कटहरीमा अभियान उद्घाटन गर्दै रक्तदान र वृक्षरोपण

  • भदौ १७, २०८० / नेपाल रेखा
alt

इटहरी । नेकपा (माओवादी केन्द्र) ले शनिबार मोरङको कटहरी वडा नं. ६ मा वृक्षरोपण गरेको छ ।
जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन गर्दै वृक्षरोपण गरिएको पार्टीका मोरङ जिल्ला संयोजक विजय विश्वासले बताए । अभियानको नारा घर घरमा माओवादी जन जनमा माओवादी रहेको छ ।
यसैगरि, अभियान उद्घाटनकै सिलसिलामा कटहरी १ मा सार्वजनिक स्थानमा सरसफाई गरिएको विश्वासले जानकारी दिए । सरसफाई कार्यमा उक्त वडाका माओवादी नेता, कार्यकर्ता सहभागि भएका थिए । अभियान उद्घाटनकै क्रममा विरामीहरुलाई रगत अभाव नहोस् भनी रक्तदान कार्यक्रमको आयोजनासमेत गरिएको छ ।
कटहरी ५ मा भने कार्यकर्तालाई अभिमुखीकरण गरि अभियानको थालनी गरिएको छ । अभिमुखीकरणमा पार्टी केन्द्रीय सदस्य सपना परियार, कटहरी गाउँ पार्टी अध्यक्ष वीरबुद्ध मुडियारी, उपाध्यक्ष सिता मुडीयारीले सहजीकरण गरेका थिए ।
कटहरी २ मा पनि कटहरी चोक, बजार, बाटो सरसफाई गरि अभियानको थालनी गरिएको सोही वडाकी अभियान इन्चार्ज अन्जना पोखरेलले बताइन् । कटहरीकै १ नं. वडा र ४ नं. वडामा पनि विविध कार्यक्रम गरि अभियान सुरु गरिएको छ ।
यस पालिकामा अभियानलाई अघि बढाउन पार्टी प्रदेश कमिटि सदस्य झलक राजवंशी, जिल्ला कमिटि सदस्यहरु टेकनारायण श्रेष्ठ, किशोरकुमार भट्टराई, श्रीराम कामत, अत्यानन्द राजवंशी, गाउँपालिका कमिटि इन्चार्ज प्रदीप सिंह, नेताहरु अशोक शर्मा, किशोर पाण्डे, सूर्य मुडियारी, विदुर भट्टराईलगायत नेताहरु सक्रिय भएका छन् ।

Aanjana Pokharel

katahari biruwa ropan sita mudiyari

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]