उपप्रधानमन्त्री पोखरेलसँग राष्ट्रसङ्घीय प्रतिनिधिको भेटवार्ता

  • वैशाख २३, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग नेपालस्थितसंयुक्त राष्ट्रसङ्घका संयोजक भ्यालेरी जुलियाण्ड र विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि जोश भ्याण्डेलारले शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा उहाँहरूबीच नेपाल सरकारले कोरोना रोकथाम र नियन्त्रणमा हाल जारी राखेको पहल र स्थितिबारे छलफल भएको रक्षा मन्त्रालयका सहप्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिनुभयो । राष्ट्रसङ्घीय प्रतिनिधिहरूले सीमित स्रोत साधनका बीच नेपालले कोरोना रोकथाममा चालेका कदमहरू प्रशंसनीय रहेको र अन्य आवश्यक सहयोग परेमा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभएको थियो ।

उहाँहरूले क्वारेन्टाइनमा रहेका महिला र बालबालिकालाई विशेष ढङ्गले व्यवहार गर्नाका साथै बन्दाबन्दीको अवधिका बारेमा निर्णय गर्दा एकैपटक खुला गर्ने नभई समग्र परिस्थिति विचार गरी क्रमशः गर्नसमेत सुझाव दिनुभएको आचार्यले जानकारी दिनुभयो ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]