कृष्णभूषण बल प्रतिष्ठानद्वारा वरिष्ठ कवि साकारसहित चारजना पुरस्कृत

  • माघ ६, २०८१ / नेपाल रेखा
alt

विराटनगर । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ ।
कृष्णभूषण बल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकारसहित ४ जना स्रष्टालाई पुरस्कृत गरेको हो ।
प्रतिष्ठानले गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई पनि पुरस्कृत गरेको छ । साकार र थापालाई जनही २५–२५ हजार, ओझालाई १५ हजार र लम्साललाई ११ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाकी प्रमुख संरक्षक शोभा लामा बल, कार्यबाहक अध्यक्ष केशव आचार्य, महासचिव विवश पोखरेल, साहित्यकार खेम नेपालीलगायतले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले कृष्णभूषण बलले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएर गएको चर्चा गर्नुभयो । उहाँले थोरै सिर्जना गरेर पनि बलले प्रसिद्धि कमाएको बताउनुभयो । ‘नेपाली साहित्यमा थोरै कृति लेखेर प्रसिद्धि कमाउने एक कृष्णभूषण बल हुनुहुन्छ । किन भने ‘भोलि बास्ने बिहान’ कवितासंग्रहमार्फत नेपाली कविता साहित्यमा उहाँ चर्चित हुनुभयो । त्यति मात्रै होइन उहाँले लेखेका कविताहरू विश्वविद्यालयस्तरका विभिन्न कोर्समा समेत पढाइ हुन्छ,’ मेयर कोइरालाले थप्नुभयो, ‘गुणात्मक र स्तरीय सिर्जना गर्न सक्यो भने थोरै लेखेर पनि प्रसिद्ध हुन सकिन्छ भन्ने कृष्णभूषण बल उदाहरण हो भन्ने मलाई लाग्दछ ।’
मेयर कोइरालाले पञ्चायतकालमा पनि विद्रोही सिर्जना गर्नु निकै प्रशंसनीय कार्य भएको उल्लेख गर्नुभयो । ‘काठमाण्डू अब एक्लैले काठमाण्डू बोक्न सक्दैन’ कविता लेखेर बलले तत्कालीन शासन व्यवस्थालाई चुनौतीसमेत दिएको मेयर कोइरालाले बताउनुभयो । सबै भाषा, कला, साहित्य र संस्कृतिको विकास गर्ने उद्देश्यले विराटनगर महानगरपालिकाले पनि विराटनगर प्रज्ञा प्रतिष्ठान गठन गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘त्यसलाई व्यवस्थित र संस्थागत गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु ।’
कार्यक्रममा वरिष्ठ आख्यानकार कृष्ण धरावासी, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, अग्रज साहित्यकार खेम नेपाली, कवि मुनाराज शेर्मा, गोकुल अधिकारी, निर्मला कोइराला, रमेशचन्द्र अधिकारीलगायतले कृष्णभूषण बलको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । कवि कृष्ण बराल, सीमा आभास, सुदिप पाख्रिन, रोशन परियारलगायतले बलले लेख्नुभएका कविता वाचन गर्नुभयो । प्रतिष्ठानले हरेक वर्ष साहित्य विभिन्न विधामा कलम चलाउने स्रष्टाहरुलाई पुरस्कृत गर्दै आएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]