धानखेत गोड्दै ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’को थालनी

  • भदौ १६, २०८० / नेपाल रेखा
alt

इटहरी । मोरङको बुढीगंगा गाउँपालिकामा जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको शनिबार उद्घाटन गरिएको छ ।
बुढीगंगा गाउँ पार्टी अध्यक्ष डिल्ली आचार्यको धानखेत गोडेर तीन महिने अभियान उदघाटन गरिएको नेकपा (माओवाद केन्द्र) कि केन्द्रीय सदस्य अनिता परियारले बताइन् । अध्यक्ष आचार्य मोटरसाइकल दुर्घटनामा परि उपचारत रहेका छन् ।
संविधानसभा सदस्यसमेत रहेकी परियारलाई यस पालिकामा अभियान संचालन गर्ने जिम्मेवारी तोकिएको छ ।
साथै बुढीगंगा गाउँपालिकाकै वडा नम्बर ७ मा वृक्षरोपण गरि सो अभियानको उद्घाटन गरिएको छ । सार्वजनिक स्थानमा सरसफाई गरि अभियानलाई अघि बढाइएको परियारले जानकारी दिइन् । सोही पालिकाको वडा नं. १, २, ३, ४ र ५ मा घर घरमा माओवादी, जन जनमा माओवादी भन्ने सन्देश दिंदै अभियानको थालनी गरिएको छ । अभियान विभिन्न चरणमा तीन महिनासम्म संचालन हुने उनको भनाइछ ।

Anita pariyar sarsafae

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]