ग्रामथान र कटहरीमा सहिद परिवारसंगको सम्बन्धलाई मजबुद बनाउदै माओवादी

  • भदौ १९, २०८० / नेपाल रेखा
alt

इटहरी । नेकपा (माओवादी केन्द्र) मोरङ अन्तर्गत ग्रामथान र कटहरी गाउँपालिकाको संयुक्त पदाधिकारी बैठक मंगलबार बसेको छ ।
पार्टी केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सपना परियार र प्रदेश पार्टी अध्यक्ष हर्कबहादुर नेम्बाङ्ग (मिक्सो)को उपस्थितिमा झोराहाटमा बैठक बसेको हो ।
बैठकले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । अभियानको उद्घाटन गत शनिबार वडा वडामा विविध कार्यक्रमसहित गरिएको थियो । अभियानपछिको यो पहिलो बैठक हो ।
अभियानकै शिलशिलामा सहिद परिवार, वेपत्ता परिवारसंग पार्टीका केन्द्रीय नेताहरुले भेटघाट गर्ने, सेल कमिटि निर्माण गर्ने, जनवर्गीय संगठन तथा मोर्चाहरुको वडास्तरसम्म भेला गर्ने निर्णय गरिएको छ ।
पार्टी सदस्यता नवीकरण, प्रशिक्षण कार्यक्रम पनि अभियानकै दौरानमा गरिने भएको छ ।
साथै विभिन्न चाड पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान गर्ने पनि निर्णय गरेको छ ।
पालिकाको संयुक्त बैठकले समाजवादी मोर्चाको यही भदौ २५ गते विराटनगरमा हुने सन्देश सभामा सहभागिता जुटाउने सम्बन्धी पनि निर्णय गरेको छ ।
बैठकमा पार्टीका मोरङ संयोजक विजय विश्वास, नेताहरु लोचन धमला, अन्जना, सावित्रा अक्षामी, ताजिम अन्सारी, झलक थारु, सोवितलाल चौधरी, प्रदीप साह, हिरा भगत, हरि विश्वास, चन्द्रकला माझी, किशोर पाण्डे, किशोरकुमार भट्टराई, मदन भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

toli

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]