कृषि

    Showing 111-120 of 207 items.
  • सहिद परिवारको धान काट्न पुग्यो माओवादीको अभियान टोली

    इटहरी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग आबद्ध नेता, कार्यकर्ताले सहिद परिवारको खेतमा गएर धान काटेका छन् । शनिबार सो पार्टीकी केन्द्रीय सदस्य उमिता विश्वकर्मा (रिमा) को नेतृत्वमा मोरङको केराबारी–९ मा सहिद परिवार शर्मिला सुवेदीको खेतमा गएर धान काटेका हुन् । ‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ दिएर जनसम्बन्धलाई सुदृढ बनाउने लक्ष्यका सामूहिक श्रममा सहभागि भएको लेटाङ केराबारी अभियान इन्चार्जसमेत रहेकी केन्द्रीय सदस्य रिमाले बताइन् । सो अभियान थालनीको दिन पनि केराबारीमा श्रमदान गरिएको थियो ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • 486 पटक पढिएको
    • नेपाल रेखा
  • जिवीका कृषि कलेजमा गाई पालन

    इटहरी । कृषि उत्पादन, कृषि शिक्षा र कृषि पर्यटनमा जोड दिदै सुनसरीको रामधुनीमा सञ्चालित जिवीका कृषि सहकारी संस्थाले कृषिसंग सम्वन्धीत बहुआयमिक गतिविधिहरु गर्दै आएको छ । कृषि विज्ञहरु उत्पादनका लागि प्रयोगात्मक अध्ययन र कृषि पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्य सहित सञ्चालित जिवीका कृषि सहकारी संस्थाले कृषि कलेज समेत सञ्चालनमा ल्याएको छ । कृषि उत्पादन बढाउने साथै रोजगारी सिर्जना गर्ने र कृषि पर्यटकहरु भित्रयाउने उद्देश्यले २०७१ सालमा स्थापित जिवीका कृषि सहकारी संस्था लिमिटेडले सुनसरीको रामधुनी नगरपालिका–६ मा वहुआयामिक कृषि फार्म, जिवीका कृषि विज्ञान कलेज सञ्चालनमा ल्याएको हो । कृषि फार्म, कृष

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • 162 पटक पढिएको
    • नेपाल रेखा
  • वर्षा र हावाहुरीले केराखेतीमा क्षति

    टीकापुर । यो समय केरा किसानले उत्पादन बजारमा पठाउने हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगैको हावाहुरीले किसानलाई नोक्सान भएको छ । हावाहुरीले केराखेतीमा लाखौँ रुपैयाँको क्षति पुर्याएको किसानको भनाइ छ । गत असोज २९ गते वर्षासँगै आएको हावाहुरीले कैलालीमा धानबाली र केराखेतीमा क्षति भएको छ । पाँच बिघा क्षेत्रफलमा केराखेती गर्नुभएका टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ । बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालेको छ । उत्पादन लिने समयमा हावाहुरीले एकैपटक क्षति पुर्य

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • 124 पटक पढिएको
    • नेपाल रेखा
  • गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै

    रामपुर । ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हँुदै गएको बताउनुहुन्छ, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा । “जवानी उमेरमा दिनभर बारीमा साथीहरुसँग कोदो रोप्दा रमाइलो हुन्थ्यो, घरमा मुरीका–मुरी उब्जन्थ्यो, अहिले त सबैले लगाउन छाड्दै गए, गाउँमा कोदो खेती गर्न कसैले चाख मान्दैनन्”, उहाँले भन्नुभयो । उहाँले आफूले जान्ने बुझ्ने उमेर भएदेखि नै कोदो खेती गरे तापनि अहिले आएर सबैले खेती गर्न छाड्दै जाँ

    • प्रकाशित मितिः असोज २७, २०८०
    • 159 पटक पढिएको
    • नेपाल रेखा
  • किसानको पीडा सुन्दै शिव डाँगी

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश १ उपाध्यक्ष शिवकुमार डाँगी यतिबेला संखुवासभाको मादी र धर्मदेवी नगरपालिकामाजनतासँग माओवादी विशेष रुपान्तरण अभियान चलाइरहेका छन् ।घर घरमा माओवादी जन जनमा माओवादीको नारा दिएर चलाइएको यो अभियान निरन्तर चलिरहेको छ । अभियानको उद्घाटन भदौ १६ गते देशैभर वडास्तरबाट एकैसाथ गरिएको थियो । अभियान अन्तरगत उपाध्यक्ष डाँगीले धर्मदेवी वडा नम्बर–४ सल्लेमा किसानहरुसंग भेटघाट गरेका छन् । त्यहाँका किसानहरूले सुन्तला, एवोकार्डोलगायत फलफूल खेति गरेका छन् । गत वैशाखमा परेको असिनाले सुन्तला, एवोकार्डाेलगायत बाली क्षति गरेपछि पीडित किसानहरु राहतको पर्खाइ

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • 130 पटक पढिएको
    • नेपाल रेखा
  • कृषि क्षेत्रको विकासका लागि प्रदेशस्तरीय कार्यालय खुले

