कृषि

    Showing 151-160 of 207 items.
  • धानमा रोग लागेपछि किसान चिन्तित

    चितवन । धानमा विभिन्न किसिमको रोग देखिए पछि यहाँका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञानकेन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ ।भरतपुर महानगरपालिका–२१ पार्वतीपुरकी रोसनी ढकाल ओआर धानमा लागेको रोगको बारेमा जानकारी लिन ज्ञानकेन्द्रमा नमुना लिएर आइपुगेकी थिइन् समयमा युरिया र पोटास मलको कमी भएका कारण उनको धानमा पहेंले रोग लागेको देखियो । उनले सुनाइन्, “औषधि गर्दागर्दै धान मर्ने हो की भन्ने चिन्ता छ ?” समयमा मल नपाउँदा धानमा समस्या देखिएको भन्दै ढकालले भनिन् “धान लगाउँदा २० हजार खर्च आयो । अब रोगले गर्दा लगान

    • प्रकाशित मितिः असोज ६, २०७९
    • 117 पटक पढिएको
    • नेपाल रेखा
  • बीमा र अनुदानले चौँरीपालक किसान उत्साहित

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका चाँैरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने आम्दानीको दरिलो माध्यम बनेको छ । परम्परागतरूपमा पालिने चौँरीलाई व्यावसायिक रूप दिएपछि स्थानीयवासीले चौँरी लोप हुन नदिन अभियान नै सञ्चालन गरेका छन् । लिस्तीमाथि छगाम बगामको चौँरीखर्कमा ६० चौँरी थपिएका छन् । एशियन नेपाल र सेन्डाकले संयुक्तरूपमा चौँरीपालक किसानलाई ५३ लाख अनुदान दिएको छ । साठी चौँरीका लागि ३३ लाख र खानेपानीसहित अन्य व्यवस्थापनका लागि २० लाख अनुदान उपलब्ध भएको हो । स्थानीय न

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 115 पटक पढिएको
    • नेपाल रेखा
  • उखुमा रेडरड रोगको समस्याले किसान चिन्तित

    कञ्चनपुर । बेलौरी नगरपालिका–८ का किसानले रोपेका उखुखेतीमा रेडरड (रातो सडन) रोग समस्या देखापरेको छ । किसानले ६० बिघा बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो ।पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखापरेको नगरपालिका कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिए । “किसानले रोपेको १५ बिघा बढीको उखु पूरै सखाप भएको छ”, उनले भने, “अरु किसानको १० प्रतिशतदेखि ८० प्रतिशतसम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ ।” सिओ–२३८ र सिओ–२०८ जातका उखुमा रोग बढी देखापरेको छ । “यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पूरै रातो देखिने गरेको छ, उखु सड

    • प्रकाशित मितिः भदौ २८, २०७९
    • 180 पटक पढिएको
    • नेपाल रेखा
  • अज्ञात रोगले मनाङका चौरी बिरामी पर्न थाले

    मनाङ । हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ ।केन्द्रका प्रमुख नारायण कुसुमले खर्कका चौरी मरेको थाहा पाउनासाथ स्थलगतरूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको जानकारी दिए । “ङावल क्षेत्रको खर्कमा चौरीमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकहरूले भ्यागुते रोगको आशङ्का गरेका छन् । चौरीको रगत तथा बोनम्यारोको प्राप्त नमूना परीक्षणबाट भ्यागुते रोगको पुष्टि हुन बाँकी नै छ”,उनले भने ।समुद्र सतहदेखि चार हजार पाँच सय मिटर

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 112 पटक पढिएको
    • नेपाल रेखा
  • हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

    तनहुँ । तनहुुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई१० हजार अनुदान दिने भएको छ । पछिल्लो समय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरु पालनलाई विस्थापित गर्दै लगेको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरु पालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उनले बताएका छन् । गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । प्रतिलिटर दूधमा दश त्यसैगरी गाउँपालिकाले दुग्ध उ

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 124 पटक पढिएको
    • नेपाल रेखा
  • सिँचाइ अभाव र युवाको पलायनसँगै बाझिँदै जग्गा

    लेटाङ । आठ दश वर्षअघिसम्म लटरम्म तोरी र मकै फल्ने बारी अहिले सिँचाइको अभावले बाझिँदै गएका छन् । आकासे पानीको भरले थेगेको मोरङको लेटाङ नगरपालिका–१ को राजारानी क्षेत्र बाझिँदै गएको हो ।यस क्षेत्रमा धान रोप्ने चलन पहिलेदेखि नै थिएन तर तोरी र मकै चाँहि राम्रै फल्ने गरेको बताउछि ७६ वर्षीया आशमाया मगर । खेतबारीमा राम्रो उब्जाउ हुन छाडेपछि यहाँका युवा वैदेशिक रोजगारीमा खाडीमुलुक जान थाले । “रोप्न सके कोदो त अलिअलि फल्थ्यो तर कसले रोप्ने सबै युवा विदेश गए”, आशमायाले दुःखेसो गरिन् ।राजारानी क्षेत्रमा करिब एक सय २० रोपनी जग्गा छ तर अधिकांश जग्गा बाँझै छ । करिब ४० रोपनी जग्गामा केरा खेत

