मुख्य समाचार

    Showing 1-10 of 107 items.
  • त्रिभुवनमा स्वास्थ्य अभिमुखीकरण

    मोरङ l मोरङको रङ्गेली नगरपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडामा एक दिने विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।विद्यालयका विद्यार्थीहरू, व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक संघका सदस्यहरू, अभिभावकहरू, प्रधानाध्यापक, स्वास्थ्य शिक्षक तथा शिक्षक प्रतिनिधिहरू सहभागी कार्यक्रममा स्वास्थ्य सम्बन्धी किशोरकिशोरी स्वास्थ्य अवस्थाका समस्या, कुपोषण समस्या, आँखा, दाँत, छाला रोग समस्या, स्वास्थ्य सम्बन्धी आधारभूत विषय, स्वास्थ्य शिक्षा, मानसिक रोग समस्या, किशोरीमैत्री विद्यालय, लागूपदार्थ दुर्व्यसन समस्या, व्यक्तिगत सरसफाई लगायतका विषयमा वि

    • प्रकाशित मितिः असार १६, २०८३
    • 479 पटक पढिएको
    • डि. पी. ढुंगेल
  • प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

    काठमाडौँ । प्रतिनिधिसभाको बिहीवारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको छ ।नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले सो कार्यक्रम पारित भएको हो ।अर्थमन्त्री वाग्लेको जवाफपछि उहाँसँग थप स्पष्टीकरण माग गर्न सभामुख डोलप्रसाद अर्यालले समय दिँदा कुनै पनि सदस्यले स्पष्टीकरण दिन चाहनुभएन । विपक्षी दलका सांसदहरूले छलफलमाथिको जवाफ दिन प्रधानमन्त्री शाह नै उपस्थित हुनुपर्ने माग गर्दै विरोधमा उभिएकाले कुनै पनि सदस्यले स्प

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 618 पटक पढिएको
    • नेपाल रेखा
  • गण्डकीमा चार हजार ‘किशोरी आमा’

    बागलुङ । कानुनले २० वर्षअगावै विवाह गर्न बर्जित गरेको छ । बालविवाह रोक्नका लागि सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर यसको न्यूनीकरण भने हुनसकेको छैन । सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा उमेर नपुग्दै विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या उस्तै छ । यस प्रदेशमा पछिल्लो दुई वर्षमा कुल ३९ हजार १२९ जना सुत्केरी हुँदा चार हजार २५५ जना २० वर्षमुनिका किशोरी छन् ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार २० वर्षमाथिका सुत्केरी हुने महिलाको सङ्ख्या ३५ हजार ८७४ छ । यस अवधिमा सबैभन्दा कास्कीमा सुत्केरी हुनेको सङ्ख्या बढी छ । का

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 702 पटक पढिएको
    • नेपाल रेखा
  • हलेसीको बोलबम मेलाबाट फर्कंदै गर्दा माइक्रोबस दुर्घटना–एकको मृत्यु, १४ घाइते

    खोटाङ । हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । प्रदेश २–०–१–००१ ज् ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै आज बिहान करिब ९ बजे दुर्घटना भएको हो । दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छैन । माइक्रोबस दुर्घटनाका घाइतेलाई उद्धार गरेर उपचारका लागि एम्बुलेन्समार्फत घुर्मीतर्फ पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । दुर्घटनाका घाइतेमध्ये छ जनालाई अस्पत

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 276 पटक पढिएको
    • नेपाल रेखा
  • निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिनुभएको छ । आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो । “निर्मला पन्तको हत्यालगायत ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु”, गृहमन्त्री लेखकले भन्नुभयो, “नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राख

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 424 पटक पढिएको
    • नेपाल रेखा
  • सरकारी कागजातसहित दस्तखत–छाप कीर्ते गर्ने दुई पक्राउ

    काभ्रेपलाञ्चोक । सरकारी कागजातसहित जनप्रतिनिधिलगायतको दस्तखत र छाप कीर्ते गर्ने दुई जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले काठमाडाँैको बानेश्वरमा ‘साइबर’समेत सञ्चालन गर्दै आएका एक व्यक्ति र अर्का एकबाट विभिन्न सरकारी कार्यालय, जनप्रतिनिधि, राजनीतिक दल तथा व्यक्तिको दस्तखतवाला छापसहित उपकरण र नगद बरामद गरिएकालाई जिल्ला सदरमुकाम धुलिखेलमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–१२ घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय जितेन्द्र तामाङ र गोरखाको सहिद लखन गाउँपालिका–१ घर भई काठमाडाँै महानगरप