    इटहरी । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि क्षेत्रको विकासका लागि प्रदेशस्तरीय कार्यालय खोलेको छ ।लिमिटेडले कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दिगो सेवा प्रदान गर्ने अभिप्रायले प्रदेशस्तरीय शाखा खोलेको हो । जसमा कोशी प्रदेशको इटहरीसहित मधेश प्रदेशको बर्दिवास, वागमतीको काठमाडौ, लुम्विनीको बुटवल, कर्णलीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरीय कार्यालय खुलेका हुन् । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको स्याङ्जा र चितवनमा फार्म उत्कृष्टता केन्द्र रहेको छ । लिमिटेडमार्फत कृषिमा लगानी प्रवद्र्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकहरुलाई

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • 171 पटक पढिएको
    • नेपाल रेखा
  • धानखेत गोड्दै ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’को थालनी

    इटहरी । मोरङको बुढीगंगा गाउँपालिकामा जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको शनिबार उद्घाटन गरिएको छ । बुढीगंगा गाउँ पार्टी अध्यक्ष डिल्ली आचार्यको धानखेत गोडेर तीन महिने अभियान उदघाटन गरिएको नेकपा (माओवाद केन्द्र) कि केन्द्रीय सदस्य अनिता परियारले बताइन् । अध्यक्ष आचार्य मोटरसाइकल दुर्घटनामा परि उपचारत रहेका छन् । संविधानसभा सदस्यसमेत रहेकी परियारलाई यस पालिकामा अभियान संचालन गर्ने जिम्मेवारी तोकिएको छ । साथै बुढीगंगा गाउँपालिकाकै वडा नम्बर ७ मा वृक्षरोपण गरि सो अभियानको उद्घाटन गरिएको छ । सार्वजनिक स्थानमा सरसफाई गरि अभियानलाई अघि बढाइएको परियारले जानकारी दिइन् । सोही पालिकाको वडा नं. १, २,

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • 800 पटक पढिएको
    • नेपाल रेखा
  • कृषि अनुसन्धान निर्देशनालय तरहरामा बार्षिक कार्यक्रमको समीक्षा

    इटहरी । कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश तरहरा अन्तर्गत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुको चौथो त्रैमाशिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।कृषिमा नयाँ जात र प्रविधिका क्षेत्रमा अनुसन्धान गर्दै आएको कृषि अनुसन्धान निर्देशनालय तरहरा अन्तर्गत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुले गर्दै आएको अनुसन्धान, प्रगति लगायतका विषय केन्द्रीत समीक्षा गरिएको हो ।कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश निर्देशक केवशप्रसाद श्रेष्ठको अध्यक्षता तथा उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका सचिव डा.लेखराज पौडेलको प्रमुख आतिथ्यमा समीक्षा कार्यक्रम सम्पन्न भएकोे थियो 

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 150 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरी उपमहानगरपालिकाद्वारा किसानलाई कृषि सामग्री वितरण

    राजन केडीइटहरी । इटहरी उपमहानगरपालिकाले कृषि सामग्री वितरण गरेको छ । उपमहानगर भित्रका विभिन्न वडाका किसानलाई आधुनिक उपकरणको प्रयोग गर्न सिकाउने र उत्पादनमा बृद्धि गर्ने उद्देश्यले कृषि सामग्री वितरण गरिएको हो ।आर्थिक वर्ष २०७९–८० को साझेदारी कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको इटहरी उपमहानरपालिकाको कृषि विकास शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिइन् ।किसानलाई ३० थान पावर टिलर, २५ प्रतिशत अनुदानमा ३ सय ७ थान स्प्रे, मल्चिङ्ग प्लाष्टिक गरिएको शाखा प्रमुख अधिकारीले बताइन् । पावर टिलर पाउने किसानहरुमा नरेशकुमार चौधरी इटहरी–१, मनोजकुमार चौधरी इटहरी–२, र

    • प्रकाशित मितिः असार २४, २०८०
    • 167 पटक पढिएको
    • नेपाल रेखा
  • उन्नत जातका बाख्रा पाल्दै स्वरोजगार बन्दै

    राजन केडीइटहरी । स्वदेशमै स्वरोजगार सिर्जना उद्देश्यले संचालन गरिएको इटहरी कृषि फार्म प्रा.लि.मा आधुनिक खोर निर्माण गरिएको छ ।सुनसरीको इटहरी–७ बज्राहमा संचालित फार्मको आधुनिक खोरमा उन्नत जातका १० बोका र १ सय ११ बाख्रा पालन गरिएको छ । मासुको लागि खसी, बोका पालन, पाठापाठी उत्पादनका लागि बोका–बाख्रा पालिएको फार्मका व्यवस्थापक निर्मल श्रेष्ठले बताए । उनले फार्मबाट आफूसहित ७ जना स्वरोजगार भएको बताए । श्रेष्ठका अनुसार भर्खरै फार्ममा उन्नत जातका बाख्रा खरिद गरि ल्याइएको छ ।फार्ममा ५ हजार लोकल कुखुरासमेत पालन गरिएको छ । त्यसबाट दैनिक ३ सय केजी मासु बजार पठाइरहेको श्रेष्ठले बताए । फार्म संच

    • प्रकाशित मितिः असार १९, २०८०
    • 142 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]