जनताको मौलिक हक जोडिएका मुद्दालाई मिडियामा स्थान दिनुपर्ने "नेपाल पत्रकार महासद्वारा विशेष डिजिटल संवाद आयोजना"

  • वैशाख २१, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघले आइतबार विशेष डिजिटल संवाद कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रका प्रमुख अतिथि एंव राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघद्वारा प्रकाशित प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी बार्षिक प्रतिवेदन तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघले प्रकाशन गरेको दक्षिण एसिया प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कार्यकारिणीका नजरमा सञ्चारमाध्यमलाई बाधकका रुपमा हेर्ने गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘पत्रकारको मुख थुन्न सकिएला, आँखामा पट्टि बाध्न सकिएला तर मस्तिस्कलाई थुन्न सकिदैन’, शर्माले भन्नुभयो । उहाँले पत्रकारको पेशागत सुरक्षामा सुधार हुनुपर्नेमा त्यसो हुन नसकेको समेत बताउनुभयो । उहाँले लोकतन्त्रप्रति प्रतिप्रतिवद्ध सरकार प्रेससंग सहिष्णु हुन नसकेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमलाई टेवा दिनुपर्नेमा सरकारको नियत त्यस्तो नदेखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले जनताको मौलिक हक जोडिएका मुद्दालाई मिडियामा स्थान दिनुपर्नेमा राजनीतिक मुद्दालाई बढि प्राथमिकता दिएको बताउनुभयो ।
महासंघका अध्यक्ष गोविन्द आचार्यले हाल नेपालको पत्रकारिता क्षेत्रमा नीतिगत असुरक्षा बढ्दै गएको बताउनुभयो । उहाँले लोकतन्त्र पश्चात पनि प्रेस स्वतन्त्रताका लागि लड्नु पर्ने विड्म्बना रहेको बताउनुभयो । उहाँले हाल महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अझ पत्रकारको पेशागत तथा भौतिक सुरक्षामा चुनौैति थपिएको पनि बताउनुभयो ।
नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले विश्व प्रेस स्वतन्त्रता दिवस पूर्वज तथा अग्रज पत्रकारको योगदालाई सम्झिने दिनका रुपमा रहेको बताउनुभयो । उहाँले पत्रकारको पेशागत चुनौति र सरकारी ज्यादती बढेको भन्दै त्यसको निराकरणमा महासंघ र सञ्चारकर्मी केन्द्रीत हुनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै महासंका पूर्व अध्यक्ष शिव गाँउलेले नेपाली पत्रकारिता क्षेत्रमा कानूनी बन्देज र प्रेसप्रतिको असहिष्णु गरी दुई खाले चुनौति थपिएको बताउनुभयो । त्यसका लागि सबै एकजुट भई लड्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकारिता मार्फत भएका अभिव्यक्तिलाई सरकारले नस्वीकार्ने प्रवृत्ति बड्दै गएको बताउनुभयो । उहाँले पत्रकारितामा बहुलबादलाई स्थान दिँदै प्रेसलाई लाञ्छनाबाट मुक्त गर्नुपर्ने बताउनुभयो । महासंघका महासचिव रमेश विष्टले महासंघले सार्वजनिक गरको प्रतिवेदनले पत्रकारिता क्षेत्रको सुरक्षामा सन्तोषको अवस्था नदेखिएको बताउनुभयो । उहाँले कोरोना भाइरसबाट अति प्रभावित क्षेत्र उदयपुरको भुल्केमा पत्रकारहरु साधारण मास्कको भरमा रिपोटिङ्ग गरिरहेको भन्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सरकारसंग माग गर्नुभयो । कार्यक्रमको सहजता महासंघका सचिव प्रकाश थापाले गर्नुभएको थियो ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]