमा काम गर्दै आएको पथरी–शनिश्चरे नगरपालिकाले यूवा स्वरोजगार र जेष्ठ नागरिक बिषेश स्वास्थ्य सेवा कार्यक्रम समेत संचालन गर्दै आएको छ ।
नेपालरेखा / सप्तरी । सप्तरी जिल्ला बार एकाइले सरुवा भएर जान लागेका सप्तरी जिल्ला अदालतका न्यायाधीशलाई सम्मानका साथ बिदाइ गरेको छ । जिल्ला बार एकाइको सभाकक्षमा आयोजित एक समारोहबीच बार एकाइ र कानून व्यावसायीले मायाको चिनोसहित सम्मानका साथ बिदाइ गर्दा न्यायाधीशहरू भावुक बने । कार्यक्रममा सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीले आफू ठिक भए वातावरण पनि ठिक हुने बताए । कानूनी ज्ञानका लागि सप्तरी जिल्ला अदालत विश्वविद्यालय रहेको भन्दै न्यायाधीश ज्ञवालीले सबैले ज्ञान, विवेक र अनुभवका आधारमा इमान्दारितापूर्वक न्यायको उद्देश्यमा केन्द्रित भएर काम गर्नुपर्ने बताए । सप्तरी जिल्ला अदालत
नेपालरेखा / इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार गरी ७२७ जना सदस्य पु¥याईएको छ । पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा आइतबार ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्यसमिति निर्माण भएको हो । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ । सो पार्टीले असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी बैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने जनाएको छ । हालै चयन गरिएका नयाँ केन्द्रीय सदस्यहरूमा इटहरीबाट युवा समाजसेवी तथा राजनीतिक
नेपालरेखा / इटहरी । संघीय र प्रदेश सरकार स्तरका योजना र बजेट आउन ढिलाई हुदा त्यसको असर स्थानीय तहमा पर्ने गरेको छ । संघ र प्रदेश स्तरबाट आउने योजना र बजेटमा आलटाल, ढिलासुस्ती हुदा बिगतमा स्थानीय तहहरुले बनाउने योजना र बजेट नै प्रभावित भएका छन् । सुनसरीको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेले संघीय र प्रदेश सरकारले रकम ढिलो पठाउदा योजना सम्पन्न गर्न कठिनाई उत्पन्न हुने बताएका छन् । ‘आर्थिक बर्ष अन्त्य हुन लाग्दा स्थानीय तहमा माथिका योजना बजेट आईपूग्छ अनि कसरी हामीले समयमा काम सम्पन गर्ने ?’ न्यौपानेले गुनासो पोखे– समयमा काम नसके दोष स्थानीयत
इटहरी । सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर १ मा बनाउन थालिएको आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माण कार्य कोरोनाकाकारण प्रभावित बनेको छ ।७० प्रतिशत निर्माण कार्य भएपनि बाँकी ३० प्रतिशत काम कोरोनाकाकारणले अघि बढ्न नसकेको सोही गाउँपालिका १ नम्बर वडा अध्यक्ष श्याम गुरुङ्गले बताउनु भयो । नेपालमा लक डाउन सुरु हुनुभन्दा एक महिना अघि ४० लाख लागतमा ४ कोठे भवन निर्माण कार्य थालिएको थियो । कोरोनाको कारण निर्माण मजदुर परिचालनमा कठिनाई उत्पन्न भइ हाल सो भवन निर्माण कार्य स्थगित भएको छ । आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माण कार्य सम्पन्न भएपछि ६ औं तहको स्वास्थ्य कर्मचारीबाट सेवा प्रवाह हुने वडा अध्य
जनक पाण्डे/इटहरी । न्याय परिषदको वुधवारको बैठकले जिल्ला अदालतका १ सय १४ जना माननिय न्यायाधीशहरुको सरुवा सिफारिस गरेको छ । परिषदले २९ जना माननिय जिल्ला न्यायाधीशको नयाँ नियुक्ती सहित पदस्थापन सिफारिस पनि गरेको छ । न्याय परिषदको असोज २१ गतेको बैठकले जिल्ला न्यायाधिशहरुको सरुवा सिफारिस र पदस्थापन सिफारिस गरेको हो । पदस्थापन सिफारिस भएका मध्ये झापा, मोरङ र सुनसरीमा चार जना न्यायाधीश नयाँ नियुक्ती भइ आएका छन् । सरुवा तथा पदस्थापन भइ आएका न्यायाधीशहरुमा झापामा चार, मोरङ्ग र सुनसरीमा सात÷सात जना सरुवा भएर आउन लागेका हुन् । झापामा दिलकुमार बर्देवा, मोरङ्गमा रोशनकुमार भट्टराई, सुनस