अर्थ–वित्त

    Showing 251-260 of 279 items.
  • सुनसरीमा २ सय ६० पत्रकारको कोरोना बिमा

    इटहरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका २ सय ६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीकाअनुसार युनियन कार्यसमितिले जिल्लाका २ सय ६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको हो । ‘हामीले जिल्लामा सक्रिय रहेका २ सय ६० जना सञ्चारकर्मीहरुको कोरोना बीमा गरेका हौँ,’ अधिकारीले भने, ‘अहिले दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको र पत्रकार पनि असुरक्षित रहेकाले हामीले कोरोना बीमा गरेका हौँ ।’ उनका अनुसार फ्रन्टलाइनमा रहेर सक्रिय काम गर्दै आएका सञ्चारकर्मीहरुमा पनि कोरोना देखिएपछि बीमा कार्यक्रम अगाडि ल्याइएको उनले बताए । उनका अनुस

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 343 पटक पढिएको
    • "नेपाल रेखा"
  • संघीय सरकारले ल्यायो रोजगार केन्द्रित बजेट

    इटहरी । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ लागि प्रस्तुत गर्नुभएको बजेटमा रोजगारीलाई प्राथमिकतामा राखिएको छ । गरीबी निवारण कोषद्वारा प्रवद्र्धित ३२ हजारभन्दा बढी संस्थालाई सहकारी प्रणालीमा रूपान्तरण गरी १ लाख ५० हजार रोजगारी सृजना गरिने अर्थमन्त्रीले बजेट वक्तव्यमा भनेका छन् ।वैदेशिक रोजगार प्रवद्र्धन कोषलाई रोजगारी पुनःस्थापना गर्ने कार्यक्रममा उपयोग गर्ने सरकारको तयारी छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको शीप, अनुभव र रुचिको अभिलेख बनाई उनीहरूलाई देशभित्र नै रोजगारी दिने नीति सरकारले लिएको छ । हेरौं सरकारको तयारी बुँदागत रुपमाः –स्थानीय तहबाट सञ्चालन हुने

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 461 पटक पढिएको
    • "नेपाल रेखा"
  • दक्षिण कोरियामा २० लाख बेरोजगार

    सउल । दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका कारण व्यापार व्यवसायमा परेको नकारात्मक मन्दी, सामाजिक दूरी बनाउनुपर्ने बाध्यता र आन्तरिक तथा बाह्य निर्यातमा उच्च गिरावट आएसँगै यो सङ्ख्या बढेको हो । कोरोना भाइरस महामारीका कारण पार्टटाइम रोजगारी गर्ने अधिकांशको रोजगारी गुम्नुका साथै पूर्णकालिन रोजगारी गर्नेहरूको समेत काम घटेर बेरोजगार हुनुपर्ने बाध्यता आइलागेको छ । विशेषत सेवा क्षेत्र, उत्पादनमूलक क्षेत्र, होटल तथा पर्यटकीय क

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 381 पटक पढिएको
    • "नेपाल रेखा"
  • घरभाडाको विषय आपसी समझदारीमा मिलाउन अपिल

    पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले होटल सञ्चालक र घरधनीबीच आपसी समझदारीमा घरभाडा छुटसम्बन्धी विषय टुङ्गोमा पु¥याउन आग्रह गरेको छ । सङ्घका तर्फबाट अपिल जारी गर्दै अध्यक्ष विकल तुलाचनले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण अन्य क्षेत्रभन्दा पर्यटन क्षेत्र बढी नै प्रभावित भएको भन्दै भाडाको घरमा सञ्चालित होटल झनै मारमा परेको स्मरण गराउनुभएको छ । विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण होटलका घरधनी तथा सञ्चालकबीच मानवीय तथा आपसी भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउँदै सौहार्दपूर्ण तवरले दुवै पक्षको सहमतिमा छुट तथा सहुलियत प्रदान गरिदिनुहुन अपिल गरिएको छ । विविध जटिल परिस्थिति पार गर्द

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 454 पटक पढिएको
    • "नेपाल रेखा"
  • उपसभामुख पोखरेलद्वारा प्रकोप व्यवस्थापन कोषमा ५० हजार जम्मा

    इटहरी । प्रदेश नम्वर १ सभाकी उपसभामुख शारदा पोखरेलले इटहरी उपमहानगरको प्रकोप व्यवस्थापन कोषमा ५० हजार सहयोग गर्नुभएको छ ।उहाँले सो रकम इटहरी उपमहानगर कार्यालयमै आएर उपमहानगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमलाई हस्तान्तरण गर्नुभयो । इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा उपसभामुख पोखरेलले व्यक्तिगत तवरबाट ५० हजार सहयोग गर्नुभएकोमा सम्पूर्ण नगरवासीको तर्फबाट प्रमुख चौधरीले उहाँलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 510 पटक पढिएको
    • "नेपाल रेखा"
  • सांसद बिकास कोषलाई कोरोना कोषमा परिणत गर्न सांसद रामकुमारी चौधरीको सुझाव

