कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमणः ४२० पशु मरे

  • साउन १०, २०८२ / नेपाल रेखा
alt

झापा । गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका १० जिल्लामा यस वर्ष १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित भएका छन् । तीमध्ये ४२० मरिसकेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।
निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहका अनुसार झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । सबैभन्दा बढी झापामा १३ हजार ११८ वटा गाईभैँसीमा ‘लम्पी स्किन’ सङ्क्रमण भएको छ । मोरङमा एक हजार ९५८, इलाममा एक हजार ६६५, सुनसरीमा एक हजार १००, उदयपुरमा ५०१, खोटाङमा ३५५, भोजपुरमा ७३, ताप्लेजुङमा ४५, धनकुटामा ३३ र सबैभन्दा कम पाँचथरमा १० वटा पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।
यो रोगबाट दश जिल्लाका १८ हजार ७४५ गाईगोरु र १७६ वटा भैँसीराँगामा रोगको सङ्क्रमण देखिएको छ । रोग नियन्त्रणका लागि प्रभावित जिल्लाका दुई लाख ९३ हजार २२३ गाईगोरु र राँगाभैँसीमा ‘लम्पी स्किन’ विरुद्धको निःशुल्क खोप लगाइएको पशु चिकित्सक साहले बताउनुभयो । उहाँले गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिरहेको बताउनुभयो । “यो रोग लामखुट्टे, भुसुना, झिँगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ,” उहाँले भन्नुभयो, “रोग नियन्त्रणका लागि पालिकामार्फत किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ ।”
यो रोग लागेका गाईगोरुमा उच्च ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा घाउ भएर पिप र रगत बग्ने गर्दछ । यसबाट सङ्क्रमित पशु अन्त्यमा मर्ने गरेका छन् ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]