दक्षिण कोरियामा २० लाख बेरोजगार

  • जेठ ६, २०७७ / "नेपाल रेखा"
alt

सउल । दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बोरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका कारण व्यापार व्यवसायमा परेको नकारात्मक मन्दी, सामाजिक दूरी बनाउनुपर्ने बाध्यता र आन्तरिक तथा बाह्य निर्यातमा उच्च गिरावट आएसँगै यो सङ्ख्या बढेको हो ।

कोरोना भाइरस महामारीका कारण पार्टटाइम रोजगारी गर्ने अधिकांशको रोजगारी गुम्नुका साथै पूर्णकालिन रोजगारी गर्नेहरूको समेत काम घटेर बेरोजगार हुनुपर्ने बाध्यता आइलागेको छ । विशेषत सेवा क्षेत्र, उत्पादनमूलक क्षेत्र, होटल तथा पर्यटकीय क्षेत्रमा रोजगारी गुमाउनेको सङ्ख्यामा अत्यधिक वृद्धि भइरहेको छ । बेरोजगारीको अर्को महत्वपूर्ण कारण निर्यातमा उच्च गिरावट हुनु हो । फेब्रुअरीदेखि कोरोना महामारी देखिएसँगै निर्यातदर घटेको थियो । गत अप्रिलमा २४.३ प्रतिशतले घटेको निर्यात मे महिनामा अझ घटेर ४६.५ प्रतिशतमा आइपुगेको छ ।

यसरी उत्पादित समानको निर्यात गर्न नसक्दा अधिकांश कम्पनीको उत्पादन घट्नुका साथै कर्मचारी कटौतीमा समेत उल्लेख्य वृद्धि हुन थालेपछि बेरोजगारीको सङ्ख्या ह्वात्तै बढेको हो । यसरी बेरोजगारी दर बढेपछि रोजगारीको सिलसिलामा कोरिया आइपुगेका नेपालीहरूमाथि पनि प्रभाव देखिन थालेको छ । नेपालीले काम गर्ने केही कम्पनीमा काम घटेपछि न्यूनतम काम पनि हुन नसकेको, सिफ्ट छुट्याएर दुई–दुई हप्तामा पालो गर्दै काम गर्नुपरेको र इच्छाविपरीत पनि बिदा बस्नुपर्ने बाध्यता रहेको बताउँछन् । (एजेन्सीबाट)

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]