राजनीति

    Showing 91-100 of 225 items.
  • कटहरीमा अभियान उद्घाटन गर्दै रक्तदान र वृक्षरोपण

    इटहरी । नेकपा (माओवादी केन्द्र) ले शनिबार मोरङको कटहरी वडा नं. ६ मा वृक्षरोपण गरेको छ । जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन गर्दै वृक्षरोपण गरिएको पार्टीका मोरङ जिल्ला संयोजक विजय विश्वासले बताए । अभियानको नारा घर घरमा माओवादी जन जनमा माओवादी रहेको छ । यसैगरि, अभियान उद्घाटनकै सिलसिलामा कटहरी १ मा सार्वजनिक स्थानमा सरसफाई गरिएको विश्वासले जानकारी दिए । सरसफाई कार्यमा उक्त वडाका माओवादी नेता, कार्यकर्ता सहभागि भएका थिए । अभियान उद्घाटनकै क्रममा विरामीहरुलाई रगत अभाव नहोस् भनी रक्तदान कार्यक्रमको आयोजनासमेत गरिएको छ ।कटहरी ५ मा भने कार्यकर्तालाई अभिमुखीकरण गरि अभियानको थालनी गरिएको

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • 226 पटक पढिएको
    • नेपाल रेखा
  • नेताचोक सरसफाई गर्दै ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु

    इटहरी । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ५ मा रहेको देवी आधारभूत विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ । शनिबार नेकपा (माओवादी केन्द्र) ले थालेको ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन कार्यक्रमको अवसरमा उक्त विद्यालयमा वृक्षरोपण गरिएको हो । अभियान उद्घाटनकै क्रममा ग्रामथानकै नेता चोकमा सरसफाई गरिएको छ । चोक सरसफाईमा ग्रामथान वडा नं. ६ र ७ का माओवादी नेता, कार्यकर्ता खटेका थिए । माओवादीले नेता चोक सरसफाई गर्न थालेपछि स्थानीयवासीहरु पनि हातमा झाडु बोकेर सरसफाईमा जुटेका थिए । चोक सरसफाईपछि नेता चोकमै माओवादीले कोणसभा गरेको थियो । कोणसभालाई सो पार्टीकी केन्द्रीय सदस्य सपना परिय

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • 388 पटक पढिएको
    • नेपाल रेखा
  • भ्रष्टचारी र काला बजारीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कडा कार्बाही गर्ने

    इटहरी । नेपाल कम्युनिष्ट पार्टी सुनसरी जिल्ला समितिको बैठक आइतबार सम्पन्न भएको छ । सुनसरीको इटहरीमा सम्पन्न भएको बैठकले गरेको निर्णय सार्वजनिक गर्न सोमबार सो पार्टीले पत्रकार सम्मेलन गरेको छ । यो पार्टीको नेतृत्व नेत्रविक्रम चन्द (विप्लव)ले गरेका छन् । सुनसरीको नेतृत्व डिबी सीले गरेका छन् । सो पार्टीले पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिएको जनाइएको छ । पत्रकार सम्मेलनमा पार्टीका सुनसरी इन्चार्ज डिबी सीले समाजमा भएको जातीय विभेद र धार्मिक भड्कावको अन्त्य गर्न जनचेतनामुलक कार्यक्रम गर्ने बताए । उनले समाजमा बढ्दो महिला तथा श्रमिक समुदाय माथिको हिंसात्मक घटनाह

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • 597 पटक पढिएको
    • नेपाल रेखा
  • सांसदहरुको आह्वान–सामाजिक सद्भाव कायम राखौँ

    काठमाडौँ । राष्ट्रिसभाका सांसदहरुले सामाजिक सद्भाव कायम राख्न धरानवासीलाई आह्वान गर्नुभएको छ । राष्ट्रिसभाको आज बसेको बैठकको विशेष समयमा सांसदहरुले धरानको ‘गोबध’ प्रकरणले निम्तिएको विवादले सामाजिक सद्भावलाई खलल पुर्याएको भन्दै आपसी भाइचारा र सहिष्णुता कायम गर्न आग्रह गर्नुभएको हो । नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले धरानलगायतका अन्य ठाँउमा आपसी भाइचारा र सामाजिक सदभावलाई खलल पुर्याउने क्रियाकलाप दोहोरिन नदिन आग्रह गर्दै सरकारले यसका लागि थप पहलकदमी लिनुपर्ने बताउनुभयो । “परापूर्वकालदेखि विभिन्न जनजाति, धर्म सम्प्रदाय, संस्कृतिका नागरिकबीच आपसी सम्मान, सद्भाव क

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • 130 पटक पढिएको
    • नेपाल रेखा
  • सपना परियारको नेतृत्वमा कटहरी र ग्रामथानमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान

