इटहरी उपमहानगरको ८ नम्बर वडामा पनि स्वास्थ्य सेवा इकाई भवन बनाउन थालियो "वडाबाटै आधारभूत स्वास्थ्य सेवा पाइने"

  • मंसिर ११, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । वडाबासीलाई वडामै आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले इटहरी उपमहानगरको वडा नम्बर ८ मा विहीवार वडा स्तरीय स्वास्थ्य सेवा इकाई भवनको एक कार्यक्रमकाबीच सिलान्यास गरिएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले सरस्वती सतन विद्यालयको परिसरमा शिला पुजा गर्दै स्वास्थ्य सेवा इकाई भवनको सिलान्यास गरे । २७ लाख ६० हजार ६ सय १४ रुपैंयामा सम्झौता भएको भवन आगामी असार १० गतेभित्र निर्माण भइसक्नु पर्नेछ ।
भवन सिलान्यास पछिको मन्तव्यमा उपमहानगर प्रमुख चौधरीले इटहरीको विकास राज्यस्तरबाट हैन जनस्तरबाट भएको बताए । वुधवार ५ नम्बर वडा स्वास्थ्य सेवा इकाई भवनको सिलान्यास कार्यक्रममा उनले इटहरीको विकासमा ६० प्रतिशत जनसहभागिता रहेको बताएका थिए ।
भवन सिलान्यास गर्न त्यहाँ पुगेका प्रमुख चौधरीसमक्ष सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण चौधरीले विद्यालयको कम्पाउण्ड निर्माण गरिदिनु पर्ने, विद्यालयको जग्गा ७ देखि ८ विघाह जमिनको खोजी गरिदिनु पर्ने जस्ता माग राखेका थिए । त्यसैगरी, स्थानीयवासीले बाटो कालोपत्रे गरिदिनु पर्नेजस्ता माग राखेका थिए । वडावासीको मागलाई सम्वोधन गर्दै प्रमुख चौधरीले सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढिसकेको बताए । साथै उनले विद्यालयको कम्पाउण्ड वाल पनि आगामी योजनामा समेट्ने आश्वासन दिएका थिए ।
त्यसैगरी, संविधानसभा सदस्य कल्पना चौधरीले जनतालाई वडामा स्वास्थ्य सेवा दिनु राम्रो काम भएको बताइन् । उनले वडा थप विकास निर्माणका काम अघि बढाउन इटहरी उपमहानगरसँग आग्रह गरिन् ।
सोही कार्यक्रममा इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले स्वास्थ्य सेवा इकाई भवनको लागि फर्निचर खरिद गरिसकेको जानकारी दिइन् । उनका अनुसार यस भवनबाट गर्भवतीका लागि आइरन चक्की, स्वास्थ्य जाँच, जेष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाइने छ ।
उपप्रमुख गौतमले इटहरीमा शब बहान व्यवस्थापनको तयारी भइरहेको बताइन् । उनले वडाले दिने औषधी खरिदका लागि बजेट विनियोजन गरिसकिएको पनि जानकारी दिइन् । उनले सो भवन निर्माण कार्यमा सहयोग गरिदिनका लागि वडावासीसँग आग्रह समेत गरिन् । सिलान्यास कार्यक्रमा वडा सदस्यहरु सिता हरिजन, खुपराज शर्मा लगायतको सहभागिता रहेको थियो । साथै अर्का वडा सदस्य वुधनारायण चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सिलान्यास कार्यक्रमको संचालन उपमहानगरका कर्मचारी महेश सुवेदीले गरेका थिए ।
सिलान्यास कार्यक्रमा उपस्थित सोही वडाका पूर्व अध्यक्ष शेखर चौधरी, जग्गादाता नरेश चौधरी, स्थानीयवासी मनोज चौधरीलगायतले ८ नम्बर वडा अध्यक्ष रोहित चौधरीलाई स्थानीयसँग समन्वय गरेर काम गर्न सुझाव दिएका थिए ।
भवनको प्राविधिक पक्षको बारेमा इटहरी उपमहानगरपालिका कार्यालयका इन्जिनियर जिवन घिमिरे र पाथिभरा कन्ट्रक्सनका प्रतिनिधि जिवन न्यौपानेले जानकारी गराएका थिए । इन्जिनियर घिमिरेकाअनुसार यो नवौं सिलान्यास हो । घिमिरेले भने– ‘८ वटा भवन यसअघि नै सिलान्यास भएर काम अघि बढेको छ ।’ इटहरीका २० वटै वडामा स्वास्थ्य सेवा इकाई भवनबाट वडावासीलाई आधारभूत स्वास्थ्य सेवा दिइनेछ ।

१८ नम्बर वडामा पनि स्वास्थ्य सेवा इकाई भवन सिलान्यास

त्यसैगरी, इटहरी उपमहानगरपालिकाको वडा नम्बर १८ पनि वुधवार वडा स्तरीय स्वास्थ्य सेवा इकाई भवनको एक कार्यक्रमकाबीच सिलान्यास गरिएको छ ।
१८ वडा अध्यक्ष रामकुमार चौधरीले वडाको केन्द्रभाग डकाहामा स्वास्थ्य सेवा इकाई भवनको सिलान्यास गरिएको जानकारी दिए । वडा अध्यक्ष चौधरीका अनुसार सो भवन ४ महिनामा सम्पन्न भइसक्नु पर्नेछ । सिलान्यास कार्यक्रममा इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी, उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामचरण चौधरी, इन्जिनीयर कैलाश तिमसिनालगायतको सहभागिता रहेको थियो । सिलान्यास कार्यक्रमको संचालन सोही वडाका कार्यालयका सचिव शालिग्राम गुरागाईंले गरेका थिए ।

IMG_20201126_095250 IMG_20201126_101554 IMG_20201126_095317 IMG_20201126_101648 IMG_20201126_101625

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]