तालतलैयामा सम्पन्न सांस्कृतिक कार्यक्रमले कला, साहित्य र पर्यटनलाई जोड्यो

  • असार २९, २०८२ / नेपाल रेखा
alt

इटहरी । कला, संस्कृति र पर्यटनलाई परस्पर रूपमा समन्वय गर्दै विकास र जनचेतनाको उद्देश्यले गठित तालतलैया कला साहित्य सांस्कृतिक समाजको आयोजनामा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका उपाध्यक्ष रमेशप्रसाद धमलाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्षता सुधिर केसीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री कल्पना धमला रहनुभएको थियो भने विशेष अतिथिका रूपमा साहित्यकार चेतनाथ धमलाको उपस्थिति रहेको थियो ।
कार्यक्रमको विषयगत मुख्य वक्ता जैविक दर्शनका लेखक मोहन तिम्सिना थिए । साथै, अन्य वक्ताहरूमा तालतलैया विकास तथा संरक्षण समितिका पूर्वअध्यक्ष लक्ष्मी खनाल, प्रगतिशील लेखक संघ सुनसरीकी अध्यक्ष विमला पोखरेल, अखिल नेपाल लेखक संघका जिल्ला सहसचिव चन्द्र सुवेदी र संस्थाका सदस्य समाजसेवी तुलाराम दंगाल रहेका थिए ।
गंगा दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा भारतको आसाम र मेघालयबाट समेत अतिथि सहभागी भएका थिए । उनीहरूले आफ्ना सिर्जना प्रस्तुत गर्दै कार्यक्रममा अन्तर्राष्ट्रिय स्वाद थपेका थिए । कार्यक्रममा एक दर्जनजति कविता वाचन तथा मुक्तिनारायण कीर्तन समूहको साङ्गिनी भजन प्रस्तुत गरिएको थियो ।
आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]