अच्छा राई रसिक साहित्य प्रतिष्ठानको १३ औँ वार्षिक साधारण सभा हुने

  • जेठ २८, २०८३ / नेपाल रेखा
alt

इटहरी । अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठानले आफ्नो १३ औँ वार्षिक साधारण सभा आगामी जेठ ३० गते आयोजना गर्ने भएको छ । कार्यक्रम इटहरी–४ स्थित विश्व आदर्श कलेजको सभाहलमा सम्पन्न हुने प्रतिष्ठानले जनाएको छ ।
२०५८ सालमा स्थापना भएको प्रतिष्ठानले साधारण सभामा सहभागी हुन संस्थाका आजीवन तथा साधारण सदस्यहरूका साथै साहित्यप्रेमी सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष केशव सुनामका अनुसार प्रतिष्ठानको नामकरण गरिएका साहित्यकार अच्छा राई ‘रसिक’ नेपाली साहित्यका प्रतिभाशाली स्रष्टा थिए । दार्जिलिङमा जन्मिएका रसिकले औपचारिक रूपमा दश कक्षासम्म अध्ययन गरे पनि साहित्य क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए । उनले लेखेको चर्चित उपन्यास ‘लगन’ एक समय स्नातक तह (बीए) को पाठ्यक्रममा समेत समावेश गरिएको थियो । उक्त उपन्यासमा अन्तरजातीय विवाहलाई सफल र सकारात्मक रूपमा प्रस्तुत गरिएको अध्यक्ष सुनामले बताए ।
उनका अनुसार ‘लगन’ उपन्यासलाई साहित्यकार चन्द्रप्रसाद नेपालीले धरानमा ल्याएर प्रकाशन गरेका थिए, जसले पाठकमाझ उल्लेखनीय लोकप्रियता हासिल गर्दै व्यापक बिक्री भएको थियो । साहित्यिक प्रतिभाका धनी रसिकको २४ वर्षको अल्पायुमै निधन भएको थियो ।
यसैबीच, साधारण सभाको अवसरमा साहित्य, पत्रकारिता तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिने कार्यक्रम रहेको छ । प्रतिष्ठानले अग्रज पत्रकार एवम् स्रष्टा कृष्ण अधिकारी, पत्रकार अमर खड्का तथा विजयपुर एफएम धरानमा कार्यरत पत्रकार अम्बिका दवाडीलाई सम्मान गर्ने जनाएको छ ।
प्रतिष्ठानका कार्यसमिति सदस्य जगदीश सापकोटाका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ । साधारण सभामार्फत प्रतिष्ठानका गतिविधि, आगामी योजना तथा साहित्यिक अभियानबारे छलफल गरिने कार्यक्रम रहेको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]