    इटहरी । नेकपा (माओवादी) केन्द्र मोरङ अन्तर्गत कटहरी गाउँपालिका कमिटीको बैठक शुक्रबार सम्पन्न भएको छ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई प्रभावकारी बनाउन पार्टी केन्द्रीय सदस्य सपना परियारको उपस्थितिमा गाउँ कमिटिका मुख्य नेतृत्वको बैठक राखिएको हो ।प्रदेशसभा सदस्यसमेत रहेकी परियारलाई ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को नेतृत्व गर्न कटहरी गाउँपालिका खटाइएको छ । अभियानको नारा ‘घर–घरमा माओवादी, जनजनमा माओवादी’ रहेको छ । परियारलाई मोरङकै ग्रामथान गाउँपालिकामासमेत अभियानको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । बैठकमा सो पार्टीका मोरङ जिल्ला संय

    • प्रकाशित मितिः भदौ ९, २०८०
    • 171 पटक पढिएको
    • नेपाल रेखा
  • ‘प्रजातन्त्र प्राप्तिका लागि नोना कोइरालाको योगदान स्मरणीय’

    कुमोद अधिकारी विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम नोना कोइराला स्मृति प्रतिष्ठानका संरक्षक डा. शेखर कोइरालाले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि नोना कोइरालाले पुर्याएको योगदानको सदैव स्मरण रहिरहने बताएका छन् । विराटनगरमा आइतबार आयोजित प्रतिष्ठानको साधारणसभाको उद््घाटन गर्दै उनले राष्ट्र, राष्ट्रियता प्रजातन्त्र स्थापनाका लागि नोना कोइरालाको योगदान कहिल्यै बिर्सन नसकिने उल्लेख गरे । नेपालको राजनीतिमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्दछ भन्ने पहिलो महिला नोना कोइराला रहेको उनले उल्लेख गरे । पञ्चायतको प्रतिबन्धित कालमा पनि नोना कोइरालाले प्रजातन्त्र स्थापना र सामाजिक

    • प्रकाशित मितिः साउन १५, २०८०
    • 123 पटक पढिएको
    • नेपाल रेखा
  • यी ठाउँहरुमा हुदैछ एमालेको प्रदेश कमिटीहरुको अधिवेशन

    काठमाडौं । नेकपा (एमाले) ले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार सम्बद्ध प्रदेश कमिटीको बैठकले आ–आफ्ना प्रदेशको अधिवेशन तोकेका हुन् । कोशी प्रदेशको आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र ६ गते जनकपुरमा, बागमतीको असोज ८ र ९ गते काठमाडौँमा अधिवेशन हुने गौतमले बताए । उनका अनुसार लुम्बिनीको भदौ १६ र १७ गते बुटवलमा, कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२ र २३ गते धनगढीमा अधिवेशन तोकिएको छ । उहाँले गण्डकी प्रदेशले

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 140 पटक पढिएको
    • नेपाल रेखा
  • सामान्य मतभेद हुने वित्तिकै संसद् अवरुद्ध गर्ने परिपाटीको अन्त्य गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामान्य विषय उठ्ने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उनले सामान्य बिमती हुने वित्तिकै संसद् नै अवरोध गर्ने रोग हटाउनुपर्ने बताए। प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्नसमेत गरे । प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले मतभेदका पनि आफ्ना सीमा र मर्यादा रहेको बताए । प्रधानमन्त्री दाहालले भने, “मतभेदका पनि आफ्ना मर्यादा हुन्छ, आवेग र हतारमा टिप्पणी नगरौँ ।&rdqu

    • प्रकाशित मितिः असार २६, २०८०
    • 195 पटक पढिएको
    • नेपाल रेखा
  • समाजवाद स्थापना गर्ने उद्घोषसहित समाजवादी मोर्चा घोषणा

    काठमाडौं । संविधान प्रदत्त समाजवाद स्थापना गर्ने लक्ष्यका साथ विभिन्न चार राजनीतिक दलले सोमबार समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताले अवधारणापत्रमा हस्ताक्षर गर्दै मोर्चा घोषणा गरिएको हो ।अवधारणापत्रमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र न

    • प्रकाशित मितिः असार ५, २०८०
    • 151 पटक पढिएको
    • नेपाल रेखा
  • सामाजिक सुरक्षाले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्छ–कोइराला

    इटहरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने धारणा व्यक्त गरेका छन् । सुनसरीको इटहरीमा शनिबार नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै नै मजदुर आबद्ध भएकाले उनीहरुको पनि सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिए । कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकोमा चिन्ता व्यक्त गरे। “संविधानमा हामीले आठवटा क्लष्टरलाई समेटेका छौं,” उनले भने, “श्रमिक र युवा छुटेका छन् । यसमा नेपाली कांग्रेस गम्भीर छ । तपाईंहरुको सहयोग भएमा आगामी द

    • प्रकाशित मितिः वैशाख ३१, २०८०
    • 113 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]