उखुमा रेडरड रोगको समस्याले किसान चिन्तित

  • भदौ २८, २०७९ / नेपाल रेखा
alt

कञ्चनपुर । बेलौरी नगरपालिका–८ का किसानले रोपेका उखुखेतीमा रेडरड (रातो सडन) रोग समस्या देखापरेको छ । किसानले ६० बिघा बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो ।
पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखापरेको नगरपालिका कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिए । “किसानले रोपेको १५ बिघा बढीको उखु पूरै सखाप भएको छ”, उनले भने, “अरु किसानको १० प्रतिशतदेखि ८० प्रतिशतसम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ ।” सिओ–२३८ र सिओ–२०८ जातका उखुमा रोग बढी देखापरेको छ । “यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पूरै रातो देखिने गरेको छ, उखु सडेर नराम्रो गन्धसमेत आउँछ, यो एक प्रकारको उखुमा लाग्ने क्यान्सर नै हो”, शाखा प्रमुख भट्टले भने, “यसको रोकथामका लागि किसानलाई ढुसीनाशक विषादी उपलब्ध गराउने कार्य भइरहेको छ ।” चिनी मिलले समेत किसानलाई सल्लाहसँगै विषादी उपलब्ध गराएको छ ।
उखुखेती गरेका किसान कर्मु रानाले उखु बालीमा रेडरड नामक रोगले नोक्सानी गर्न थालेको बताए । “उखुखेती गरिएको पाँच बिघा जग्गाको धेरै ठाउँमा रोग देखापरेको छ”, उनले भने, “रोगबाट उखु जोगाउनका लागि ढुसीनाशक विषादी छर्कने कार्यमा जुटेको छु । रोपेको १० प्रतिशतमा रोग देखिएको छ ।” अर्का किसान भम्टा रानाले तीन बिघा जग्गामा उखुखेती गरिएकोमध्ये एक बिघा जग्गाको उखु रोगका कारण पूरै सुकेर नोक्सानी भएको बताए ।
“ऋण लिएर उखुखेती गरेको थिएँ”, उनले भने, “उखु रोगका कारण सुकेपछि तीन लाख बढीको नोक्सानी व्यहोर्नुपरेको छ ।” “सुरुआतमै रोग लाग्न लागेको बेला ढुसीनाशक विषादी छर्किए यसले नियन्त्रण गर्छ”,उखु किसान असारे वडाकले भने, “रोग लागिसकेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ ।” व्यापकरूपमा रोग फैलिएकाले उखु काटिँदासम्म निकै नोक्सान पु¥याउने उनले बताए ।
अहिलेसम्म एक सय ५० किसानले रोपेको उखु बालीमा नोक्सनी भएको छ । यसबाट उनीहरूले ५० लाख बढीको नोक्सानी व्यहोरेका छन् । नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिक हरिश सेठीका अनुसार यस रोगको लक्षण साउनबाट उखुमा लाग्न सुरु हुन्छ । यसको बेलैमा उपचार गरिएन भने पछि यसले उखुमा धेरै नोक्सान पु¥याउँछ । “उखुकोे पातमा सेतो धब्बाहरू देखिने, सुक्ने, डाँठ सानो र खुम्चिने हुन्छ”,उनले भने, “उखुको भित्र–भित्र कुहिदै जान्छ । बेलैमा रोगको पहिचान भए उखुलाई रोग लाग्नबाट बचाउन सकिन्छ ।” उखु रोप्दा बीउलाई उपचार गरेर मात्रै रोप्नुपर्ने उनले बताए । बेलौरीका ८० प्रतिशत बढी किसानले उखुखेती गर्दै आएका छन् ।

तनहुँ जलविद्युत् आयो ...

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्यु ...

सुरक्षण मुद्रण केन्द ...

काभ्रेपलाञ्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस ...

रानी नाकालाई व्यवस्थ ...

विराटनगर / नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपम ...

इटहरीमा वर्षमान पुनक ...

इटहरी । नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय ज ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]