    काठमाडौं । संसदमा अर्थ मन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ का सिद्धान्त र प्राथमिकतामा सुझाव दिने सिलसिलामा सांसद रामकुमारी चौधरीले सांसद बिकास कोषमा छुट्याउदै आएको रकम कोरोना कोषमा लगाउनु पर्ने सुझाव दिनु भएको छ । कोभिड–१९ ले विश्व भरी नै मानव जातीलाई बिनास गर्नेगरि महामारी फैलिरहेको सन्दर्भमा नेपाल सरकारको तयारीमा भने अपुग रहेको उहाँको भनाई छ । अहिले नेपाल सरकारले कोरोना परिक्षण एक दिनमा १८०० जनाको दरले मात्रै गरिरहेको र अहिलेकै गतिमा मात्रै परिक्षण गरे ३ करोड नेपालीलाई परिक्षण गर्न बर्षौ लाग्ने सांसद चौधरीले बताउनु भयो । परिक्षणलाई तिव्र गतिमा अघि बढाउनु पर्ने आ

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 557 पटक पढिएको
    • "नेपाल रेखा"
  • अर्थतन्त्रलाई आत्मनिर्भर र रोजगारमुखी बनाईनु पर्ने

    काठमाण्डौ । सरकारले अर्थतन्त्रलाई आत्मनिर्भर र रोजगारमुखी बनाउनु पर्ने भन्दै सांसदहरुले आ–आफ्नो धारणाहरु ब्यक्त गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा आब २०७७÷७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताब बाहेक) सम्बन्धमा छलफल भएको छ । छलफलमा भाग लिँदै सवै सांसदहरुले कोभिड–१९ ले पारेको नकारात्मक असरलाई पनि ध्यानमा राखेर आर्थिक विकासका योजना अघि बढाउनु पर्ने कुरा धारण राखेका छन् । अर्थमन्त्रि डा. यूवराज खतिवडाले पेश गरेको बिधेयक आफैमा महत्वपुर्ण रहेको बताउँदै सांसदहरुले यसलाई बढि प्रभावकारी बनाएर बजेट ल्याउनु पर्ने छलफलमा सहभागी सांसदहरुले सुझाएका छन् । सांसदहरु

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 440 पटक पढिएको
    • "नेपाल रेखा"
  • लकडाउनकैबीच इटहरीमा बजेटको तयारी

    इटहरी । इटहरी उपमहानगरमा लकडाउनकै विच वजेट नीति तथा कार्यक्रम निर्माणका लागि तयारी सुरु गरिएको छ । यसैक्रममा उपमहानगरले बिभिन्न महाशाखा तथा शाखा प्रमुखहरुसँग छलफल अघि बढाएको छ । महाशाखा तथा शाखा प्रमुखहरुसँग चालु आर्थिक बर्षमा भएको प्रगतिका बारेमा समीक्षा गरिएको उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले बताउनुभयो । छलफलमा महाशाखा तथा शाखा प्रमुखहरुले अहिले सम्म के के भए के के वाँकी छ अब के के गर्न सकिन्छ भन्ने बारेमा र वजेट कार्यान्वयनको अवस्था प्रस्तुत गरेका छन् । वैशाख ३१ गते कार्यपालिकाको बैठक बसेर बाँकी अवधिमा कसरी प्रभावकारी ढंगले वजेट कार्यान्वयन गर्दै विकास निर्माणलाई अघि वढाउन सकिन्छ भन्ने

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 450 पटक पढिएको
    • "नेपाल रेखा"
  • राइस मिलको गोदाम सिल गरियो

    लहान । गोलबजार नगरपालिकाको अनुगमन टोलीले नियमविपरीत सञ्चालन गरेको भन्दै एक राइस मिलको गोदाम सिल गरेको छ । गोलबजार नगर उपप्रमुख रेशम थापाको नेतृत्वको सर्पपक्षीय बजार अनुगमन टोलीले पसलको स्वीकृति लिएर राइस मिल सञ्चालन गरेको भन्दै गोलबजार नगरपालिकास्थित शिवनाथ साहको राइस मिलको गोदाम सिल गरेको हो । राइस मिलले कुटानी पिसानीको स्वीकृति लिएर पिठो प्याकिङ गरी बिक्री गर्ने गरेको, प्याकिङमा मूुल्य उल्लेख नभएको, उत्पादन मिति र समाप्ती मिति उल्लेख नभएको पाइएपछि गोदाममा सिल गरिएको उद्योग व्यापार सङ्घ गोलबजारका अध्यक्ष भरत अग्रवालले जानकारी दिनुभयो । यस्तै अनुगमन टोलीले गोलबजारमा सञ्चालित विभिन्न किराना पस

    • प्रकाशित मितिः वैशाख २८, २०७७
    • 544 पटक पढिएको
    • "नेपाल रेखा"
  • खाद्य कम्पनीबाट तराईमा २० हजार क्विन्टल चामल बिक्री

    काठमाडौँ । लकडाउनका समयमा तराईका नौ जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयबाट २० हजार ४११ क्विन्टल चामल बिक्रीवितरण भएको छ । दुर्गम जिल्लामा मात्र बिक्री हुुँदै आएको कम्पनीको चामल लकडाउनका कारण तराइका जिल्लामा समेत बिक्री हुन थालेको कम्पनीले जनाएको छ । “तराइका जिल्लाहरूमा कम्पनीको खाद्यान्न बिक्री हुने गरेको थिएन, हामीले भण्डारण मात्र गरेर राख्ने गरेका थियौँ”, कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले भन्नुभयो, “तराईमा राखिएको भण्डारणबाट विभिन्न दुर्गम जिल्लाहरूमा खाद्यान्न पठाउने गरेका थियौँ तर लकडाउनको समयमा पर्याप्त मात्रामा खाद्य पदार्थको बिक्रीवितरण भएको

    • प्रकाशित मितिः वैशाख २६, २०७७
    • 386 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]