इटहरी अस्पतालमा भिडियो एक्सरे सेवा सुरु

  • पुस २०, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरी अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरिएको छ । इटहरी अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र बरालले भिडियो एक्सरे सेवाको शुभारम्भ गर्नुभयो । इटहरी अस्पतालमा नीजि स्वास्थ्य संस्थाहरुको भन्दा करिब आधा अर्थात ६ सय रुपियाँमै भिडियो एक्सरे गरिने इटहरी अस्पतालका निमित्त प्रमुख डा. मनिश शर्माले जानकारी दिनुभयो ।
इटहरी अस्पतालमा आएका विरामीलाई भिडियो एक्सरेका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता हटेकोमा वडा नम्बर ९ का वडा सदस्य गणेश खत्रीले खुशी ब्यक्त गर्नुभयो । आफूहरुले जनप्रतिनिधिका रुपमा कार्यकाल सुरु गरे यता इटहरी अस्पतालको स्तरोन्नतीमा उल्लेख्य कार्य गरेको वडा नम्वर ९ का वडाध्यक्ष एवं इटहरी अस्पताल संचालक समिति अध्यक्ष भुपेन्द्र बरालले दावी गर्नुभयो ।
अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले इटहरी अस्पतालको सेवालाई सहज बनाउन भिडियो एक्सरे खरिद गरि उपलब्ध गराएकोमा इटहरी उपमहानगर र अस्पताल समितिको नेतृत्वलाई धन्यवाद दिनुभयो ।

IMG_20210104_114234

सुनसरी घटनाको छानबिन ...

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं प ...

प्रतिनिधिसभामा कप्ता ...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रध ...

देवानगञ्ज घटनामा मृत ...

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएक ...

डोकामा साग बेच्दै कि ...

ललितपुर महानगरपालिका–१९, इटीटोलस्थित लग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]