वातावरण

    Showing 21-30 of 74 items.
  • जन चाहना सामुदायिक वनमा वृक्षरोपण

    बाबुराम मुडियारी मोरङ । ‘हरियाली बढाऔँ, वातावरण स्वच्छ राखौँ’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रमहरू गरी राष्ट्रिय बृक्षरोपण दिवसको अवसरमा अवसरमा मोरङको लेटाङमा जन चाहना सामुदायिक वन क्षेत्रमा सोही सामुदायिक वन उपभोक्ता समूहले साल, कर्मा, जामुन, निम लगायतका ४ हजार विरुवा रोपेको छ । वृक्षरोपण कार्यक्रममा सहयोगी संस्थाहरु पर्यटन वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश, डिभिजन वन कार्यालय मोरङ र लेटाङ नगरपालिका–२ नम्बर वडा कार्यालय रहेका थिए । सो वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण कोशी प्रदेशका मन्त्री सदानन्द मण्डल, कोशी प्रदेश सांसद खडग बस्नेत, लेटाङ नगर प्रमुख

    • प्रकाशित मितिः असार १४, २०८२
    • 613 पटक पढिएको
    • नेपाल रेखा
  • बुढासुब्बा परिसरमा ‘एस.ई.ई. स्पिकर’ पब्लिक चोइस अवार्ड प्रतियोगिता सम्पन्न

    धरान। माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सिर्जनशील, अभिव्यक्तिमूलक र व्यक्तित्व विकासतर्फ उन्मुख गराउने उद्देश्यले आयोजना गरिएको ‘एस.ई.ई. स्पिकर–२०८१’ सिजन–५ अन्तर्गत पब्लिक चोइस अवार्ड उपशीर्षक प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।कार्यक्रम र्याडिकल लाइट नेपाल प्रा.लि. धरानको आयोजना र धरान उप–महानगरपालिका वडा नं. १४ को संयोजनमा धरान–१४, बिजयपुरस्थित बुढासुब्बा मन्दिर परिसरको चौतारीमा सम्पन्न भएको हो ।प्रतिस्पर्धामा फाइनलमा पुगेका वक्ताहरूलाई ‘नशा होइन, सीप र सृजनामा युवा’ र ‘बिजयपुर–ऐतिहासिक र पर्य

    • प्रकाशित मितिः असार ७, २०८२
    • 350 पटक पढिएको
    • नेपाल रेखा
  • झापाका ५२५ जना वन्यजन्तु पीडित राहतको पर्खाइमा

    झापा । डिभिजन वन कार्यालय झापाले यहाँका हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा बढी राहत उपलब्ध गराएको छ ।चालु आर्थिक वर्ष २०८१–८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट रु एक करोड ९० लाख एक हजार ९९३ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका पशु चिकित्सक डा सोनाम भलले जानकारी दिनुभयो ।कार्यालयले ५१० हात्तीपीडित घरपरिवारलाई ६९ लाख ९३ हजार ५६५ र निर्देशनालयले ७३ हात्तीपीडित घरपरिवारलाई एक करोड २० लाख आठ हजार ४२८ राहत उपलब्ध गराएको उहाँले बताउनुभयो । निर्देशनालयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० जना मृतकको परिवारलाई प्रतिपरिवार १० लाखका दरले एक करोड, हात्तीको आक्रमणमा परी घाइते भ

    • प्रकाशित मितिः असार ५, २०८२
    • 310 पटक पढिएको
    • नेपाल रेखा
  • विश्व वातावरण दिवसमा मोरङको बेलबारीमा वृक्षरोपण

    बाबुराम मुडियारी विराटनगर । विश्व वातावरण दिवसको अवसरमा मोरङ जिल्लामा विभिन्न स्थानहरूमा वृक्षरोपण कार्यक्रम गरी दिवस मनाइएको छ । डिभिजन वन कार्यालय मोरङ, विभिन्न वन उपभोक्ता समिति, वन समूह तथा संघ–संस्थाहरूको सहकार्यमा वृक्षारोपण कार्यक्रमहरू आयोजना गरिएका हुन् ।बेलबारीस्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह र डिभिजन वन कार्यालय मोरङको संयुक्त आयोजनामा बेलबारीको नदी उकास क्षेत्रमा वृक्षारोपण गरिएको हो । कार्यक्रममा बासका ३०० वटा र खयरका ५०० वटा बिरुवा रोपिएको छ ।कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो । विशिष्ट अतिथिका रूपमा प्रदे

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 414 पटक पढिएको
    • नेपाल रेखा
  • महानगरको सडक सौन्दर्यकरणमा इन्भेष्टमेन्टको पनि सहयोग

    विराटनगर। विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पनि सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि ‘ख’ वर्गका वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप इन्भेष्टमेन्ट एण्ड फाइनान्सले पहिलो चरणमा ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । मंगलबार महानगरका मेयर नागेश कोइरालालाई इन्भेष्टमेन्ट एण्ड