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 394 पटक पढिएको
    • नेपाल रेखा
  • सर्पदंश उपचार केन्द्रकै सेवाक्षेत्रमा सर्पले डसेर मृत्यु

    इटहरी । बत्तीमुनि अँध्यारो भने जस्तो सर्पदंश उपचार केन्द्र इटहरीकै सेवाक्षेत्रमा सर्पले डसेर सोमबार दिउँसो एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो इटहरी–५ तुलसा टोलस्थित घरमै सुतिरहेको अवस्थामा गोमन सर्पले डसेकी ६४ वर्षीया योगेश्वरी भण्डारीलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।सर्पदंशपीडित भण्डारीलाई सुरुमा घरबाट करिब आधा किलोमिटरको दुरीमा रहेको सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ केहीबेर राखेर जाँच गर्दैगर्दा बिरामीको अवस्था झन् बिग्रिन थालेपछि चिकित्सकले बुढीगङ्गास्थित विराट शिक्षण अस्पताल रेफर गरेका थिए ।चार दिन सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गर्दा पनि ब

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 346 पटक पढिएको
    • नेपाल रेखा
  • कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमणः ४२० पशु मरे

    झापा । गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका १० जिल्लामा यस वर्ष १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित भएका छन् । तीमध्ये ४२० मरिसकेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहका अनुसार झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । सबैभन्दा बढी झापामा १३ हजार ११८ वटा गाईभैँसीमा ‘लम्पी स्किन’ सङ्क्रमण भएको छ । मोरङमा एक हजार ९५८, इलाममा एक हजार ६६५, सुनसरीमा एक हजार १००, उदयपुरमा ५०१, ख

    • प्रकाशित मितिः साउन १०, २०८२
    • 314 पटक पढिएको
    • नेपाल रेखा
  • अशक्तलाई घरमै नागरिकता

    तनहुँ । जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता प्राप्त गर्दाको क्षण उनका अभिभावमा खुसीको सीमा थिएन । मातृबात्सल्य नपाइएकी नवीनालाई ७७ वर्षीया हजुरबुबा बासुदेव खनालले पालनपोषण गर्दै आउनुभएको छ । म्याग्दे गाउँपालिका–१ गुणादीकी नवीनाको जन्म विसं २०६२ माघ ११ गते भएको थियो । विसं २०६८ मा उनीले आमा गुमाएकी थिइन् । बुबा पहिचान नभएकी नवीनालाई गाउँपालिकाले यसअघि नै अपाङ्गता भएको रातो कार्ड उपलब्ध गराइसकेको थियो । तर उहाँको नागरिकताको प्रमाणपत्र नहुँदा अपाङ्गता भत्ता भने पाउनबाट वञ्चित हुनुभएको थियो ।प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सोमबार घरमै पुगेर शारीरिक अपाङ्ग

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 324 पटक पढिएको
    • नेपाल रेखा
  • आठ पालिका एउटै दमकलका भरमा

    लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा छ । आठ पालिका रहेको यो जिल्लामा आगलागीका घटना हुँदा सबै पालिकाले एउटै दमकलको भर पर्नुपर्ने बाध्यता छ ।आगलागीका घटना जतिबेला पनि हुनसक्ने भए पनि लमजुङमा एउटै मात्र दमकल हुँदा तत्काल घटनास्थलमा पुग्नलाई समस्या हुँदा बेलैमा आगो नियन्त्रण गर्न समस्या हुँदै आएको छ । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका रहे पनि बेँसीसहर नगरपालिकामा मात्र दमकल छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा दमकल राख्नुपर्ने उल्लेख भए पनि जिल्लाका अन्य सात पालिकाले स्थानीय सरकार आएको यतिका वर्ष हुँदा पनि दमकल खरिद नगर्दा एउटै दमकलको भर पर्दै आएका छ ।बँेस

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 363 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]