पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको टिप्पणी–‘बालेन्द्र–रास्वपा सरकारलाई शंकाको लाभ दिऔं, सय दिनलाई सिकाइको चरण मानौं’

  • असार १९, २०८३ / नेपाल रेखा
alt

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालेन्द्र शाह नेतृत्वको नवोदित दल रास्वपाको एकल सरकारको १०० दिनको कार्यकाललाई लिएर राजनीतिक टिप्पणी गर्दै सरकारलाई तत्काल नकारात्मक निष्कर्षमा पुग्न नहुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले सरकारको १०० दिनबारे आ–आफ्नो राजनीतिक दृष्टिकोणअनुसार फरक मूल्यांकन हुनु स्वाभाविक रहेको उल्लेख गरेका छन् । उनले ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने उक्ति उद्धृत गर्दै मूल्यांकन हेर्ने दृष्टिकोणमा निर्भर हुने बताएका छन् ।
भट्टराईले पुरानो संसदीय राजनीतिको निरन्तरताको दृष्टिबाट हेर्दा सरकारको सय दिन उल्लेखनीय उपलब्धिमूलक नदेखिन सक्ने र परम्परागत शासकीय शैली भत्किने संकेतले केहीमा चिन्ता पैदा हुन सक्ने टिप्पणी गरेका छन्।
तर, युग परिवर्तन, राजनीतिको पुस्तान्तरण तथा गैरराजनीतिक पृष्ठभूमिबाट आएका नयाँ युवाहरूको नेतृत्वको सन्दर्भमा हेर्दा भने यी सय दिनलाई ‘पुरानो शासकीय शैलीको ध्वंश र नयाँ शैली निर्माणको प्रारम्भिक प्रयास’का रूपमा सकारात्मक रूपमा लिनुपर्ने उनको धारणा छ। उनले नयाँ सरकारलाई केही समय ‘शंकाको लाभ’ दिन उपयुक्त हुने बताएका छन् ।
भट्टराईले नेपालको जटिल भूराजनीति, परनिर्भर अर्थतन्त्र, कमजोर आर्थिक संरचना तथा तीव्र आर्थिक–सामाजिक रूपान्तरणको आवश्यकताजस्ता चुनौतीलाई ध्यानमा राख्दै सरकारका पहिलो सय दिनलाई सिकाइको चरणका रूपमा लिनुपर्ने पनि उल्लेख गरेका छन् ।
उनले सय दिनका अनुभव र कमजोरीबाट शिक्षा लिँदै सुशासन, समतामूलक समृद्धि र वैकल्पिक राजनीतिको आधार निर्माणतर्फ सरकार दृढतापूर्वक अघि बढ्नुपर्ने सुझाव दिएका छन् । साथै, नयाँ युवाबाहुल्य सरकारको सफलताको कामना पनि गरेका छन् ।
भट्टराईको यो अभिव्यक्तिलाई बालेन्द्र शाह नेतृत्वको सरकारप्रति पूर्ण समर्थनभन्दा पनि प्रारम्भिक कार्यकाललाई धैर्यपूर्वक मूल्यांकन गर्नुपर्ने सन्देशका रूपमा राजनीतिक वृत्तमा हेरिएको छ। साथै, उनले परम्परागत राजनीतिक शक्तिको आलोचना गर्दै नयाँ राजनीतिक प्रयोगलाई समय दिनुपर्ने पक्षमा आफू रहेको संकेत पनि दिएका छन् ।

धान राेपाइँ ...

सुनसरीको इनरुवा नगरपालिका-९ मा धान राेपाइँ गर्दै किसान ...

रामधुनी मन्दिरमा १०८ ...

सुनसरीको रामधुनी नगरपालिका-४ स्थित धार्मिक तथा पर् ...

सय दिनको कसौटीमा प्र ...

सम्मानीय प्रधानमन्त्रीज्यू, सत्ता सम्हालेको सय दिन कुन ...

खेत खनजाेत गर्दै महि ...

दाङकाे घोराही उपमहानगरपालिका -१२स्थित ज्यामिर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]