इटहरी । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहभागी भएको छ ।नेकपाबाट खिनु लङ्वा लिम्बूको नेतृत्वमा जीवन आचार्य, गीता तिम्सिना र गोम्बु शेर्पाले मन्त्री तथा सपना परियारले सोमबार राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको शपथ गराएका हुन् । राज्यमन्त्री परियारलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराएका थिए । मन्त्रिपरिषद् हेरफेरसँगै प्रदेश सरकारले मन्त्रीहरूको मन्त्रालयसमेत तोकेको छ ।हिक्मतकुमार कार्की मुख्यमन्त्रीको जिम्मेवारीमा छन् । इन्द्रमणि पराजुलीले स्वास्थ्य मन्त्रालय, विदुरकुमार लिङ्थेपले आर्थिक मामिला
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ । भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपद्का पीडा र दुःखलाई बुझेको बताउँदै उहाँले सामाजिक सञ्जालमार्फत मन्त्री खनालले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गर्नुभएको छ । “नेपाल सरकार तथा नेपाली जनताले भूकम्पमा परी ज्यान गुमाएकाहरूका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्,” भूकम्पबाट प्रभावित, बेपत्ता तथा विस्
झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १० पुगेको छ ।सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन् । जिल्लामा हालसम्म मेचीनगरका चार, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जनामा जेई सङ्क्रमण पुष्टि भएको छ ।सङ्क्रमित १० जनामध्ये पाँच जनाको मृत्यु भएको, दुई जना उपचाररत रहेको र तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । सङ्क्रमितमध्ये एक जना सात
चितवन । पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ । अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत् अवस्थामा फर्किन सुुरु गरेको हो ।नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट अण्डाको समर्थन मूल्य बढाएको छ । फार्महरूको दररेटलाई आधार मानेर मूल्य बढाइएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ५०० बाट ५३०, मिडियम रु ४७० बाट ५०० र सानो अण्डा प्रतिपेटी (सात क्रेट)को रु दुई हजार ९०० बाट तीन हजार पुर्याइएको छ । एक्सेल अण्डा रु ५१५ बाट ५४५ पुगेको छ ।अध्यक्ष पोखरेलले बर्डफ्लु नियन्त्रणमा आएसँगै
झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन् र श्रीमान्–श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । विद्यालयका
काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गर्नुभएको छ ।मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक समन्वय भइरहेको उहाँको सचिवालयले जनाएको छ । मन्त्री मेहताले संवेदनशील परिस्थितिमा कुनै पनि अपुष्ट सूचना वा अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव तथा आपसी भाइचारामा असर पुग्ने गतिविधिबाट टाढा रहन सबै नागरिकसँग आग्रह
काठमाडौँ । काठमाडौँ उपत्यकामा चर्को आवाज निकाल्ने गरी मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरेर चलाउने चालकविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गर्दै हालसम्म एक हजार ३७१ चालकलाई कारबाही गरेको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार मोटरसाइकलको साइलेन्सर तथा अन्य संरचना परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, स्टन्ट गर्ने र मध्यरातसम्म सार्वजनिक सडकमा होहल्ला मच्चाउने चालकमाथि निगरानी बढाइएको हो । प्रवक्ता सुवेदीले यस्ता गतिविधिका कारण स्थानीय बासिन्दा, पैदलयात्री तथा अन्य सवारी चालकले लामो समयदेखि गुनासो गर्दै आएको जानकारी दिँदै चर्को आवाज निकाल्दै
काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी शनिबार साँझ भोटेकोसीमा खस्दा चालकसहित इभी बेपत्ता भएको छ । रसुवाका सहायक प्रजिअ ध्रुवप्रसाद अधिकारीका अनुसार सवारीसाधनसँगै बेपत्ता हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ रहेका छन् ।सो सवारीसाधन भन्सार जाँचपास गराई काठमाडौँ ल्याउने क्रममा गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीको दक्षिण चिलिमे जलविद्युत् केन्द्र नजिक भोटेकोसीमा खसेको सहायक प्रजिअ अधिकारीले बताउनुभयो ।घटनाको सूचना पाउनासाथ खोज र उद्वारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा निकाय परिचालन गरिएको र भौग
इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले साधारण शिक्षासँगै होटल म्यानेजमेन्ट र ब्युटिसियन एन्ड हेयर डिजाइन विषयको पढाई सुरु गरेको छ । विद्यालयले रोजगारमुखी विषयको अध्ययन–अध्यापन सुरु गरेपछि विद्यार्थीको आकर्षण बढेको छ । विद्यालयले शुक्रबार कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत र सिभिल इन्जिनियरिङ् तेस्रो वर्ष अध्ययन पूरा गरेका विद्यार्थीको बिदाइ कार्यक्रम आयोजना गर्दै व्यावसायिक शिक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनायो । विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले रोजगारसँग जोडिएको शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थीलाई सीप, ज्ञान र व्यवहारिक
इटहरी । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको राजनीतिक नेतृत्व, प्रतिनिधित्व तथा कानुनी व्यवस्थासम्बन्धी एकदिने अन्तरक्रियात्मक गोष्ठी बुधबार इटहरीमा सम्पन्न भएको छ ।लिड नेपाल, कोशी प्रदेशको आयोजनामा होटल त्रियुगाको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्ण तामाङको अध्यक्षता रहेको थियो । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य सपना परियार (सन्ध्या) प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी इटहरी उपमहानगरपालिका–९ का सचिव सुशीला कार्की, समावेशी खेलकुद, संस्कृति तथा कला कोशी प्रदेशका अध्यक्ष सुधीर केसी तथा तालतलैया कला, साहित्य तथा संस्कृति समाजका प्रदेश उपाध्यक्ष प्रमोद पौडेल अतिथिका र