    • प्रकाशित मितिः भदौ १८, २०७९
    • 161 पटक पढिएको
    • नेपाल रेखा
  • ड्रागनफ्रुटबाट वार्षिक एक करोड आम्दानी

    पथरी । गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, मोरङ सुनवर्सी नगरपालिका–१ का गणेश राई । बन्दाबन्दीको असरले निर्माण व्यवसाय छाडी ड्रागनफ्रुट खेतीमा लागेका उनलाई यतिबेला भ्याइ–नभ्याइ छ ।राईले दुई वर्षअघि ठूलो चुनैती मोलेर एक करोडको लगानीमा फार्म सञ्चालनमा गरेका थिए । विसं २०७७ मा तुर्छा ड्रागनफ्रुट तथा बहुउद्देश्यीय कृषि फार्ममार्फत ड्रागनफ्रुट खेती सुरु गरेका उनले एक वर्षमै बिरुवा बेचेर लगानीसमेत उठाइसकेका छन् ।तीन महिनासम्म १५–२० कामदार लगाएर रोपेको तीन हजार दुई सय पोल ड्रागनफ्रुटले यतिखेर राम्रै उत्पादन दिएको छ । राईको फार्ममा सायमा रेड सी प्रजाति (रातो

    • प्रकाशित मितिः भदौ १४, २०७९
    • 517 पटक पढिएको
    • नेपाल रेखा
  • धानको गाँज मर्न थालेपछि किसानलाई चिन्ता

    बलेवा । बागलुङ नगरपालिका–१२ अमलाचौरको सतीपोखराका सोमनाथ पौडेलले खेतमा लगाएको धानबालीका गाँज मर्न थालेका छन् । जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोरेका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन् ।उनले यसअघि खेतमा मकै र धानका बिरुवा मरेको देखेका थिएनन्। सिँचाइ नभएको ठाउँमा मात्रै होइन, प्रशस्त सिँचाइ भएको खेतमा समेत धानका गाँज मरेका छन् । गाँज मर्ने रोगको विषयमा किसान अनभिज्ञ छन् । मकैबालीमा मात्रै रासायनिक मलको प्रयोग गर्ने पौडेलले कहिल्यै धानमा रासायनिक मल हालेनन् । घरमै उत्पादन हुने प्राङ्गारिक र गोबर मलको भरमा उनले खेतबारीबाट राम्रै उत्पादन लिने गर्

    • प्रकाशित मितिः भदौ १०, २०७९
    • 169 पटक पढिएको
    • नेपाल रेखा
  • गण्डकीमा मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन

    वालिङ । गण्डकी प्रदेशमा आवश्यकमध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा उन्नत जातका बीउ ७० प्रतिशत अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था छ ।वार्षिकरूपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक टन गहुँको बीउ र ३२ हजार मेट्रिक टन आलुको बीउ आवश्यक पर्ने कृिष विकास श्रोत केन्द्र स्याङ्जाका बाली विकास अधिकृत सुदीप रेग्मीले जानकारी दिए । “गण्डकीका एघारवटै जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास श्रोत केन्द्रले विशेष गरी बीउ खाद्यान्न तथा तरकारीबालीका विभिन्न प

    • प्रकाशित मितिः भदौ ५, २०७९
    • 126 पटक पढिएको
    • नेपाल रेखा
  • रातभर लाइनमा बस्दा किसानले युरिया मल किन्न पाएनन्

    धिरेन्द्रकुमार चौधरी रामधुनी । युरीया मल किन्न सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ९ का कृषकहरू आइतबार रातभरी र सोमबार दिनभरी लाइनमा बसेका छन् ।आइतबार युरीया मल आएकोले सोमबार बिहान १० बजेदेखि युरीया मल बिक्री हुने खबर पाउना साथ किसान थाह पाएर रातिदेखिनै लाइनमा बसेका हुन् । मल बिक्रि केन्द्र बिहान १० बजे खुल्ने र ५ बजे बन्द हुने गर्छ । अगाडि लाइनमा बसेपछि मल पाउने आशामा एक दिन अगाडिदेखिनै किसान लाइनमा बस्न बाध्य भएका हुन् । लाइनमा आ– आफ्ना बोरा राखी आफ्न्तकोमा र चौतारामा कुरेर किसान बसेका थिए ।रामधुनी नपा–९ मा नव जागरण महिला कृषि सहकारी संस्थाले मल बिक्री गर्छन् । सोमबार त्यहाँ म

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 421 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]