मुख्य समाचार

    Showing 81-90 of 107 items.
  • ६ जना भारतीय नागरिक डिस्चार्ज

    विराटनगर । कोसी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रबाट ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन् ।कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका १२ जनामध्ये ६ जना डिस्चार्ज भएका हुन् । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई विदाइ गर्नुभएको थियो । कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद हुन् ।उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना देखिएपछि वैशाख ५ गते उनीहरुलाई अस्पताल भर्ना गरी उपचार गरिएको थियो । अस्पताल

    • प्रकाशित मितिः वैशाख २४, २०७७
    • 273 पटक पढिएको
    • "नेपाल रेखा"
  • दृष्टिविहीन शर्माद्वारा ५१औँ पटक रक्तदान

    विराटनगर । दृष्टिविहीन एक पुरुषले ५१ औँ पटक रक्तदान गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विराटनगर–११ कमिटीद्वारा आयोजित रक्तदानमा विराटनगरका ४२ वर्षीय चिरञ्जीवी शर्माले उक्त रक्तदान गर्नुभएको हो । शर्माले तीन महिनाभित्र खेर जाने रगतले समुदायमा रहेका बिरामीलाई प्रयोग गर्न पाउँदा ज्यादै नै खुशी लाग्ने गरेको बताउँदै मोरङको विभिन्न क्षेत्रमा हुने रक्तदान कार्यक्रममा यसरी नै सहभागी हुने गरेको जानकारी दिनुभयो । नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले रक्तदान दान जीवन दान भएकाले कोभिड–१९ को महामारीमा रक्तदान कम भइरहेको यस समयमा रक्तदान कार्यक्रमको आयोजनाबाट सामाजिक कार्यमा ठूलो का

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 236 पटक पढिएको
    • "नेपाल रेखा"
  • उपप्रधानमन्त्री पोखरेलसँग राष्ट्रसङ्घीय प्रतिनिधिको भेटवार्ता

    काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग नेपालस्थितसंयुक्त राष्ट्रसङ्घका संयोजक भ्यालेरी जुलियाण्ड र विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि जोश भ्याण्डेलारले शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा उहाँहरूबीच नेपाल सरकारले कोरोना रोकथाम र नियन्त्रणमा हाल जारी राखेको पहल र स्थितिबारे छलफल भएको रक्षा मन्त्रालयका सहप्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिनुभयो । राष्ट्रसङ्घीय प्रतिनिधिहरूले सीमित स्रोत साधनका बीच नेपालले कोरोना रोकथाममा चालेका कदमहरू प्रशंसनीय रहेको र अन्य आवश्यक सहयोग परेमा उपलब्ध गराउने वि

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 139 पटक पढिएको
    • "नेपाल रेखा"
  • धनकुटामा विपत व्यवस्थापन गर्नका लागि विभिन्न निर्णय गरियो

    धनकुटा । धनकुटामा हुन सक्ने जस्तो सुकै विपतलाई पनि व्यवस्थापन गर्नका लागि सुरुमै सजकता अपनाई त्यसको तयारीमा पूर्व योजना सहित लाग्ने धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।कोरोना भाईरस विरुद्ध अहिले सम्म धनकुटामा भैरहेको अभियानको बारेमा समीक्षा गर्दै कोरोना भाईरसलाई धनकुटामा फैलन नदिई नियन्त्रण गर्नका लागि अझ सहजकता अपनाई सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने र मनसुन परिर्वतन सँंगै अब हुन सक्ने बाढी पहिरो प्रकोपलाई समेत ध्यान दिई विशेष योजनाका साथ पूर्व तयारी गर्ने लगायतका विभिन्न निर्णयहरु धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको बैठकले गरेको जिल्ला प्रशासन कार्यालय धनक

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 450 पटक पढिएको
    • "नेपाल रेखा"
  • सामाजिक सुरक्षाभत्ता टोलटोलमै वितरण

    बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले टोलटोलमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको छ । दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता टोलटोलमा गएर वितरण भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जारी लकडाउनका कारण एकैठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागिएको हो ।” एघारवटै वडामा दोस्रो चौमासिकको सामाजिक सुरक्षाभत्ता निकासा भइसकेको जनाइएको छ ।वडाका सबै टोलमा सामाजिक दूरी कायम गरेर सामाजिक सुरक्षाभत्ता वितरणको काम शुरु गरिएको वडा नं १ का वडा

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 267 पटक पढिएको
    • "नेपाल रेखा"
  • मौसममा सुधार आउन अझै दुई साता लाग्ने

    काठमाडौँ । पछिल्लो केही दिनयता मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अबर सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जनाइएको छ । प्रिमनसुन सक्रिय रहनुका साथै बङ्गालको खाडी र अबर सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । “अहिले यो अवस्थालाई हेर्दा मौसममा सुधार आउन अझै दुई साता लाग्ने छ”, उहाँले भन्नुभयो । प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्ष

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 262 पटक पढिएको
    • "नेपाल रेखा"
  • एकैदिन १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्जमा र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालगन्जमा भेटिएकाहरु ४ महिला र ५ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ । हालसम्म १५ जना कोरोना निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन्

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 160 पटक पढिएको
    • "नेपाल रेखा"
  • जनताको मौलिक हक जोडिएका मुद्दालाई मिडियामा स्थान दिनुपर्ने

    काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले आइतबार विशेष डिजिटल संवाद कार्यक्रम आयोजना गरेको छ । कार्यक्रका प्रमुख अतिथि एंव राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघद्वारा प्रकाशित प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी बार्षिक प्रतिवेदन तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघले प्रकाशन गरेको दक्षिण एसिया प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कार्यकारिणीका नजरमा सञ्चारमाध्यमलाई बाधकका रुपमा हेर्ने गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘पत्रकारको

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 236 पटक पढिएको
    • "नेपाल रेखा"
  • राष्ट्रपतिद्वारा २६ गते अधिवेशन आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गर्नु भएको छ । राष्ट्रपति भण्डारीले आगामी वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गर्नु भएको हो । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारले गरेको सिफारिसको केही घण्टामै राष्ट्रपतिले बैठक आह्वान गर्नु भएको हो । संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 397 पटक पढिएको
    • "नेपाल रेखा"
  • अनलाइनबाट सुनसरीका युवा उद्यमीको अधिवेशन

    इटहरी । नेपाल युवा उद्यमी मञ्च सुनसरीको प्रथम अधिवेशनले विनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।सुनसरीको इटहरीमा सर्वसम्मत सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कुुमोद निरौला र उपाध्यक्षमा सन्तोष आचार्यलाई चयन गरेको हो । त्यसैगरी, अधिवेशनले फाईनान्स विभागमा चन्द्र देवकोटा, अन्तर्राष्ट्रिय विभागमा रोहित पराजुली, तालिम विभागमा ंआकाश दुलाल चयन भएका छन् ।त्यस्तै, सदस्यहरुमा श्रुति शर्मा, पृथ्वीराज पराजुली, सिद्धार्थ श्रेष्ठ, ममता पराजुली चयन भएको संस्थापक अध्यक्ष सुदीप घिमिरेले जानकारी दिए । अधिवेशन निवर्तमान अध्यक्ष सुदीप घिमिरेको अध्यक्षता तथा नेपाल युवा उद्यमी मञ

    • प्रकाशित मितिः वैशाख २१, २०७७
    • 797 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]