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 344 पटक पढिएको
    • नेपाल रेखा
  • झापाका रैथाने जङ्गली हात्तीको नाम मुलादन्तेदेखि ढिकीच्याउँ दाह्रेसम्म

    झापा । झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरूको नामकरण गरिएको छ ।मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीका बारेमा एक दशक लामो अध्ययन गरेपछि व्यवहार र स्वरुपका आधारमा नाम दिनुभएको हो । ‘झापाका रैथाने हात्तीहरू’ नामक पुस्तिकामार्फत हात्तीका नामहरू सार्वजनिक गरिएको छ । स्थानीय जङ्गललाई वासस्थान बनाउँदै आएका यी रैथाने हात्तीहरू पूर्वी नेपालको झापादेखि पश्चिममा उदयपुर र पूर्वमा भारतको आसामसम्म ओहोरदोहोर गर्दै आएको मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।पहेँलो दाह्

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 334 पटक पढिएको
    • नेपाल रेखा
  • ‘जलवायु परिवर्तनका कारण प्राकृतिक प्रणालीको अस्तित्व सङ्कटमा’

    सोलुखुम्बु । रक्षामन्त्री मानवीर राईले मानवीय क्रियाकलापका कारण सृजित जलवायु परिवर्तनका कारण जीवजन्तु र प्राकृतिक प्रणाली अस्तित्वको सङ्कटमा परेको बताउनुभएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा आयोजित आरोही सम्मेलनलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको असर विश्वभर तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै यो समस्या नेपालका मात्रै नभइ विश्वको भएको बताउनुभयो । विकसित देशहरूले उत्सर्जन गरेका हरितगृह ग्यासका कारण उत्पन्न समस्याको समाधानका लागि अब विश्व समुदाय एकजुट भएर अनुकूलनको बाटो रोज्नपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री राईले प्राकृतिक सन्तुलनको विघटनको प्रमुख कारण मानवीय गतिविधि रह

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • 317 पटक पढिएको
    • नेपाल रेखा
  • रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्

    झापा । जिल्लाको केर्खास्थित रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । गत वर्ष असारदेखि कर्मचारीले कुनै पनि पारिश्रमिक पाएका छैनन् । उक्त आयोजनामा स्थायाी, करार र दैनिक ज्यालादारी गरी ४३ जना कर्मचारी कार्यरत छन् । आयोजना प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सङ्घीय सरकारले नियुक्त गर्ने पैदावार विकास समितिको अध्यक्ष पद लामो समयदेखि रिक्त हुँदा कार्यक्रम स्वीकृत हुन सकेका छैनन् । “समितिअन्तर्गतको आयोजना भएकाले अध्यक्ष नियुक्त नभएकाले तबल उपलब्ध नहुनुका साथै अन्य कुनै पनि काम अगाडि बढ्न सकेका छैनन्”, उहाँले भन्नुभयो । वृक्षारोपण गर्ने, वनजङ्गल संरक्षण

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 363 पटक पढिएको
    • नेपाल रेखा
  • खानेपानी सञ्चित गर्न ट्याङ्की वितरण

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १०६ उपभोक्तालाई खानेपानी सञ्चित गर्न ट्याङ्की प्रदान गरिएको छ । वर्षौँदेखि खानेपानीको समस्या खेप्दै आएका नुनथलावासीलाई पानी सङ्कलन गर्न मझुवागढी–१३ ले निःशुल्क ट्याङ्की वितरण गरेको हो । “नुनथलामा लामो समयदेखि खानेपानीको समस्या छ । नुनथलाका २४५ घर उपभोक्ताले २०४१ सालमा सञ्चालित लोचाखोला मुहानको खानेपानी योजनाबाट पानी उपभोग गरिरहेका छन्”, वडाध्यक्ष भगेश्वर राईले भन्नुभयो, “पानीको स्रोत सानो भएकाले हरेक दिन १२ घण्टा जम्मा गरेर तीन घण्टा वितरण गर्ने गरिएको छ । अधिकांशको घरमा उक्त पानी सङ्कलन गरेर राख्ने भाँडो छैन,

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 383 पटक पढिएको
    • नेपाल रेखा
  • साझेदारी वन कार्यान्वयनपछि स्थानीयलाई रोजगारी

    कैलाली । गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कनुहुन्छ । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उहाँलाई अचेल खाली हात बस्नुपरेको छैन । गौरीगङ्गा साझेदारी वनमा काम पाएपछि भुल काम गर्नमै व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “एक हप्ताभन्दा बढी भयो काठ दाउरा काट्ने काम पाएको छु, दैनिक एक हजार आम्दानी भइरहेको छ ।” घोडाघोडी–८ का रजुल चौधरी पनि आजभोलि साझेदारी वनको काममै व्यस्त हुनुहुन्छ । “खाली बसिरहेको थिएँ, अहिले काठदाउरा काट्ने काम गरिरहेको छु”, उहाँ भन्नुहुन्छ । आइते र रजुलजस्तै गौरीगङ्गा साझेदारी वनमा ८० जनाभन्दा बढीले रोजगारी पाएका छन् ।

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 366 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]