भ्रष्टचारी र काला बजारीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कडा कार्बाही गर्ने

  • भदौ ११, २०८० / नेपाल रेखा
alt

इटहरी । नेपाल कम्युनिष्ट पार्टी सुनसरी जिल्ला समितिको बैठक आइतबार सम्पन्न भएको छ ।
सुनसरीको इटहरीमा सम्पन्न भएको बैठकले गरेको निर्णय सार्वजनिक गर्न सोमबार सो पार्टीले पत्रकार सम्मेलन गरेको छ । यो पार्टीको नेतृत्व नेत्रविक्रम चन्द (विप्लव)ले गरेका छन् । सुनसरीको नेतृत्व डिबी सीले गरेका छन् ।
सो पार्टीले पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा विभिन्न संघर्षका कार्यक्रम घोषणा गरिएको जनाइएको छ ।
पत्रकार सम्मेलनमा पार्टीका सुनसरी इन्चार्ज डिबी सीले समाजमा भएको जातीय विभेद र धार्मिक भड्कावको अन्त्य गर्न जनचेतनामुलक कार्यक्रम गर्ने बताए । उनले समाजमा बढ्दो महिला तथा श्रमिक समुदाय माथिको हिंसात्मक घटनाहरुलाई निस्तेज पार्न घटना स्थलमा तुरुन्तै पहलकदमी लिएर कार्बाही गर्ने आफ्नो पार्टीको योजना रहेको बताए ।
उनले छिमेकी देश भारतले खाद्य वस्तु चामलमा रोक लगाएर अन्य वस्तुहरुको बजार नेपाललाई बनाउने नियत राखेकोले त्यसको विरोध गर्न आफूहरु बाध्य भएको जानकारी दिए ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार सामुदायिक विद्यालयको विभेदपूर्ण र दोहोरो शिक्षा नीतिको विरोध गर्दै स्वास्थ्य शिक्षालाई सेवामुलक बनाउनु पर्ने भनिएको छ । साथै राष्ट्रिय स्वाभिमान र स्वाधिनतमा विदेशी हस्तक्षेप बढेको भन्दै एमसीसी र एपीपीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी जस्तोसुकै संघर्ष गर्न तयार रहेको डिवी सीले बताए ।
पत्रकार सम्मेलनम लागूऔषध, जाड, रक्सी र जुवातास विरुद्धको कार्यक्रमलाई तिव्रता दिइने बताइयो । भ्रष्ट, कालोबजारी तथा दलाललाई कार्बाही गर्ने पार्टीको योजना रहेको इन्चार्ज डिबीको भनाइछ । प्राकृतिक सम्पदा, उत्खनन्, चोरी निकासी, कर छलीमा संलग्नहरुलाई कडा कडा भन्दा कडा कार्बाही गर्ने उनले उद्घोष गरे ।
भारतबाट भित्रयाउने तरबारीजन्य खाद्य वस्तुहरुलाई सुनसरीको सीमामा गुणस्तर परिक्षण अनिवार्यरुपमा गर्न पहल गर्ने र संघर्ष गर्ने सो पार्टीले जनाएको छ । मानव तस्कार, मिटर ब्याजी विरुद्धको संघर्षलाई तेज पार्ने, सुकुम्बासी समस्यालाई समाधान गर्न दबाब दिने, विकास निर्माणमा पालिकाहरुलाई सचेत गराउनेलगायतका संघर्षका कार्यक्रम पार्टीले अघि सारेको डिबीको भनाइछ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]